कोरोना तेस्रो लहर प्रतिरोधको तयारी

कोरोना महामारीको दोस्रो लहरको चाप र यसको भयावह असर कमी हुन नपाउँदै यसको तेस्रो लहर आउने सम्भावना निकट रहेको भनी स्वास्थ्यविद् तथा चिकित्सकहरूले चिन्ता जाहेर गरिरहेका छन् । सम्भाव्य तेस्रो लहरको प्रतिरोधका लागि अब पनि केही कुरा सोच्न सकिएन भने यसले ठूलो असर पार्नेछ । यसले भयावह अवस्था निम्त्याउनेछ । कोरोना महामारी आफैंमा विश्वव्यापी त छँदै छ यसमा पनि यसले परिवर्तन गर्ने आफ्नो स्वरूप र परिवर्तित स्वरूपपछि निम्त्याउने भयावह स्थिति विश्वभर लहरझैं फैलने गरिरहेको छ । नेपालमा पहिलो र दोस्रो लहरपछि अब तेस्रो लहर फैलने सम्भावना सबैले निकै अवश्यम्भाव्यी घटनाका रूपमा हेरिएको छ । पहिलो र दोस्रो लहरसँगै नेपालमा यूके भेरियन्ट, एपी वान र दिल्ली भेरियन्ट गरी तीन थरीका महामारीको चाप देखिएपछि यी तीनै थरीका महामारीको मिसावटबाट नयाँ भेरियनट उत्पन्न हुन सक्ने सम्भाव्यतालाई सबैले गम्भीरताका साथ लिइरहेका छन् । नेपालका स्वास्थ्य संस्थाहरू, प्राज्ञ तथा विषेशज्ञले यसको आगमन’bout चिन्ता जाहेर गरिरहेका छन् ।

अरू देशहरूमा पनि विभिन्न भेरियन्ट देखापर्ने र ती भेरियन्टहरूको मिसावटबाट नयाँ खालको भेरियन्ट देखापर्ने गरिरहेको दृष्टान्त हाम्रो सामु छ । नेपाल आफैंमा दक्षिण एसियाका लागि सामरिक महŒवको क्षेत्र मात्र नभएर विश्वको सामरिक महŒवका क्षेत्रमा पर्छ । यो विश्वकै ‘ट्रान्जिट प्वाइन्ट’ पनि हो । यसै कारणले गर्दा पनि यूके भेरियन्ट नेपालमा भित्रिन पुगेको हो । त्यसलगत्तै अफ्रिकामा फैलिएको महामारी एपी वान पनि भित्रिन पुगेको हो । छिमेकी देश दिल्लीमा आतंक मच्चाइरहेको दिल्ली भेरियन्ट पनि यही ‘ट्रान्जिट प्वाइन्ट’कै कारण नेपालमा भित्रिएको हो । यस्तैै, महामारीको समिश्रण र त्यसबाट पैदा हुन सक्ने अर्को नयाँ भेरियन्टसहित तेस्रो लहर आएमा नेपालमा यसले अकल्पनीय भयावह स्थिति निम्त्याउनेछ । यसको विद्रुप र संहारकारीस्वरूप अहिले नै भयावह अवस्थामा चित्रित हुन थालेको छ । पहिलो लहरले दीर्घ रोगी, मुटु र फोक्सोका रोगीमाथि आक्रमण गर्ने गरेको थियो भने दोस्रो लहरले युवायुवतीसहित रोग प्रतिरोधात्मक शक्ति भएका सबैलाई आक्रमण गरिरहेको छ । तेस्रो लहरले बालबालिकामाथि आक्रमण गर्ने र ठूलो आतंक मच्चाउने आशंका गरिएको छ ।

बालबालिका भविष्यका कर्णाधार हुन् । बालबालिकाको संख्या आफैंमा कुल जनसंख्याको आधा बढी रहने गरेको छ । यति ठूलो जनसंख्याको हिस्सामा महामारी प्रवेश गर्ने हो भने यसले निम्त्याउन सक्ने भयावह स्थितिको परिकल्पना नै गर्न सकिँदैन । मानव जातिको भविष्य सुन्दर बनाउन, सुरक्षित बनाउन र विश्वस्तरीय बनाउन पनि बालबालिकामाथि आक्रमण गर्ने सम्भाव्य तेस्रो लहरलाई रोक्नु नितान्त जरुरी हुन गएको छ । यसका लागि सरकारले सबैको अभिभावकको हैसियतले समयमै नीति, योजना तथा कार्यक्रम ल्याउनु जरुरी छ भने आमजनसमुदायले आफ्नो स्वास्थ्यप्रति बढी चिन्तित र सचेत भएर सम्भावित तेस्रो लहरको प्रतिरोधका लागि तयारी गर्नुपर्नेछ । यसका लागि तेस्रो लहरले बालबालिकामा पार्ने प्रभाव, लक्षण, रोकथामका उपाय र उपचार’bout सम्भावित खाका प्रस्तुत गरी जनसाधारणलाई सचेत बनाउनु निकै जरुरी हुन गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

epaper

ताजा समाचार

‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई