Friday, June 18, 2021
Home Breaking News कांग्रेस महाधिवेशन भदौ तेस्रो साता

कांग्रेस महाधिवेशन भदौ तेस्रो साता

महेश्वर गौतम,

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ । कांग्रेसले पार्टीको १४औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर गर्दै दुई साता सार्ने तयारी गरेको हो ।

यसअघि, ६ फागुन २०७७ मा संशोधन गरेको कार्यतालिकाअनुसार कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ का लागि महाधिवेशन तोकेको थियो ।

वडादेखि केन्द्रसम्म मिति हेरफेर

उच्च स्रोतका अनुसार कांग्रेसले वडादेखि केन्द्रसम्मको अधिवेशनका पूर्वनिर्धारित मिति फेरबदल गर्नेगरी तयारी गरिरहेको छ । कांग्रेसले संविधानअनुसार पनि महाधिवेशन भदौभित्र नगरे वैधानिक्ता गुम्ने अवस्था छ ।

कांग्रेसले कोरोना महामारीका कारण महाधिवेशनलाई स्वास्थ्य मापदण्ड पालना गर्नेगरी र यसअघि हुनेभन्दा प्रक्रियामा विकल्प खोजेर गर्ने भएको हो । त्यो वैकल्पिक प्रक्रिया ‘के हो ?’ खुलाइएको छैन । स्रोतका अनुसार महाधिवेशन कार्यतालिका सामान्य संशोधनका लागि पहिले पदाधिकारी बैठक बस्ने र त्यसपछि केन्द्रीय समिति बैठकले कार्यतालिका संशोधन गर्ने कांग्रेसको तयारी छ ।

‘सभापतिले पनि भनिसक्नुभयो, महाधिवेशन भदौभित्रै हुन्छ, तर पूर्वनिर्धारित मिति केही पर सर्छ, त्यो भनेको भदौ तेस्रो साता हो,’ उच्च स्रोतले भन्यो ।

यसअघि, कांग्रेसले ६ फागुन २०७७ मा बनाएको महाधिवेशन क्यालेन्डरअनुसार ५ असारमा वडा, ७ असारमा गाउँ–नगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला अधिवेशन निर्धारित छ ।

यसैगरी, १० र ११ साउनमा प्रदेश अधिवेशन र ७, ८, ९ र १० भदौमा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याएको थियो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीका वडादेखिकै संरचना अधिवेशनका लागि निर्धारित समय हेरफेर हुन सक्ने बताए ।

‘भदौभित्रै महाधिवेशन सम्पन्न गर्नेगरी वडादेखिकै संरचना अधिवेशन मिति हेरफेर विषयमा छलफल हुँदैछ,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने, ‘समय अभावले धेरै ग्याप राखिएका तहको अधिवेशनको अन्तर पनि घट्न सक्छ ।’
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका संयन्त्रले महाधिवेशन केन्द्रित भएर धमाधम काम गरिरहेको जानकारी दिए ।

कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण अन्तिम सूची केन्द्रमा तोकिएको समय प्राप्त नभएपछि पूर्वनिर्धारित कार्यतालिकामा केही परिमार्जन गरेर भदौभित्रै महाधिवेशन गर्नेगरी तयारी गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबारमात्रै कुनै पनि हालतमा महाधिवेशन भदौ भित्रै हुने बताएका थिए । केही प्राविधिक विषय मिलाएर महाधिवेशन भदौभित्रै गर्ने देउवाको वक्तव्यमा उल्लेख छ ।

‘विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ, म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु, २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ, म यसमा पूर्ण प्रतिबद्ध छु,’ वक्तव्यमा भनिएको छ ।

उनले पार्टी महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर एक महत्वपूर्ण राजनीतिक अभियान भएकोसमेत भनेका छन् । महाधिवेशनका लागि असार र साउन दुई महिना बाँकी रहेको भन्दै देउवाले यो दुई महिनाभित्रै प्राविधिक विषय मानिने क्रियाशील सदस्यता व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशन तयारीलगायत सबै गर्नुपर्ने भन्दै यसका निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति गठन भई काम गरिरहेको उल्लेख गरेका छन् ।

(Visited 209 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

साताका लोकप्रिय समाचार

‘क्रिस, क्रिस आइ लभ यु !’

सेन्ट टिर्सवर्ग । बेल्जियन फरवार्ड रोमेलु लुकाकुले युरोकपको समूह चरणको पहिलो खेलमा रसियाविरुद्ध गोल गरेपछि आफ्नो गोल आफ्नो सहयात्री डेनिस खेलाडी क्रिस्टियन एरिक्सनलाई समर्पित...

बाजुरामा बाढीले बगाउदा दुई जना बेपत्ता, मुख्य राजमार्ग अबरुद्ध

बाजुरा । आईतबार देखि लगातार परेको बर्षाका कारण बाजुरामा ठुलो क्षति भएको छ । बुढीनन्दा नगरपालिका ३ मा एक महिलालाई खोलाले बगाउदा बेपत्ता भएकी...

को हुन् गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र ?

  पोखरा । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए ।...

नर्सिङ पढ्दै गरेकी छात्राको रहस्यमय मृत्यु

झापा । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमय मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा...

संघीय नीतिलाई प्रदेश सरकारको ‘काउन्टर’

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमार्फत ल्याएको ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने नीति विवादमा छ । चुरेको दोहन हुने र...

ट्रेन्डिङ

ठेकेदार कम्पनी शैलुङले तेस्रो पटक पनि मल ल्याएन

काठमाडौँ । सस्तोमा रासायनिक मल आयात गर्ने ठेक्का हात पारेका शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीको ठेक्का सम्झौता खारेज गरी कालोसूचीनमा राख्न सिफारीस गरेको...

बिपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान ४ बजे इटहरी –६ की ६०...

सडकको खाल्डो देखाउन गोरखापत्रले डराउनु पर्दैन : सञ्चारमन्त्री

नेपालगञ्ज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् । गोरखापत्र प्रकाशनद्वारा कोहलपुरमा...

सिन्धुपाल्चोकमा एसईईको सबै तयारी पुरा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा माध्यमिक शिक्षा परिक्षा एसईईको सबै तयारी पुरा भएको छ । चैत ६ गते देखि सुरु हुने यस वर्षको एसइइ परीक्षामा सिन्धुपाल्चोकबाट...

विकास आयोजनाका बेथिति रोक

सरकारले अघि बढाउन चाहेका विकास आयोजनाका कार्यक्रम परिणाममुखी हुन सकिरहेका छैनन् । यसको पछाडि मुख्य कारण भनेको सञ्चालित विकास आयोजनामा व्याप्त बेथिति नै हो...

हिमपहिरोमा हराएका सातै जनाको शव भटियो

काठमाडौं । अन्नपुर्ण क्षेत्रमा हिमपहिरोमा परेर हराएका सातै जनाको शव फेला परेको छ । झन्डै साढे तीन महिना अघिबाट हराएका चार कोरियालीसहित सबैको शव...

चिसोका कारण मनाङका हिमताल जम्न थाले

लमजुङ । हिमालपारिको जिल्ला मनाङमा हिमताल जम्न थालेका छन् । पुस महिना सुरु भएसँगै ह्वात्तै चिसो बढेका कारणले गर्दा हिमतालको पानी जम्न थालेको हो...

सिन्धुपाल्चोकमा कारगारमा बसेका कैदीमा कोरोना संक्रमण

सिन्धुपाल्चोक । जिल्ला कारगार कार्यालय चौतारामा रहेका एक कैदीबन्दीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बलात्कार आरोपमा अदालतबाट कैद सजाय भोगीरहेका चौतारा...

चट्याङ लागेर रोल्पामा २ जनाको मृत्यु

रोल्पा । हावाहुरीसंगै परेको चट्याङ लागेर रोल्पामा २ जनाको ज्यान गएको छ । पूर्वी रोल्पाको लुंग्री गाउँपालिका वडा नं. २ सिर्पमा बिहीबार बिहान चट्याङ...

पोखराका विभिन्न ३ वडा सिल गर्ने वडाध्यक्षको निर्णय

पोखरा । पोखराका ३ वडाले कोरोना नियन्त्रणका लागि वडाभित्र सिल गर्ने निर्णय गरेका छन् । पोखरा वडा १०, १२ र १३ का वडाध्यक्षहरुको शुक्रबार बसेको संयुक्त...

फत्तेमानको स्मृतिमा फत्तेमान स्मृति प्रतिष्ठान स्थापना

काठमाडौं । दिवंगत गायक फत्तेमान राजभण्डारीको योगदानको चर्चा गर्दै काठमाडौंमा उनको पुण्यतिथि मनाइएको छ । करिब ६ दशक लामो नेपाली संगीत क्षेत्रमा उनको योगदानको...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)