Monday, August 2, 2021
HomeBreaking Newsसशस्त्र प्रहरी नियमावलीको बेथिति : आईजीपीका दाबेदार नै डिआईजीमै घर जाँदै ?

सशस्त्र प्रहरी नियमावलीको बेथिति : आईजीपीका दाबेदार नै डिआईजीमै घर जाँदै ?

रोशन श्रेष्ठ,
sharethis

काठमाडौं । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) कोषराज वन्तको पालामा असार २०७२ मा सशस्त्र प्रहरी नियमावली २०७२ आयो । त्यसबेला आईजीपी वन्तको सचिवालयका हर्ताकर्ता थिए, तत्कालीन नायव महानिरीक्षक (डीआईजी) पुष्पराम केसी । केसीसहितको सल्लाहमा अतिरिक्त महानिरीक्षक (एआईजी) र डीआईजीको पदावधि चार जोड एक गरेर यसअघिको नियमावली संशोधन गरियो । योभन्दा अघि एआईजी र डीआईजीको पदावधि पाँच वर्ष थियो ।

२०७२ को नियमावलीअनुसार अहिले सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक (डीआईजी) को पदावधि चार÷चार वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ ।

संगठन र नेतृत्वप्रति जिम्मेवार र अनुशासित बनाउन, कार्यसम्पादन राम्रो र क्षमता भएकालाई अगाडि बढाउन, नेतृत्वप्रति बफादार बनाउन नियमावलीमा चार जोड एकको व्यवस्था राखिएको तर्क त्यसबेला तत्कालीन आईजीपी वन्तले गरेका थिए । तर, केसीसहितको पहलमा भएको नियमावली संशोधनको बाछिटाले उनलाई समेत छाडेन । केसी र अर्का एआईजी रामशरण पौडेल आफ्नो एक वर्ष सेवा अवधि थप्न देखिने नै गरी शक्तिकेन्द्रमा धाए । उनीहरुको सेवा अवधि एक वर्ष नथप्न केही डीआईजी र शक्तिकेन्द्र पनि खुलेर लागे । अन्ततः एआईजीको चार वर्षका कारण अवकाशको मुखैमा पुग्नुभन्दा सात दिनअघि उनीहरुको सेवा अवधि एक वर्ष थपियो । एक वर्ष सेवा अवधि थपिएकै कारण केसी झण्डै तीन साता सशस्त्रको सर्वाेच्च पदमा समेत पुग्ने बाटो खुलेको छ ।

दुई एआईजीको सेवा अवधि थपसँगै नियमावली जारी भएयता हालसम्म सबै एआईजी र डीआईजीको सेवा अवधि थप भएको छ । तत्कालीन डीआईजीत्रय सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे र अरविन्द धितालको एक वर्ष म्याद थपसँगै सुरु भएको यो बाटोमा त्यसपछि थप दुई डीआईजी खड्गबहादुर राई र मन्दिप श्रेष्ठ पनि हिडिसकेका छन् । अब त्यही बाटोमा हिड्ने पालो डीआईजी प्रविण श्रेष्ठको हो । तर उनको सेवा अवधि नथप्न सशस्त्रकै केही डीआईजी र शक्तिकेन्द्र लागेको स्रोतको दाबी छ ।

गत १३ वैशाखमा दुई एआईजीको एक वर्ष सेवा अवधि थपिएकै कारण वरिष्ठताका आधारमा केसी छोटो समयका लागि नेतृत्वमा पुग्ने बाटो खुलेको अवस्थामा भावी आईजीपी भनेर चिनिएका डीआईजी प्रविण श्रेष्ठ भने डीआईजीबाटै घर जाने अवस्था बलियो बन्दै गएको छ । एक वर्ष सेवा अवधि थप नभएको अवस्थामा उनी यही ९ असारमा अनिवार्य अवकाशमा जानेछन् । सेवा अवधि थप भएको अवस्थामा भने उनी आगामी वैशाखमा आईजीपी बन्नेछन् । २६ कात्तिक २०८२ सम्म उनी सशस्त्रको नेतृत्वमा रहने छन् ।

श्रेष्ठको सेवा अवधि थप नभएको अवस्थामा आगामी १९ वैशाखदेखि ६ कात्तिक २०७५ मा डीआईजी भएकाहरुमध्ये एक जना आईजीपी बन्नेछन् । सोही मितिमा डीआईजी भएका अन्य दुई जना एआईजी बन्नेछन् । यति मात्र होइन, राजनीति र परिस्थितिले साथ दिएको अवस्थामा सोही मितिमा डीआईजी भएर आईजीपी भएका एक जना अवकाशमा गएपछि फेरि अर्का एक जना आईजीपी बन्नेछन् । ६ कात्तिक २०७५ मा राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम डीआईजी भएका थिए ।

सशस्त्रका एक अधिकृत भने सेवा अवधिमा भएको चार जोड एकको व्यवस्थाका कारण अहिले सशस्त्रका उच्च अधिकृतहरुमा हार्दिकता, आपसी समन्वय, एक अर्काप्रति सहयोगी भावना हराउँदै गएको टिप्पणी गर्छन् । आफ्नो स्वार्थका लागि आफ्नै साथीको तेजोबध गर्न पनि पछि नपर्ने प्रवृत्ति सशस्त्रका अधिकृतहरुमा बढ्दै गएको ती अधिकृतको भनाइ छ । यो व्यवस्थाका कारण सशस्त्र प्रहरी नेतृत्व नै विवादमा तानिने र जबर्जस्ती विवादमा पार्ने काम भएको उनको बुझाइ छ ।

 

 

(Visited 1,107 times, 2 visits today)
Loading comments...

आजको समाचार

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले...

साताका लोकप्रिय समाचार

पूर्वसभामुख महराले पाए सफाई

  काठमाडाैं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । न्यायाधीश माधवप्रसाद पोखरेल...

काङ्ग्रेस क्रियाशील सदस्यता विवाद मिलाउन जुटे शीर्ष नेता

काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुट्नुभएको छ । काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको...

स्वास्थ्य संगठन जनशक्ति संरचना भद्रगोलः नेतृत्वमै सेवा समुह एउटा महाशाखा अर्कै

काठमाडौं । स्वास्थ्य मन्त्रालय मातहत संघमा रहने अस्पताल-केन्द्रहरू र प्रदेश सामाजिक विकास मन्त्रालय मातहत रहने निकायहरूको संगठनात्मक संरचना तयार पारिएपनि लागु हुन सकेको छैन...

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर प्रभावितले नै भर्न पाएनन्

  सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुवासी र आयोजना प्रभावितहरुका लागि खुला गरेको शेयर आयोजना प्रभावितले नै भर्न नपाएपछि स्थानीय सरकारले आयोजनासँग प्रभावितहरुलाई शेयरबाट बञ्चित...

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास...

ट्रेन्डिङ

दीपिकाको बयान फेरि लिइने

मुम्बई । भारतमा लागूऔषध नियन्त्रणसम्बन्धी ब्युरो ‘एनसीबी’ले बलिउड अभिनेत्री दीपिका पादुकोनसँग शनिबार बयानको क्रममा उनको दुई वटा मोबाइल अनुसन्धानका लागि भन्दै जफत गरेको छ...

अमेरिकामा दुई करोड संक्रमित भएको अनुमान, अझ सतर्कताका लागि आह्वान

वासिङ्टन । अमेरिकामा कोरोनाभाइरसबाट झण्डै दुई करोड मानिस सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ ।देशमा सङ्क्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई करोड पुगेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)