Sunday, August 1, 2021
Homeप्रदेशप्रदेश ३सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र १५ एसएसपी सरुवा स्वीकृत गरेपछि प्रहरी प्रधान कार्यालयले सरुवाको सूची सार्वजनिक गरेको हो ।

जसअनुसार सातै प्रदेशको नेतृत्वमा रहेका, सीआईबीमा रहेका र अन्यत्र रहेकासमेत गरी १६ डीआईजीको सरुवा गरिएको छ । सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा धिरजप्रताप सिंह आएका छन् । उनी प्रदेश २ प्रहरी कार्यालयमा प्रमुख थिए ।

यसैगरी, प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा डीआईजी अरुणकुमार बिसीलाई पठाइएको छ । प्रदेश २ मा उमेश रन्जितकारको सरुवा भएको छ । यस्तै, बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडामा प्रकाशजंग कार्की पुगेका छन् ।

यसैगरी, गण्डकीमा दिवेश लोहनी, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा मुकुन्द आचार्य, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा गणेशबहादुर ऐर र सुदूरपश्चिम प्रहरी कार्यालय दिपायलमा पुरुषोत्तम कँडेललाई पठाइएको छ । प्रदेश १ मा रहेका डीआईजी ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालय नक्साल ल्याइएको छ ।

यस्तै, बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडामा रहेका डीआईजी वसन्त लामा प्रहरी महानिरीक्षकको सचिवालमा आएका छन् । यस्तै, गण्डकी प्रदेश प्रहरी कार्यालयमा प्रमुख रहेका घनश्याम अर्यालको विशेष ब्युरोमा सरुवा भएको छ ।

यसैगरी, लुम्बिनीमा रहेका रवीन्द्र धानुकको प्रधान कार्यालयमा रहेको कार्य एवं अपराध अनुसन्धान विभाग कार्य निर्देशनालयमा सरुवा गरिएको छ । यस्तै, कर्णालीमा रहेका वसन्त पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ल्याइएको छ ।

यस्तै, सुदूरपश्चिम प्रहरी कार्यालयमा रहेका डीआईजी उत्तमराज सुवेदीको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । सीआईबीका सहकुल थापालाई प्रधान कार्यालयमा रहेको प्रदेश समन्वय निर्देशनालय लगिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका प्रकाश अधिकारीको मानव स्रोत एवं प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।

१५ एसएसपी को कहाँ सरुवा ?
प्रधान कार्यालयले सोमबार नै एसएसपीहरूको पनि सरुवा गरेको हो । सरुवा सूचीअनुसार नेपाल प्रहरी प्रदेश कार्यालय बनेपामा रहेका एसएसपी उमेशराज जोशीको प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अपराध अनुसन्धान महाशाखा नक्साल सरुवा भएको छ ।

यसैगरी, बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट एसएसपी मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।

यस्तै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर रहेका श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ ।

एसएसपी कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालयअन्तर्गतको अन्वेषण योजना तथा विकास निर्देशनालय र टेकबहादुर तामाङलाई १ नम्बर प्रदेश कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ ।

यस्तै, नलप्रसाद उपाध्यायलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल, राजेन्द्रप्रसाद चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पु-याइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका एसएसपी दीपक थापालाई प्रदेश–२ प्रहरी कार्यालय जनकपुर शान्ति सुरक्षा महाशाखामा सरुवा गरिएको छ ।

चन्द्रकुवेर खापुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र विक्रमबहादुर चन्दलाई डोटी र नरबहादुर खत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा गरिएको छ ।

(Visited 567 times, 1 visits today)
Loading comments...

आजको समाचार

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

साताका लोकप्रिय समाचार

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

सपहीमा स्कारपियो खाल्डोमा खस्दा एकको मृत्यु, पाँचजना घाइते

जनकपुरधाम ।  धनुषामा आज बिहान सरकारी नम्बर प्लेटको स्कारपियो पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन्...

नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो, सचेत रहन आग्रह

  काठमाडौं । नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भाइरस भेटिएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा...

नेपाल अमेरिका पत्रकार संघको अध्यक्षमा विकासराज न्यौपाने

  भर्जिनिया (अमेरिका) । लामो समयदेखी अमेरिकाना रहेर पत्रकारिता गरिरहेका पत्रकार बिकासराज न्यौपाने नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा निर्वाचित भएका छन । (नेजा...

गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित दोभानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुकाम तम्घासका...

ट्रेन्डिङ

बाँकेको एउटै गाउँपालिकामा ११३ जना कोरोना सङ्क्रमित

राँझा । नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज...

नयाँ राहदानी नियमावली कार्यान्वयनमा

काठमाडौं । नयाँ राहदानी नियमावलीअनुसार अब महानगरपालिका प्रमुखदेखि राष्ट्रपतिसम्मका लागि कूटनीतिक राहदानी प्रयोगको व्यवस्था गरिएको छ । साथै मन्त्रिपरिषद्ले कुनै व्यक्तिलाई रातो पासपोर्ट दिने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)