Friday, September 24, 2021
Your Ads Here
Homeसौजन्यलोकसेवा टिब्स : खुला प्रतियोगितात्मक परीक्षाको नमुना परीक्षा

लोकसेवा टिब्स : खुला प्रतियोगितात्मक परीक्षाको नमुना परीक्षा

राजधानी समाचारदाता,
sharethis

प्राविधिक शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी, प्राविधिक सहायक (प्रा.स.)
पदको खुला प्रतियोगितात्मक परीक्षाको नमुना परीक्षा
मिति : २०७८।०१।२५ गते
पूणांक : १००
विषय : सेवासम्बन्धी
वस्तुगत बहुउत्तर

१. नेपालको शैक्षिक इतिहासमा आधुनिक कालको प्रारम्भ कुन अवधिबाट भएको मानिन्छ ?

क) औपचारिक शिक्षाको प्रारम्भ वि.सं. १९१०
ख) वि.सं. २००७ प्रजातन्त्रको प्राप्तिपछि
ग) रा.शि.प.यो. २०२८ बाट
घ) प्रजातन्त्रको पुनर्वहाली २०४७ बाट

२. त्रिभुवन विश्व विद्यालयअन्तर्गत विज्ञान तथा प्रविधि, व्यवस्थापन, शिक्षा र मानविकी तथा समाजशास्त्र संकायतर्फ प्रमाणपत्र तहमा भर्ना नलिने निर्णय कार्यान्वयनदेखि कार्यान्वयन भयो ?

शै.स. २०५७ देखि
शै.स. २०६५ देखि
शै.स. २०६७ देखि
शै.स. २०६६ देखि

३. नेपालमा गान्धीवादी स्कुल के को नामले प्रख्यात छ ?

शिक्षा पाठशाला
आधार शिक्षा
बहुउद्देश्यीय विद्यालय
व्यावसायिक शिक्षालय

४. राणाकालमा प्रशासनिक जनशक्ति उत्पादन गर्ने निकाय कुन थियो ?

आधार शिक्षा स्कुल
आधार शिक्षा पाठशाला
स्रेस्ता शिक्षा स्कुल
स्रेस्ता पाठशाला

५. झापाको बुधबारेमा तत्कालीन राजा महेन्द्रबाट अनिवार्य निःशुल्क प्राथमिक शिक्षाको उद्घाटन कहिले भयो ?

वि.सं. २०२० माघ १३
वि.सं. २०२१ भाद्र ५
वि.सं. २०१९ माघ १५
वि.सं. २०२० फागुन १२

६. नेपालमा घुम्ती शिक्षक तालिमको सुरुवात कहिले भएको थियो ?

वि.सं. २०११
वि.सं. २०१२
वि.सं. २०१३
वि.सं. २०१४

७. नेपालमा स्रोतकेन्द्र प्रणालीको स्थापनाको सुरुवात कसले गरेको हो ?

राष्ट्रिय शिक्षा आयोग २०४९
सेती परियोजना
आधारभूत तथा प्राथमिक शिक्षा परियोजना
प्राथमिक शिक्षा परियोजना

८. राष्ट्रिय शिक्षक सेवा आयोगले आफ्नो कार्य कहिलेदेखि प्रारम्भ ग-यो ?

वि.सं. २०५६ वैशाख २८
वि.सं. २०५८ माघ २५
वि.सं. २०५६ चैत २८
वि.सं. २०५७ फागुन २८

९. नेपालको संविधान को कुन धारामा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ ?

धारा ३०
धारा ३१
धारा ३२
धारा ३३

१०. नेपालको संविधानबमोजिम प्रत्येक समुदायका नेपाली नागरिकलाई कानुनबमोजिम कस्तो भाषामा शिक्षा पाउने हक हुनेछ ?

आफ्नो मातृभाषामा
नेपाली भाषामा
आफूलाई इच्छा लागेको भाषामा
विद्यालयले तोकिदिएको भाषामा

११. प्रक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोका म्याद बाहेक २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउनुपर्ने व्यवस्था कुन मौलिक हकअन्तर्गत पर्छ ?

न्यायसम्बन्धी हक
निवारक नजरबन्दविरुद्धको हक
यातनाविरुद्धको हक
संवैधानिक उपचारको हक

१२. नेपालको संविधानको अनुसूची २ ……………….. सँग सम्बन्धित छ ?

नेपालको निशान छाप
राष्ट्रिय झन्डा
राष्ट्रिय गान
प्रदेशमा रहने जिल्ला

१३. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ को सिफारिस देहायमध्ये कुन होइन ?

४ वर्ष उमेर पुगेकालाई विद्यालय संरचनामा समाविष्ट एक वर्षको पूर्वप्रथामिक शिक्षा
साक्षरताका पाठ्यसामाग्री बहुभाषिक
शिक्षा क्षेत्रमा कुल बजेटको १५ प्रतिशत
नक्सांकनका आधारमा नयाँ आधार विद्यालय खोलिने

१४. त्रिभुवन विश्वविद्यालयले दुईवर्षे बीएडको कार्यक्रमलाई कुन आयोगको सिफारिसमा तीनवर्षे बनायो ?

शाही उच्च शिक्षा आयोग, २०४०
उच्च शिक्षा आयोग २०५५
राष्ट्रिय शिक्षा आयोग २०४९
त्रि.वि. प्राज्ञिक परिषद्को विशेष अध्ययन प्रतिवेदन २०५१

१५. राष्ट्रिय शिक्षा पद्धतिको योजनाअनुसार प्राथमिक शिक्षाको उद्देश्य के थियो ?

साक्षरता सीप प्रर्वद्धन गर्न
साक्षरताको विकास गर्नु
निरक्षरता उन्मुलन गर्नु
साक्षरताको शिक्षा दिनु

१६. राष्ट्रिय शिक्षा पद्धतिको योजनाअनुसार राष्ट्रिय विकास सेवा दलमा खटिई जाने विद्यार्थीलाई पारिश्रमिक कसले प्रदान गथ्र्याे ?

त्रिभुवन विश्वविद्यालय
शिक्षा मन्त्रालय
सम्बन्धित मन्त्रालय
खटिई गएको संस्था

१७. राष्ट्रिय शिक्षा नीति २०७६ को दूरदृष्टि ……………. हो ?

सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त अनिवार्य तथा निःशुल्क शिक्षाको प्रत्याभूति
शिक्षामा सबैको सहज एवं समतामूलक पहूँच र निरन्तरता सुनिश्चिता
शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी शिक्षाको विस्तार
शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति, सामाजिक न्याय, रूपान्तरण र समृद्धि

१८. शिक्षा नीति भन्नाले केलाई बुझिन्छ ?

विद्यालयको विनियम
सरकारले शिक्षाप्रतिको उत्तरदायित्व पूरा गर्न गरेको घोषणा एवं प्रयास
अभिभावकको निर्णय
शिक्षा क्षेत्रका दबाब समूह र सरकारबीचको सम्झौता

१९. नेपालको शिक्षा नीतिको क्षेत्र देहायमध्ये कुन हो ?

निःशुल्क एवं अनिवार्य आधारभूत शिक्षा
साक्षरता, सीपमूलक तथा निरन्तर शिक्षा
प्राविधिक एवं व्यावसायिक शिक्षाको विस्तार
माथिका सबै

२०. राष्ट्रिय शिक्षा नीति २०७६ ले कस्ता गाउँ वा नगरपालिकालाई सम्मान गर्ने परिपाटी संस्थापन गरिने कार्यनीति लिएको छ ?

अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित गर्न सक्षम
निःशुल्क माध्यमिक शिक्षा सुनिश्चित गर्न सक्षम
शिक्षाको मौलिक हक कार्यान्वयन गर्न सक्षम
साक्षर घोषणा गर्न सक्षम

२१. औपचारिक शिक्षाको अवसरबाट वञ्चित रहेका बालबालिकाका लागि शिक्षा प्रदान गर्न हाल सञ्चालित कार्यक्रम देहायकामध्ये कुन हो ?

अनौपचारिक प्रौढ विद्यालय
अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम
प्राथमिक शिक्षा विस्तार कार्यक्रम
माथिका सबै

२२. सबैका लागि शिक्षासम्बन्धी राष्ट्रिय कार्ययोजना २००१—२०१५ मा देहायका मध्ये कुन सूचक समावेश छ ?

आधारभूत तहको खुद भर्नादर
प्रारम्भिक बालविकासको अनुभवसहित कक्षा १ मा भर्ना हुन आउनेको प्रतिशत
कक्षा १० सम्मै विद्यार्थी स्थायित्व
प्रारम्भिक बालविकासको खुद भर्नादर

२३. सीप विकास परियोजना कुन दातृ निकायको सहयोगमा सञ्चालित छ ?

एसियाली विकास बैंक
स्वीस सहयोग नियोग
युनाइटेड मिसन टु नेपाल
डेनमार्क

२४. प्राविधिक तथा व्यावसायिक शिक्षा सभाको काम देहायकामध्ये कुन हो ?

परिषद्को नीति निर्धारण गर्ने
प्रशिक्षण तथा तालिम सञ्चालन गर्ने
शिक्षालय स्थापना एवं सञ्चालन गर्ने
स्वदेशी संस्था सँग सम्बन्ध कायम गर्ने

२५. विद्यालय क्षेत्र विकास योजनाको कुन अवयवमा सबैभन्दा बढी बजेट छुट्याइएको छ ?

माध्यमिक शिक्षा
आधारभूत शिक्षा
प्राविधिक शिक्षा
शिक्षक व्यवस्थापन र विकास

२६. विद्यमान कानुनअनुसार विद्यालयको नक्सांकन, अनुमति, स्वीकृति, समायोजन तथा नियमनको कार्य देहायका मध्ये कुन निकायले गर्छ ?

प्रदेश सामाजिक विकास मन्त्रालय
जिल्ला समन्वय समिति
स्थानीय तह
शिक्षा विकास तथा समन्वय एकाइ

२७. जिल्लामा अवस्थित शिक्षा विकास तथा समन्वय इकाई कसको मातहतका निकाय हुन् ?

गहृ मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
सामाजिक विकास मन्त्रालय
स्थानीय सरकार

२८. विद्यालय व्यवस्थापन समितिको व्यवस्था गर्नुको मुख्य उद्देश्य के हो ?

विद्यालय सञ्चालन, रेखदेख र नियन्त्रण गर्न
विद्यालय सञ्चालन, निर्देशन र कार्यान्वयन गर्न
विद्यालय सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न
विद्यालय सञ्चालन, रेखदेख, व्यवस्थापन र सुरक्षा गर्न

२९. प्रधानाध्यापक र शिक्षक समान तह र श्रेणीको भएमा प्राथमिक र निम्नमाध्यमिक शिक्षकको सुपरिवेक्षकको हैसियतमा कसले अंक प्रदान गर्ने व्यवस्था छ ?

विद्यालय निरीक्षक
विव्यस अध्यक्ष
स्रोत व्यक्ति
प्रधानाध्यापकले

३०.जिल्ला शिक्षा समितिको सदस्य सचिव को रहने व्यवस्था छ ?

नेपाल शिक्षक महासंघको अध्यक्ष
स्थानीय विकास अधिकारी
प्रमुख जिल्ला अधिकारी
जिल्ला शिक्षा अधिकारी

३१.नेपालमा विद्यालयस्तरीय शैक्षिक तथ्यांक व्यवस्थापनका लागि ँबिकज चभउयचतष्लन कथकतझ को सुरुवात कहिलेदेखि गरियो ?

सन् १९९९
सन् २००४
सन् २००९
सन् २००१

३२. वि.सं. २०४७ सालमा नेपालको कुल साक्षरता कति प्रतिशत रहेको थियो ?

२८ प्रतिशत
३२ प्रतिशत
३६ प्रतिशत
४२ प्रतिशत

३३. उत्तीर्ण दर, दोहो-याउने दर र कक्षा छाड्ने दरका आधारमा देहायको कुन सूचक निकाल्ने गरिन्छ ?

बाह्य सक्षमता
सिकाइ उपलब्धि
आन्तरिक सक्षमता
स्थायित्व दर

३४. कक्षा १ मा भर्ना भएको विद्यार्थी कक्षा ५ सम्म पुगेको आधारमा देहायकामध्ये कुन सूचक निकाल्ने गरिन्छ ?

तह पूरा गर्ने दर
सिकाइ उपलब्धि
आन्तरिक सक्षमता
टिकाउ दर

३५. सम्पूर्ण तथ्यांक विवरण दिन एउटा मात्र संख्या निकाल्ने कार्यलाई के भनिन्छ ?

औसतका केन्द्रीय प्रवृत्तिको नाम
मध्यमान प्रवृत्तिको नाम
मध्यमान प्रवृत्तिको नाम
बहुलक प्रवृत्तिको नाम

३६. शैक्षिक सूचना अर्थपूर्ण बनाई विश्लेषण योग्य बनाउन ……… बढी उपयोगी हुन्छ ?

फारम विकास
तालिम निर्माण
सूचकको निर्माण
तथ्यांकको संगठन

३७. पाठ्क्रमको समन्वय भन्नाले तलकामध्ये केलाई जनाउँछ ?

एउटै कक्षामा पढाइ हुने विभिन्न विषयको आपसी सम्बन्ध
तल्लो कक्षामा पढिएको विषयसँग हालको कक्षाको पढाइको सम्बन्ध
बाहिरी वातावरण र पढाइको सम्बन्ध
अतिरिक्त क्रियाकलाप र पढाइको सम्बन्ध

३८. नेपालको पाठ्यक्रमअनुसार कनै विषयको पठनपाठनमा खर्च भएको कति समायावधिलाई १ पाठ्यघण्टा मानिन्छ ?

३२ घण्टा
३४ घण्टा
३६ घण्टा
३० घण्टा

३९. मूल्यांकन कार्यको अन्तिम चरण कुन अवस्थामा गरिन्छ ?

परीक्षाफलको व्याख्या गरेर
विद्यार्थीले भविष्यमा गर्ने कार्यको परिणाम हेरेर
जुन तहको परीक्षा उत्तीर्ण गरेको छ सोको भन्दा माथिल्लो तहको अध्ययन र परिमाण हेरेर
माथिका सबै

४०. प्राथमिक पाठ्यक्रमले निरन्तर विद्यार्थी मूल्यांकनमा रेजा दिन केके मापदण्डलाई आधार मानेको छ ?

कक्षाकार्य, परियोजना कार्य, व्यवहार परिवर्तन, सिर्जनात्मक कार्य र हाजिरी
उपस्थिति, व्यवहार, अनुशासन र लगनशीलता
परीक्षाको प्राप्तांक, नियमितता र सरसफाइ
कक्षाकार्य, गृहकार्य र परियोजना कार्य

४१. नेपालमा शिक्षक तालिम हेर्ने केन्द्रीय निकाय देहायका मध्ये कुन हो ?

शिक्षा तथा मानव स्रोत विकास केन्द्र
शिक्षा तालिम केन्द्र
त्रिभुवन विश्वविद्यालय
शैक्षिक जनशक्ति विकास केन्द्र

४२. आ.व. २०७३/७४ पश्चात् वा शिक्षकको पेसागत विकास प्रारूप २०७२ मा प्रमाणीकरण शिक्षक तालिम मोड्युलको विभाजन कसरी गरिएको छ ?

१० दिन कार्यशाला र ५ दिन स्वाध्ययन अभ्यास
१० दिन कार्यशाला, ३ दिन स्वाध्ययन अभ्यास र २ दिन सम्पर्क चरण
८ दिन कार्यशाला, ९ दिन स्वाध्ययन अभ्यास
५ दिन कार्यशाला र ५ दिन स्वाध्ययन अभ्यास

४३. राष्ट्रिय व्यावसायिक प्रशिक्षण केन्द्रको स्थापना कहिले गरी व्यावसायिक विषय पढाउन मध्यमस्तरीय जनशक्ति उत्पादन गर्न सुरु गरियो ?

२०२२ जेठ २९
२०२४ वैशाख २९
२०२४ जेठ २९
२०२५ जेठ २९

४४. माध्यमिक शिक्षा सहयोग कार्यक्रमले निम्नमाध्यमिक र माध्यमिक शिक्षकका लागि कति चरणमा १० महिने शिक्षक तालिम दिने व्यवस्था गरेको थियो ?

१ चरण
२ चरण
३ चरण
४ चरण

४५. १५अाै योजनाले योजनको अन्त्यसम्ममा १५ वर्षमाथिको साक्षरता ………….. प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ?

९० प्रतिशत
९५ प्रतिशत
९२ प्रतिशत
१०० प्रतिशत

४६. १५औं योजनाले योजनाको अन्त्यसम्ममा उच्च शिक्षाको कुल भर्नादर …………….. पु¥याउने लक्ष्य लिएको छ ?

१८ प्रतिशत
२० प्रतिशत
२२ प्रतिशत
२४ प्रतिशत

४७. १५आंै योजनाले योजनाको अन्त्यसम्ममा आधारभूत तहमा महिला शिक्षकको अनुपात ……………… पु¥याउने लक्ष्य लिएको छ ?

४३ प्रतिशत
५० प्रतिशत
४५ प्रतिशत
४८ प्रतिशत

४८. ‘सबै नागरिकका लागि जीवनप्रर्यन्त शिक्षाको अवसर सुनिश्चित गर्नु’ १५औं योजनाको ……. हो ?

सोच
लक्ष्य
उद्देश्य
रणनीति

४९. १५औं योजनाको शिक्षासम्बन्धी उद्देश्य देहायकामध्ये कुन हो ?

रोजगारी एवं स्वरोजगारीका लागि सीपमूलक शिक्षाको विस्तार गर्ने
मुलुकको आवश्यकताअनुरूप सबै तहका शैक्षिक सुशासन कायम गर्नु
संघीय संरचनाअनुरूप सबै तहका शैक्षिक सुशासन कायम गर्नु
शैक्षिक प्रशासनमा निरन्तर सुधार, नवप्रवर्तन र सुशासनलाई संस्थागत गर्नु

५०. चालू पञ्चवर्षीय योजनाले योजनाको अन्त्यसम्म माध्यमिक शिक्षामा अध्ययन गर्नेमध्ये प्राविधिक धारतर्फ अध्ययन गर्ने विद्यार्थीको प्रतिशत कति पु-याउने लक्ष्य लिएको छ ?

२० प्रतिशत
२५ प्रतिशत
२८ प्रतिशत
३० प्रतिशत

 

तपाइको प्रतिक्रिया

(Visited 317 times, 1 visits today)

आजको समाचार

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बिहीबार पनि बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

साताका लोकप्रिय समाचार

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

अब प्राधिकरणले ठूला उद्योगीले मागेजति विद्युत् दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाको निर्माणलाई...

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा...

पहिरो अवलोकनमा पुगेका बुटवलका मेयर स्थानियबाट कुटिए

बुटवल । बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ । आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

ट्रेन्डिङ

मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन...

शसस्त्र प्रहरीद्धारा १९ लाख रकम सहित २ जना पक्राउ

रौतहट । अबैध स्रोत नखुलेको रकम सहित दुई जना लाई रौतहट शसस्त्र प्रहरीले पक्राउ गरेको छ । रौतहटको राजदेबी नगरपालिका वाड नं....
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)