विज्ञापन बोर्डका सदस्य न्यौपानेको कोरोना संक्रमणबाट निधन

मोरङ । ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष ५० वर्षीय चन्द्रप्रसाद न्यौपानेको कोरोना संक्रमणबाट निधन भएको छ । उनको विराट मेडिकल शिक्षण अस्पतालमा उपचारका क्रममा आज शुक्रबार बिहान ८ः२५ बजे मृत्यु भएको हो ।

सुनसरीको इटहरी उपमहानगर–४ घर भएका न्यौपाने नेपाल विज्ञापन बोर्डका सदस्यसमेत थिए । सप्तकोसी एफएमका सञ्चालक तथा स्टेसन म्यानेजर रहेका उनका पत्नी, एक छोरा र एक छोरी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

epaper

ताजा समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी आमा छोरा बेपत्ता, सात घाइते