अब नेपालमै पहिलोपल्ट लिक्विड अक्सिजन प्लान्ट

काठमाडौं । अब नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै पहिलो लिक्विड (तरल) अक्सिजन ग्यास प्लान्टको भर्चुअल माध्यमबाट आइतबार शिलान्यास गरेका हुन् । सो ग्यास प्लान्ट भने रूपन्देहीको रोहिणी गाउँपालिकास्थित सिमरहवामा स्थापना गरिनेछ ।

अक्सिजन ग्यास प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको अभावले धेरै समस्या झेल्नुपरेको स्मरण गर्दै अब यो प्लान्टको स्थापनाले अक्सिजनको समस्या बेहोर्नु नपर्ने बताए ।

कोरोनाको दोस्रो लहरका क्रममा एक्कासि अक्सिजन अभाव हुँदा धेरै व्यक्तिले मृत्युवरण गर्नुपरेको थियो । अक्सिजनको माग अत्यधिक बढेपछि धेरैले महँगो मूल्य तिरेरै भए पनि अक्सिजन सिलिन्डर किनेका थिए । प्रधानमन्त्री ओलीले भारतबाट अक्सिजनलगायत आवश्यक स्वास्थ्य सामग्री आयात गर्ने क्रममा सरकारले देशभित्रै अक्सिजन उत्पादन गर्ने सोच राखेको र त्यो अब पूरा हुने स्पष्ट पारे । हरेक सय बेडभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्थासमेत गरिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले यस्तो महामारीमा अक्सिजन प्लान्टले पनि नपुग्ने देखिएकाले लिक्विड अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको जानकारी दिए । प्रधानमन्त्री ओलीले कोरोनाको दोस्रो लहर उचाइमा पुगेको बेला मुलुकमै लिक्विड अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास प्रशंसनीय र देशप्रति उत्तरदायीपूर्ण भएको बताए ।

उनले अक्सिजन प्लान्ट स्थापना र सञ्चालन सफल पार्न भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी दिए । आगामी दिनमा कोरोनाको महामारी हटिसकेपछि पनि प्लान्टबाट उत्पादन हुने अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्न सक्ने भन्दै उनले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने बताए । यसैगरी, उनले अक्सिजन प्लान्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउनसमेत सहज हुने अपेक्षा गरिएको जनाए ।

रूपन्देहीको रोहिणी गाउँपालिकास्थित परासी–भैरहवा सडकखण्डमा शिलान्यास गरिएको लिक्विड अक्सिजन प्लान्ट शंकर ग्रुपअन्तर्गतको शंकर ग्यास उद्योगले १ अर्ब रुपैयाँ लगानीमा स्थापना गरेको हो । अब यस प्लान्टले दैनिक ६० मेट्रिक टन (७ हजार ठूला सिलिन्डर) अक्सिजन र दुई टन नाइट्रोजन ग्यास उत्पादन गर्नेछ ।

रूपन्देहीको रोहिणी गाउँपालिकास्थित परासी–भैरहवा सडकखण्डमा शिलान्यास गरिएको लिक्विड अक्सिजन प्लान्ट शंकर ग्रुपअन्तर्गतको शंकर ग्यास उद्योगले १ अर्ब रुपैयाँ लगानीमा स्थापना गरेको हो । अब यस प्लान्टले दैनिक ६० मेट्रिक टन (७ हजार ठूला सिलिन्डर) अक्सिजन र दुई टन नाइट्रोजन ग्यास उत्पादन गर्न सक्ने सो उद्योगले जनाएको छ ।

शंकर ग्रुपका अध्यक्ष तथा शंकर ग्यास उद्योगका प्रबन्ध निर्देशक शंकरलाल अग्रवालले सो प्लान्ट देशकै ठूलो र पहिलो लिक्विड अक्सिजन प्लान्ट हुने दाबी गरे । प्लान्टको भौतिक पूर्वाधार निर्माण तथा चीन र युरोपबाट मेसिन आयात जडान गर्न कम्तीमा १० महिना लाग्ने र एक वर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको अग्रवालले बताए । यसैगरी, उनले यो उद्योगको उत्पादनले देशभरका अस्पतालमा लिक्विड अक्सिजनको मागको ठूलो हिस्सा पूर्ति गर्ने बताए ।

उद्योगलाई नियमित विद्युत् आपूर्तिमा सरकारले सहयोग गरेमा पूर्णक्षमतामा अक्सिजन उत्पादन गर्न सक्ने र अक्सिजन अभावको समस्या हुन नदिने उनको दाबी छ । सो प्लान्ट शिलान्यासमा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ पनि उपस्थित थिए । प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री श्रेष्ठले यो अक्सिजन उद्योग लुम्बिनी प्रदेश सरकारका लागि गौरवको विषय भएको बताउँदै उत्पादन सुरु भएपछि सातै प्रदेशमा पठाउन सकिने स्पष्ट पारे । उत्पादन सुरु भएपछि सो उद्योगले सय जनालाई रोजगारी दिने उद्योगका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए ।

लिक्विड अक्सिजन शुद्ध, अस्पतालमा भण्डारण र बेडका बिरामीलाई आपूर्ति गर्न सजिलो हुने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए । लिक्विड अक्सिजन अस्पतालमा राखिने ट्यांकमा भण्डारण गरेपछि सिधै बेडमा सप्लाई गर्न सकिने भएकाले सिलिन्डरको आवश्यकता नपर्ने उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार