ओलीले गरेको आह्वान जालझेल पूर्ण भन्दै माधव नेपालले लिखित जवाफ लेख्ने

काठमाडाैं । नेकपा एमाले वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई जालझेलपूर्ण भन्दै अश्वीकार गरेको छ ।

नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठकले वैशाख २६ गते माधव नेपालले पेस गरेको ६ बुँदे प्रस्ताव स्वीकार गरिएमात्र एकता हुने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

नेपाल पक्षको बैठकमा अधिकांश नेताले प्रतिनिधिसभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनबाटपछि हट्न नहुने सुझाव दिएका छन्।

केही नेताले भने पार्टी एकताको लागि २०७५ जेठ ३ अघिको अवस्थामा ओली फर्किसकेकाले एकताको विपक्षमा उभिन नहुने धारणा राखेको बताइएको छ । आजै माधव नेपालले ओलीलाई लिखितरूपमा जवाफ फर्काउने समझदारी बैठकमा भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह