प्रधानमन्त्रीद्वारा आयोगलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमा निर्वाचन गर्न तयारीमा जुट्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

उनले आज शनिबार निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका हुन् । आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा भएको सन्दर्भमा सो निर्देशन भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकेका हुन् ।

प्रधानमन्त्री ओलीले राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट पारेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 346 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?