हाइटीका राष्ट्रपतिलाई निवासमै गोली हानेर हत्या

 

हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उनको निजी निवासमा गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको हत्याको पुष्टि गरेका हुन् ।

मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि राष्ट्रपतिको विशेषधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत् सबैभन्दा गरीब अफ्रिकी मुलुक हाइटीमा शासन गर्दै आएका थिए । उनको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए र यसमा उनलाई पनि दोषी मानिँदै आएको थियो ।

अप्रिलमा हुनुपर्ने गरी तोकिएको हाइटीको संवैधानिक जनमत संग्रह कोभिड–१९ को महामारीको कारण स्थगित भएको छ । राष्ट्रिय निर्वाचन आयोगले जनमत संग्रहलाई सेप्टेम्बर २६ मा गर्ने घोषणा गत यसै बर्षको जुन २६ मा गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

epaper

ताजा समाचार

झापावासीलाई हात्तीबाट जोगाउन सशस्त्र प्रहरीको जनचेतना अभियान, उच्च सतर्कता अपनाउन आग्रह