पौडी खेल्न गएका दुई किसोर बेपत्ता

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

 

पाँचथर । जिल्लाको याङ्वरक गाउँपालिका–४, थर्पुका दुई किसोर इङ्वा खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा याङ्वरक–४, निशानधाम नजिकै बस्ने १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ रहेको प्रहरी चौकी थर्पुले जनाएको छ । उनीहरु सोमबार बिहान नौ बजेतिर याङ्वरक–४, स्थित इङ्वा खेलाको डडुवा पुलनेर पौडि खेल्न गएका थिए ।

पाँच जना किसोर पौडि खेल्न गएकोमा दुई जनालाई खोलाले बगाएर बेपत्ता बनाएको हो । लक्ष्मण र बिपल दाजुभाईका छोरा हुन् । उनीहरुसँगै पौडि खेल्न गएका अन्य साथीहरुले गाउँमा आएर खबर गरेपछि घटना थाहा भएको थियो ।
उनीहरुको प्रहरी र स्थानीयले खोजीकार्य गरिरहेको स्थानीय काजीमान माबोले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने