रौतहट । कोभिड नियन्त्रणका लागि रौतहटको एक गैर सरकारी संस्थाले रौहतटका रहेका अस्थायी कोभिड अस्पतालहरुमा बिभिन्न स्वास्थ्य समाग्री सहयोग गदै आएको छ ।
संस्थाले यस जिल्लाका गौर अस्पताल,परोहा कोभिड अस्पताल र चन्द्रपुर कोभिड अस्थायी अस्पतालमा स्वास्थ्य समाग्री सहयोग गरेको हो । कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी)ले ईश्लामिक रेलिफ नेपाल र ईश्लामिक रेलिफ क्यानडाको सहयोगमा स्वास्थ्य समाग्री सहयोग गरेको थियो ।
गौर अस्पतालका मेडिकल सुपरिडेन्ट डा. कृष्ण साह, परोहा नपाका नगर प्रमुख शेख वकिल र चन्द्रपुर कोभिड अस्पतालका अभय ठाकुरलाई संस्थाका अध्यक्ष पारस हुसैनले सो सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
बुधबार उक्त संस्थाले गौर अस्पताललाइ पल्स अक्सिमिटर ३५ वटा, एन ९५ मास्क ३५० वटा, सेनिटाईजर २२० बोतल, पी पी ई फुल ११७ सेट, सर्जिकल गल्बस १५० बक्स, भिटीएम कीट १२०० पीस तथा औषधीहरु सहयोग गरेको उक्त संस्थाका आपत्कालीन प्रतिकार्य संयोजक विजय साह वनियाले जानकारी दिएका छन । सोही संख्या बराबरमा परोहा अस्पताल र चन्द्रपुर कोभिड अस्पताललाइ पनि सहयोग गरेको बानियाले बताए ।
यस्ता स्वास्थ्य सामग्रीहरुले अस्पतालमा खटिने कर्मचारी, विरमी तथा विरामी कुरुवालाइ ठुलो सहयोग हुने अस्पतालका डाक्टर कृष्णा साहले प्रतिक्रिया दिएका छन । आयोजक संस्थाले अस्पताललाइ आवश्यक समानहरु प्राप्त भएको र यस्ता सहयोगको अझै अपेक्षा गरेको डा. साहले बताए । स्वास्थ्य समाग्री बुझदै चन्द्रपुर कोभिड अस्पतालका प्रमुख तथा चन्द्रपुर स्वास्थ्य शाखा प्रमुख अभय ठाकुरले यस्तो सहयोगले अस्पताल संचालनको लागि ठुलो राहत पुग्ने बताएका छन । आरडिसी नेपालले बिहीबार चन्द्रपुर कोभिड अस्पताललाइ स्वास्थ्य समाग्री हस्तान्तरण गरेको थियो ।
अगामी २० दिनभित्र आईसीइयू सेट, अक्सिजन सिलिण्डर, विरामी वेड तथा कन्सेनट्रेक्टर आदि लगायतका मेडिकल उपकरणहरु गौर अस्पताल, चन्द्रपुर अस्थायी कोभिड अस्पताल तथा परोहा अस्पतालमा सहयोग गर्ने आरडिसी नेपालका अध्यक्ष पारस हुसेनले जानकारी दिएका छन ।
यो राहतको प्याकेज अनुसार रौतहटको यी ३ वटा कोभिड अस्पतालमा करिब ६० लाख भन्दा बढीको बिभिन्न किसिमका अस्पताललाइ आवश्यक समानहरु सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष हुसेनले बताए । कोभिड नियन्त्रणको लागी आरडिसी नेपाल सधै फिल्डमा खटिरहेको समेत उनले बताएका छन ।






