नेपाल आफैंमा जडीबुटीको विशाल भण्डार हो । हिमाल, पहाड र तराईमा जैविक विविधताका कारण विविध गुण भएका जडीबुटी उपलब्ध छन् । प्रायः सबै जडीबुटी औषधीय गुणका छन् । परापूर्वकालमा हाम्रा पितापुर्खाले जडीबुटीबाटै उपचार गरी दीर्घजीवन हासिल गरिरहेका थिए । तर, आज ती जडीबुटीको अप्राकृतिक दोहनबाट तिनको अस्तित्व नै संकटमा पर्न गएको छ । सुनको फुल पार्ने कुखुरालाई दैनिक फुल पार्न नदिएर त्यसलाई काटेर पेटमा भएको अण्डा एकैपटक निकालेझैं ती बहुमूल्य जडीबुटीको रूख, बिरुवा, पात, हाँगा र जरा मात्रै होइन, वरिपरिका माटोसमेत दोहन भइरहेको छ । यी कुरामा सुधार हुन जरुरी छ ।
जडीबुटीले रोगलाई जरैदेखि निर्मूल गर्ने तागत राख्छन् । हिन्दू सभ्यतामा आयुर्वेद, चरक संहिता र सुश्रुत संहितामा जडीबुटीको महŒव’bout चर्चा गरिएको छ । हिमवत्खण्डमा पनि जडीबुटीको महŒव’bout प्रकाश पारिएको छ । विकसित देशले यिनै जडीबुटीमा भएका शक्तिलाई प्रयोग गरी औषधि उत्पादन गरेका छन् । जडीबुटी आधुनिक औषधिउद्योगका बहुमूल्य कच्चा पदार्थ हुन् । यी खाडी देशका कच्चा तेलजस्तै बहुमूल्य छन् । यसर्थ यी जडीबुटीको पहिचान, संरक्षण, सवंद्र्धन र प्रचलनमा हाम्रो उच्च प्राथमिकता हुनुपर्छ ।
हामीले खाद्यान्नको बाली भिœयाउने, तरकारी चुँड्ने, तरुल खोतल्ने, मौरीको मह काट्ने समय’bout जानकारी राखेझंै जडीबुटी संकलनको समयसारिणीको पनि ख्याल राख्नुपर्छ । हामी धान रोप्छौं, मकै छर्छौं र स्याउको बिरुवा रोप्छौं, सोही रितले जडीबुटीको पनि प्रकारअनुसार यिनको खेती गर्नुपर्छ । कृषियोग्य जमिनमा जडीबुटी लगाउन सके अन्न उत्पादनभन्दा तीनदेखि पाँचदोब्बर लाभ लिन सकिन्छ । जडीबुटी संकलन गर्दा तिनलाई राम्ररी धोइपखाली सुकाउने र कुहिने, ढुसी लाग्ने वा कीरा पर्नबाट जोगाउनुपर्छ ।
जडीबुटी उत्पादन, संकलन र स्टोरका लागि आमकिसानलाई तालिम दिनुका साथै जडीबुटी संकलन, प्रशोधन, जडीबुटी’bout ज्ञान, उचित मूल्य, अक्सन हाउस स्थापना, भण्डारण, कोल्ड स्टोरलगायतको पूर्वाधार निर्माण गर्न संघीय, प्रदेश तथा स्थानीय सरकार क्रियाशील हुनुपर्छ । वनस्पति विभागले जडीबुटी संकलन, संरक्षण संवद्र्धन विधि नामक पुस्तक प्रकाशित गरी जडीबुटीको जरा, बोक्रा, पात, पूmल, फल र बीजको संकलन विधि’bout जानकारी दिएको छ । यस पुस्तकअनुसार जरा, काण्ड र गानो संकलन असोजदेखि चैतसम्म हिउँदे समयमा गर्नुपर्छ । जरा र गानो खनेर झिक्दा केही अंश जमिनमै छोड्नु जरुरी हुन्छ, त्यसबाट पुनः नयाँ बिरुवा पलाउन थाल्छ र कहिल्यै मासिँदैन । जरा, काण्ड र गानो खोतलेर झिकेपछि पानीले सफा गरेर सुकाउनुपर्छ । विशेषगरी अतिस, कुड्रकी, सर्पगन्ध, जटामसी, पदमचाल, पाषाणभेद, सुगन्धवाल, गुर्जो, पाँचआंैले, बोझो, भ्याकुर, सतुवाजस्ता जडीबुटीको जरा र गानो संकलन गर्ने गरिन्छ । सरकार वा व्यापारीले विश्व बजारको जानकारी लिएर उचित मूल्य तोकी बिक्रीवितरण गर्नुपर्छ ।
चुत्रो, निम, पानीसाज, भोजपत्र र दालचिनीबाट बोक्रा संकलन गरिन्छ । चैत महिनाअघि वा पात पलाउनु र फूल फुल्नुपूर्व नै बोक्राखुर्की संकलन गरिन्छ । धतुरो, डिजिटालिस, बेलाडोना, तेजपातजस्ता जडीबुटीको पात संकलन गरिन्छ । पाइरेथ्रम, सिमल, अमला, कन्टकारी, धतुरोजस्ता जडीबुटीको सुख्खा हावा भएको बखत फूल संकलन गरिन्छ । यस अतिरिक्त पिपला, बर्रो, हर्रो, अमला, कन्टकारी, धतुरोजस्ता जडीबुटीको फल पाकेपछि टिपिन्छ । धतुरो, कण्टकारी, सर्पगन्ध आदिको बीज संकलन गरिन्छ । जडीबुटीले जरादेखि पातसम्म, पूmलदेखि फलसम्म तथा बोक्रादेखि बीजसम्म हामीलाई लाभ दिन्छन् ।
नेपालमा सर्वाधिक नाम चलेको जडीबुटी यार्सागुम्बा वा जीवनबुटी हो । लार्भेच्याउ पनि भनिने यार्सागुम्बालाई चीनमा २ हजार वर्ष पहिलेदेखि शक्तिवद्र्धक औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । नेपालका डोल्पा, जुम्ला, मुगु, हुम्ला, मुस्ताङ, दार्चुला, बझाङ, रसुवा, रुकुमलगायतका जिल्लामा जीवनबुटी पाइन्छ । ताकत र यौनशक्ति वृद्धि गर्ने यार्सागुम्बाको मूल्य नेपालमा प्रतिकिलो ४५ लाखसम्म रहेको बुझिन्छ । पाँचऔंले पनि अर्को जडीबुटी हो जसलाई हत्ताजडी वा हाते पनि भनिन्छ । एउटा मात्र डाँठ हुने यो पञ्जाजस्तो गानाहुने बिरुवा हो । यसैले यसलाई पाँचऔले भनिएको हो ।
अर्को महत्वपूर्ण जडीबुटी कुटकीलाई अशोक रोहिणी, मत्स्य पित्ता, कटु रोहिणी पनि भनिन्छ । यो ताप्लेजुङ, संखुवासभा, गोरखा, लमजुङ, कास्की, पर्वत, वाग्लुङ, म्याग्दी, रुकुम, दैलेख, जाजरकोटलगायतका जिल्लामा पाइन्छ । जमिनमुनिबाट निकालिने जडीबुटी भएकाले यसले पेट दुखेको, अर्जीण भएको र रक्त विकारमा बढी लाभ पु¥याउने विश्वास गरिन्छ । जटामसीलाई तपस्विनी, जटिला, लोमशा र जटामांसीजस्ता नामले पुकारिन्छ । यो हिमाली क्षेत्रमा धुपी र हिमाली चिमालको बुट्यानको चिसो र ओसिलो ठाउँमा पाइन्छ । खनेर निकालिने यो जडीबुटीमा तागत, उत्तेजना, छारेरोग, वायुसमन गर्ने औषधीय गुण पाइन्छ । टिमुर वायुनाश गर्ने, दात दुखेको निको गर्ने, तागत दिनेलगायतमा प्रयोग हुन्छ ।
पदमचाल नामक जडीबुटी नेपालका दोलखा, गोरखा, लमजुङ, म्याग्दी, रुकुम, पर्वत, कालिकोट, दैलेख, जाजरकोटमा पाइन्छ । यसलाई शंखत्र पनि भनिन्छ । यो हिमाली क्षेत्रको फिरफिरे, ठिंगे वा गोब्रेसल्ला भएको जंगलको छेउछाउ, थुम्का र ढुंगाको अन्तरमा उम्रिएको पाइन्छ । खनेर काण्ड निकाली प्रयोग गरिने यो बिरुवाले तागत दिने, कब्जियत हटाउनेलगायत काम गर्छ । गुनेमाउरो र कुकुर तरुल भनिने भ्याकुर महाभारत र तल्लो हिमाली भेगमा पाइन्छ । विशेषगरी चिसो, ओसिलो पत्कर कुहेर मल भएको, ढुंगैढुंगा भएको भिरालो जमिनमा सालसल्ला, लालिगुराँस, कटुस, फलाँसको जंगलमा पाइन्छ । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोर्खा, पाल्पा, दैलेख, जुम्ला, जाजरकोटलगायतमा यसको उत्पादनको प्रशस्त हुन्छ । गानोको रूपमा पाइने यस जडीबुटीले घाउ खटिराको उपचार गर्ने र ताकत दिने विश्वास गरिन्छ ।
सुगन्धवाला वा सोमन महाभारत पर्वत शृंखलाको चिसो, सेपिलो र ओसिलो ठाउँमा पाइन्छ । काण्ड प्रयोगमा आउने यसले उत्तेजना, तागतको औषधीय काम गर्छ । खयर (हिखयो)अर्को जडीबुटीको नाम हो । यसले पाचन शक्ति बढाउने, घाउखटिरा, बाथ तथा मर्केको जोर्नीमा लेप लगाउने काममा समेत सघाउँछ । मझौला कदको यो रूखबाट कत्था बनाइन्छ । चिराइतोलाई खालु र तिते पनि भनिन्छ । यो पाँचथर, धनकुटा, ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, संखुवासभा, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा, बाग्लुङ, मुस्ताङ, गोरखा, गुल्मी, बैतडी, बझाङ, डडेल्धुरा, दैलेख, रुकुम, काठमाडौं, मकवानपुर र दोलखालगायतका जिल्लामा पाइन्छ ।
यसले खानाको स्वाद र रुचि बढाउँछ । चुत्रोलाई मरप्यासी पनि भनिन्छ । यसको जरा र बोक्रा औषधीय रूपमा प्रयोग गरिन्छ । यसले घाउखटिरा, कमलपित्त, ज्वरो निको पार्छ । तेजपात धेरै गृहिणीले खानाको स्वादका लागि भान्छामा प्रयोग गर्छन् । पातलाई तेजपात र बोक्रालाई दालचिनी भनिन्छ । यो तेह्रथुम, ताप्लेजुङ, पाँचथर, धनकुटा, मोरङ, सुनसरी, संखुवासभा, लमजुङ, कास्की, स्याङ्जा, पाल्पा, रूपन्देही, अर्घाखाँची, गुल्मी र काठमाडौंमा पाइन्छ । नेपालमा नागबेली, बोझो, विष, असुरो, सतावरी, पाषणभेद, सतुवा, लघुपत्र, अमला, गुर्जो, पिपला, बर्दो, बेल, हर्रो, डालेचुक, लोठसल्ला, सर्पगन्ध, सुगन्धकोकिलालगायतका एकसेएक बहुमूल्य जडीबुटी पाइन्छन् । यी जडीबुटीको सम्भाव्यता अध्ययन गर्ने, उन्नत बीउ बिजन तयार गर्ने, यसको गहन तालिम दिने, रोग लागेमा उपचारको विधि पहिचान गर्ने र संकलन एवं प्रशोधनको प्रबन्ध मिलाउन जरुरी छ ।