कांग्रेस महाधिवेशन: पौडेल समूह पनि आज छलफलमा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्व दाबी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि सक्रियता बढेको छ । आफूनिकट केन्द्रीय सदस्यसहितका नेतालाई पौडेलले छलफलका लागि बोलाएका छन् ।

आज बिहीबार दिउँसो २ बजे वसुन्धारास्थित दियालो फुड ल्याण्डमा पौडेल पक्षीय नेतालाई बैठकमा बोलाइएको छ । वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार क्रियाशील सदस्यता र पार्टी महाधिवेशन विषयमा छलफलका लागि नेताहरूलाई बोलाइएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले भने १४औं महाधिवेशन विषयमा सातै प्रदेशका आफूनिकट नेतालाई भेट गरेर नेतृत्वमा भिड्ने सन्देश दिइसकेका छन् । कांग्रेसले १६ देखि १९ भदौसम्म महाधिवेशन गर्नेगरी केन्द्रीय समिति बैठकबाट कार्यतालिकासमेत अनुमोदन गरिसकेको छ ।

कार्यतालिका अनुमोदनसँगै नेताहरूले भेटघाट बढाउँदै लगेका छन् । कांग्रेसका हालका उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि आफू अघि सर्ने भन्दै भेटघाट तीव्र बनाएका छन् ।

उनले गत सोमबार महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आफ्नै निवासमा बोलाएर ‘लञ्च’सहितको बैठक गरेका थिए । सोही दिन साँझ निधिले कांग्रेसका चन्द्र भण्डारी, गगन थापासहितका नौ यूवानेतालाई एक पार्टी प्यालेसमा बोलाएर नेतृत्वका लागि आफू अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस सभापति थापाले स्थगित गरे भारत भ्रमण