कोरोना संक्रमणबाट इटहरीमा ३४ जनाको मृत्यु

 

इटहरी । इटहरी उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार मंगलबार साँझसम्म प्राप्त रिपोर्टअनुसार कुल मृतकको संख्या ३४ पुगेको हो । मृत्यु भएकामध्ये धेरैजसो मानिसहरु बृद्धबृद्धा, दीर्घरोगी रहेको इटहरी अस्पतालले जनाएको छ ।

दोस्रो भेरियन्ट आइकन उपमहानगरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ रहेको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै, दोस्रो भेरियन्ट आइकन इटहरीमा कुल संक्रमितको संख्या एक हजार आठ सय ९१ पुगेको छ । इटहरी रंगशाला र विभिन्न ल्याबमा गएर आफैँ परीक्षण गराएकामध्ये इटहरी अस्पतालमा जानकारीमा आएकाको संख्या एक हजार आठ सय ९१ रहेको हो ।

त्यस्तै, इटहरीमा कोरोना भाइरसलाई पराजित गर्नेको संख्या ८५३ पुगेको छ । इटहरी रंगशालामा हालसम्म एक हजार तीन सय ७१ जनाको पीसीआर परीक्षण गर्दा सात सय १५ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १७ र १८ गतेको रिपोर्ट आउँन बाँकी रहेको छ । त्यस्तै, नौ सय ५३ जनाको एन्टिजीन परीक्षण गरिदाँ तीन सय १० जनामा संक्रमण देखिएको छ ।

इटहरीसहित सुनसरी जिल्लामा समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएपछि अहिले प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई