अनाथ बालबालिकालाई मिस नेवाको सहयोग

काठमाडौं । पछिल्लो समय नयाँ पुस्ता पनि सामाजिक कार्यमा सक्रिय हुन थालेका छन् । यसै क्रममा नेवा सुन्दरी नितु डंगोलले आप्नो जन्म दिनको अवसर पारेर बालबालिकालाई विभिन्न सहयोग प्रदान गरेकी छन् ।

मिस नेवा ११३९ नितु डंगोलले आप्mनो जन्म दिन नयाँ बानेश्वरको संगम चोकमा अवस्थित अनाथ आश्रम न्यु नेपाल सोसाइटी सेन्टरमा आश्रित बालबालिकाका साथ मनाएकी हुन् । सो अवसरमा नितुले बालबालिकाको अध्ययनमा सघाउन उनीहरूलाई आवश्यक विभिन्न पुस्तक, स्टेसनरी सामग्री कपी, कलम, इरेजर, कटरलगायतका शैक्षिक सामग्री उपलब्ध गराइन् ।

उनले आश्रममा आश्रित ४० बालबालिकाबीच केक काटेर जन्म दिन मनाइन् । सो क्रममा मिस नेवा डंगोलले बालबालिकाको खानपानमा सघाउन खाद्य सामग्री पनि उपलब्ध गराएकी थिइन् ।

डंगोलले मिस नेवाको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, नयाँ मिस नेवा कृषा महर्जन, फस्ट रनर्सअप प्रिया तुलाधरलगायतका साथ आश्रममा पुगेर सहयोग गरेकी थिइन् ।

आप्mनो जन्म दिन फजुल खर्च गरेर मनाउनुको साटो बालबालिकाको दैनिकी र शिक्षामा सघाउन खाद्यान्न तथा स्टेसनरी सामग्री उपलब्ध गराउँदा आत्मसन्तुष्टि मिलेको डंगोलले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 356 times, 1 visits today)

epaper

ताजा समाचार

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम