प्रारम्भिक चरणमा ४५ खेलाडी

काठमाडौं । दुई महिनापछि स्वदेशमा हुने एएफसी महिला एसिया कप छनोटको तयारीका लागि राष्ट्रिय महिला फुटबल टोलीको १० दिनपछिबाट प्रशिक्षण सुरु हुने भएको छ । राष्ट्रिय महिला टोलीका प्रशिक्षक ग्यारी फिलिप्सिले ५ गोलकिपरसहित ४५ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

प्रशिक्षण जुलाई १८ बाट सुरु हुनेछ । नेपाल, फिलिपिन्स र हङकङ सम्मलित समूह एफको खेल दशरथ रंगशालामा हुनेछ । एसियली फुटबल महासंघ (एफएफसी)ले एएफसी महिला एसिया कपको समूह चरणको खेलका लागि सेप्टेम्बर १३ देखि २५ सम्मको मिति तय गरेको छ । गतवर्ष फाइनलमा राष्ट्रिय महिला लिग आयोजना भएयता महिलाको कुनै पनि प्रतियोगिता आयोजना भएको छैन ।

सम्भवतः त्यसैलाई आधार मानेर खेलाडी छनोट गरिएको छ । लामो समयपछि राष्ट्रिय टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी सम्बाबिना नै तयारी सुरु हुन लागेको छ । लिगमा घुँडामा चोट लागेका कारण सावित्रा मैदान बाहिर छिन् । अहिले उनी उपचारका लागि कतारमा छिन् । उनलाई मैदान फर्कन झन्डै वर्ष दिन लाग्ने अनुमान गरिएको छ ।

प्रशिक्षणमा बोलाइएका खेलाडी
अन्जना रानामगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, सावित्री किसान, सपना राई, रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गिता राना, अन्जली योञ्जन, प्रीति राई, निशा थोकर, सृजना चेम्जोङ, हिराकुमारी भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्घा मगर, कविता धिमाल, सुनिता चौधरी, बिमला विक, दीपा राई, सपना लामा, रश्मि कुमारी घिसिङ, शर्मिला थापा, इन्दिरा राई, विमला चौधरी, अमृता जैसी, घिमकुमारी गुरुङ, सृजना खड्का, निर्मला विके, मनीषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल , दीपा न्यौपाने, शिवानी कुसवार, सरस्वती हमाल, अमिषा कार्की, कुसुम खतिवडा, सृजना सिंह, सविता रानामगर, रजनी थोकर, सलोनी राना मगर, चुमलुंमा राई ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?