Sunday, August 1, 2021
HomeEditor-Picksभक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

सञ्जीब दुलाल,
sharethis

 

भक्तपुर । भक्तपुरका ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना संक्रमण मुक्त भएका छन् । जुन ९५ दशमलव २० प्रतिशत हो ।

भक्तपुरमा कोरोना संक्रमितको संख्या घटेसँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा समेत कमि आएको स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ । भक्तपुरमा जेठ २५ गते यता एक जनाको मात्र कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जेठ २४ गते एकै दिन तीन जनाको मृत्यु भएको थियो । त्यस यता जेठ २८ गते एक पुरुषको मात्र मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।

उनका अनुसार भक्तपुरमा हालसम्म २७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ती मध्ये १८० पुरुष र ९७ महिला रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी मध्यपुर थिमि नगरपालिकामा ६३ पुरुष र २८ महिला गरी ९१ जना कोरोना संक्रमितको ज्यान गईसकेको छ । भक्तपुर नगरपालिकामा ७४ जनाको मृत्यु भएको छ । ती मध्ये ४४ पुरुष र ३० महिला छन् । सूर्यविनायक नगरपालिकामा ४७ पुरुष र २८ महिलागरी ७५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै चाँगुनारायण नगरपालिकामा २६ पुरुष र ११ महिला गरी ३७ जना संक्रमितको मृत्यु भएको मिजारले बताए ।

भक्तपुरमा कोरोना संक्रमण घटेसँगैं अस्पताल र आइसोलेसन केन्द्रहरु धमाधम खाली हुन थालेको उनले बताए । स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा हाल ५७ जना मात्र अस्पताल र आइसोलेसन केन्द्रमा उपचाररत छन । ती मध्ये २९ पुरुष र २८ महिला रहेका छन् । सक्रिय संक्रमित मध्ये ३२५ पुरुष र ३५९ महिलागरी ६८४ जना होम आइसोलेसनमा रहेको समेत स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

भक्तपुरमा कोरोना संक्रमितको संख्यामा कमि आएपनि स्वास्थ्य सर्तकर्ता अपनाउन भने मिजारले सबैमा आग्रह गरेका छन् । कोरोनाको तेस्रो लहरले बालबालिकालाई च्याप्न सक्ने र मौसमका कारण पनि सामान्य रुघा खोकी लाग्न सक्ने भएका कारण सबैले सर्तकता अपनाउन उनले आग्रह गरेका छन् ।

(Visited 51 times, 1 visits today)
Loading comments...

आजको समाचार

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

साताका लोकप्रिय समाचार

फ्रान्स, अर्जेन्टिना र जापानलाई सफलता

टोकियो । टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा फ्रान्स, अर्जेन्टिना र जापानले सफलता हात पारेका छन् । खेलमा तीनपटक पछि परे पनि फ्रान्सको यू–२३ टोलीले पुनरागमन...

भाउजुसँग देवर सल्केपछि भ्रुण हत्या

बाग्लुङ । ‘विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा...

१६ लाख भन्दा बक्यौता नतिरेपछि नगरपालिकाको लाइन काटियो, सेवा ठप्प

  सप्तरी, राजविराज । लामो समयदेखी बक्यौता विद्युत महसुल नतिरेका उपभोक्ताहरुको धामाधम लाइन काटिरहेका विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले मंगलबार राजविराज नगरपालिका कार्यालयको लाइन पनि...

सर्वोच्चद्वारा सशस्त्रका डीआईजी श्रेष्ठको सेवाअवधि थप्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एक महिना अघि अनिवार्य अवकाशमा गएका सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठलाई सेवामै रहने गरी दिएको अल्पकालीन...

‘यो मायाको सागर’ ले यसरी गर्यो १२ भन्दा बढी युवतीको मानमर्दन

खोटाङ । पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ । ‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड...

ट्रेन्डिङ

तीन सय गाडी नियन्त्रणमा

काठमाडौं । कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ...

निकसँग प्रियंका खुसी

मुम्बई । अमेरिकन गायक निक जोनससँग बलिउड अभिनेत्री प्रियंका चोपडाले विवाह गरेको दुई वर्ष पूरा भएको छ । तर, उनीहरूले अझै सन्तानबारे निर्णय लिएका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)