काठमाडौं । नेपाली कांग्रेसको बिहीबारका लागि डाकिएको केन्द्रीय समिति बैठक सरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार भएको छलफलपछि बिहीबारका लागि बोलाइएको बैठक २७ माघका लागि सारिएको हो ।
बैठकमा गत ११ पुसको केन्द्रीय समिति बैठकले विधानमा गरेको निलम्बनका विषयमा छलफल गरिने र आगामी १४औं महाधिवेशनको कार्यविधिसमेत बनाइने बताइएको थियो ।
कांग्रेसले गत १३ माघको केन्द्रीय समिति बैठकमार्फत १४औं महाधिवेशनको कार्यतालिकामा हेरफेर गरेर केन्द्रबाहेक तल्ला तहको अधिवेशनको मिति परिवर्तन गरेको थियो । बैठकमार्फत नेविसंघको तदर्थ समिति गठनको निर्णयसमेत गरिएको थियो ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने नेताहरूको व्यस्तताका कारण बैठक सारिएको जानकारी दिए ।
यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले एकतर्फी रूपमा बहुमतको निर्णयबाट महाधिवेशनको कार्यतालिका ल्याइएको र महाधिवेशनको प्रयोजनका लागि क्रियाशील सदस्यता वितरणसम्बन्धी धारा निलम्बित गर्ने निर्णय गरिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।
तर, पछिल्लो समय शीर्ष नेतृत्वबीच निलम्बित धारा फुकुवा गर्ने सहमति भइसकेको छ । सो विषयमा केन्द्रीय सदस्यद्वय डा. मीनेन्द्र रिजाल र रमेश लेखकले काम गरिरहेका छन् ।
कांग्रेस बैठक सर्यो
- Rajdhani Daily
- माघ २३, २०७६
- ७:१६ बिहान

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्
कुरी-कुरी

आजको १० समाचार
- मन्त्रिपरिषद् हेरफेर गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड
- वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो
- पूर्वमन्त्री खड्का सवार गाडीलाई धनकुटामा टिपरको ठक्कर
- खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ…
- सबै विश्वकर्मालाई कसरी ‘कामी’ बनाइयो ?
- भारतमा मोदीको निर्णायक जित
- के देश पूर्वाधारले बन्ने हो ?
- उडे जहाजमा, फर्के बाकसमा, दुई छोरीले दिए दागबत्ती
- दुई दशकअघि वाणिज्य बैंकका घोटालाका आरोपित…
- दर्शन नमस्ते सायरेम भन्दै आए राजेशपायल