Sunday, August 1, 2021
HomeBreaking Newsसुरु भयो सुदूरपश्चिमका सीमानाकामा भारत जानेहरुको ताँती

सुरु भयो सुदूरपश्चिमका सीमानाकामा भारत जानेहरुको ताँती

एक महिनामा १७ हजार पलायन

दीपक ओली,
sharethis

 

धनगढी । सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट भारत जाने नेपालीहरूको संख्या बढ्दै गएको छ । भारतमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आएर जनजीवन सामान्य हुँदै व्यापार व्यवसाय पनि खुल्न थालेसँगै प्रदेशबाट रोजगारीका लागि भारत पलायन हुने नेपालीको संख्या बढेको हो ।

जेठ महिनामा कञ्चनपुरको गौरीफन्टा नाकाबाट १३ हजार ११८, गड्डाचौकीबाट ३ हजार ७६३ र बैतडीको जुलाघाट नाकाबाट २६७ गरी १७ हजार १४८ जना नेपालीहरू भारत पलायन भएका छन् ।

पछिल्लो दुइ साता यताको तथ्याङ्क अनुसार प्रदेशबाट भारत जाने नेपालीहरूको संख्या आउनेको तुलनामा बढेको देखिएको छ ।
जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट ठूलो संख्यामा नेपालीहरू भारत जाने गरेका बताए ।

पछिल्लो दुइ साताको तथ्याङ्क हेर्ने हो भने भारतबाट भित्रिने नेपालीहरूको तुलनामा नेपालबाट भारत जानेको संख्या बढेको छ । उनले भने, ’कञ्चनपुरको दक्षिणी सीमानाका गौरीफन्टाबाट ठूलो संख्यामा नेपालीहरू भित्रिरहेका छन् । भारत जानेको संख्या पनि उच्च छ ।’

त्यस्तै एक महिनामा भारतबाट २२ हजारभन्दा बढी नेपालीहरू भित्रिएका छन् । जेठ महिनामा कञ्चनपुरको गौरीफन्टा नाकाबाट १७ हजार ८७०, गड्डाचौकीबाट ३ हजार ७४७, बैतडीको जुलाघाट नाकाबाट ३९७ र दार्चुलाको पुलघाट नाकाबाट ३१७ गरी २२ हजार ३३१ जना नेपालीहरू भारतबाट भित्रिएका छन् ।

गौरीफन्टा नाकामा राखिएको हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले गौरीफन्टा नाकाबाट जेठ महिनामा १७ हजार ८७० नेपाली भित्रिएपनि ती मध्ये ५ हजार २८४ अर्थात् ३० प्रतिशतको मात्र कोरोना परीक्षण हुन सकेको बताए ।

नाकामा भारतबाट भित्रिने सबैको परीक्षण हुन नसक्दा र आइसोलेसनको व्यवस्था नहुँदा कोरोना गाउँगाउँ पुगेको छ भने, डेढ महिना लामो निषेधाज्ञा पछि पनि कोरोना नियन्त्रण हुन सकेको छैन ।

त्यस्तै प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ल्याएको कोरोना लक्षित युवा स्वरोजगार कार्यक्रम प्रभावहीन हुँदा महामारीको जोखिमकै बीच नेपालीहरू भारत पलायन हुन बाध्य छन् ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

साताका लोकप्रिय समाचार

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

नेम्वाङ र अलमुताइरी विवाद मन्त्रालयमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादको छानबिनका लागि...

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ...

३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २३ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८०...

ट्रेन्डिङ

स्वास्थ्यकर्मीको मनोबल बढाउदै कोरोनाविरूद्ध हातेमालो गरौँः स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताएका छन् ।...

हात धुने बानीको विकास अति जरुरी : यादब

रौतहट । रौतहटमा पनि ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ आज विश्व हात धुने दिवस मनाईएको छ । एक...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)