काठमाडौं । ब्युटिसियनहरूको प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिँदै आएको ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० मा २६ प्रतियोगीहरू अन्तिम चरणमा उत्रने भएका छन् ।
तेस्रो संस्करणको यो प्रतियोगितामा चयन भएकाहरू एक सातादेखि काठमाडौंको रविभनवस्थित रोज सीप विकास तालिम केन्द्रमा प्रशिक्षणमा छन् । कोरियोग्राफर जयन सुब्बा मानन्धरले उनीहरूलाई विभिन्न प्रशिक्षण दिइरहेकी छन् ।
ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० सिजन ३ को चयन आगामी ७ चैतमा एक समारोहबीच हुनेछ । यो प्रतियोगिताको फाइनल प्रतियोगीहरूमा लिना डंगोल, दुर्गा श्रेष्ठ, ट्रिना तुलाधर, मिसन श्रेष्ठ, निलम तामाङ, मन्जला डंगोल, मेनुका बलामी, रञ्जना सिंह, निलम महर्जन, दिव्य सैंजु, मीना लामा, सरस्वती रोकाय, प्रमिशा श्रेष्ठ, समिसा गुरुङ, लक्ष्मी महर्जन, सविना श्रेष्ठ, शर्मिला राई, मन्दिरा शाही, सविना भुजेल, अस्मिता जिम्बा, सिमा घले, शर्मिला मोक्तान रहेका छन् ।
रोज सीप विकास तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र विलक्षण क्रियसनद्वारा यो प्रतियोगिता हुँदै आएको छ । यसपटक प्रतियोगीलाई ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ की बिजेता सरु जोशीले ग्रमिङ गरिरहेकी छन् ।
रोज सीप विकास तालिम केन्द्रकी अध्यक्ष तथा वरिष्ठ ब्युटिसियन सोनिका रन्जितले ब्युटिसियनहरूको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि तीन वर्षदेखि आफूहरूले ब्युटिसियन ट्यालेन्ट नेपाल प्रतियोगिता आयोजना गर्दै आएको बताएकी छन् । प्रतियोगीहरूलाई विभिन्न विज्ञबाट विविध प्रशिक्षण दिनेक्रम जारी छ ।






