Tuesday, August 3, 2021
Homeप्रदेशप्रदेश ३कोरोना संक्रमण दर घटेकै हो त ?

कोरोना संक्रमण दर घटेकै हो त ?

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ हजार ६ सय १५ जनामा संक्रमण देखिएको छ ।

सोहीअवधिमा ३ सय ७९ संक्रमितको मृत्यु भएको छ । हाल देशका ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मूलतः काठमाडौं, ललितपुर, भक्तपुर, दाङ, धनुषा, चितवन, सुर्खेतमा संक्रमण दर तुलनात्मक रूपमा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यद्यपि, ती जिल्लामा पनि संक्रमितको संख्या क्रमिक रूपमा घट्दै गएको छ ।

एक सातामा ९८ हजार ४ सय ५१ जनामा परीक्षण गर्दा २३ हजार ६ सय १५ मा संक्रमण

स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार १५ हजार २ सय ३८ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ७ सय ४९, शुक्रबार १५ हजार १ सय ८२ जनाको कोरोना परीक्षण गर्दा ५ हजार ५ सय ८४ जनामा संक्रमण देखिएको थियो ।

यस्तै गत शनिबार १४ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएको छ । गत आइतबार १२ हजार ४ सय ६ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ७, सोमबार १४ हजार ८ सय १९ जनाको कोरोना परिक्षण गर्दा २ हजार ९ सय १८ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १३ हजार २ सय ९० जनाको कोरोना परीक्षण गर्दा २ हजार ७ सय ४५ जनामा संक्रमण देखिएको थियो । यस्तै, देशभर बुधबार २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा पीसीआर र एन्टिजेन गरी १३ हजार २२ जनामा कोरोना परीक्षण गरिएको थियो ।

बुधबार देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ५ सय ५८ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले कोरोना परीक्षण गराउन आउनेको संख्यामा कमी आएको बताए । डा.पौडेलले भने, ‘संक्रमण रोकथामका लागि भौतिक दूरी कायम, मास्कको समुचित प्रयोग, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।

हेलचेक्र्याइ गर्नु हुँदैन । ‘डा. पौडेलले कोरोना परीक्षण गर्नेहरूको संख्यामा कमी आएको बताए । संक्रमितको संख्याकम देखिए पनि जोखिम भने कायम नै रहेको जनस्वास्थ्य विज्ञ बताउँछन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन् ।

नेपालमा संक्रमित निको हुने दर ८८.५ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ५ लाख ४३ हजार ५ सय २१ जना संक्रमित निको भइसकेका छन् । हाल देशभरका अस्पतालमा ९ सय २ जना आईसीयू र २ सय ७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

(Visited 139 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल...

साताका लोकप्रिय समाचार

मन्त्रिपरिषद्लाई तत्काल पूर्णता देऊ

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको झन्डै तीन साता बित्नै लाग्दा पनि सरकारले पूर्णता पाउन नसकेपछि सरकारप्रतिको चासो र आकर्षणमा उल्टै विकर्षण आउन...

सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको पूर्ण खोप

  सप्तरी, राजविराज । सप्तरीमा शुक्रवार सम्म ५७ हजार जनाले कोभिड–१९ विरुद्धको पुर्ण डोज खोप लगाई सकेका छन् । २७ हजार ब्यक्ति भने पहिलो मात्रा लगाई...

कहाँबाट कति खोप, कति आउन बाँकी

  काठमाडाैं । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग-यो । संसद्मा विश्वासको मत पाउदा...

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

महिला सहकारीलाई २८ वटा ‘कृषि एम्बुलेन्स’

बुटवल । कृषि तथा पशुजन्य उत्पादनको सहज बजारीकरणको लागि महिला सहकारीलाई २८ वटा ढुवानीका साधन उपलब्ध गराइएको छ । हेफर इन्टरनेशन, नेपालले ५ वटा...

ट्रेन्डिङ

थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौं । नेपालमा बुधबार थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना...

यस्तो छ सामसुङको ‘बडादसैं, बिग धमाका’

काठमाडौं, सामसुङले यो चाडबाडको मौसममा आफ्ना उपभोक्ताको चाहना एवं आवश्यकतालाई मध्यनजर गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । वर्तमान कठिन अवस्थामा नेपाली सामुसङ मोबाइल...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)