राजविराजमा ९ करोडको लागतमा बालउद्यान बन्दै

सप्तरी । राजविराज नगरपालिकाले वाड नं. १ मा ९ करोडको लागतमा बालउद्यान (चिल्ड्रेन पार्क) निर्माण गर्ने भएको छ ।

बिहीबार एक समारोह बिच नगरप्रमुख शम्भु प्रसाद यादव र उपप्रमुख साधना झाको उपस्थितिमा वडा अध्यक्ष चन्द्रशेखर चौधरीले बालउधान निर्माण कार्यको शिलान्यास गरेका छन् ।

बालबालिकाहरुका लागि नगरपालिका क्षेत्रमा यस्तो उधानको ब्यवस्था नरहेको कुरालाई ध्यानमा राख्दै पहिलो पटक यस्तो ब्यवस्था गर्न लागिएको नगरप्रमुख यादवले बताए । २६ कठा जग्गामा पर्खालसहित निर्माण हुने बाल उधानमा बगेचा, बिभिन्न खेल्कुदका सामाग्री र साधन, सोलार, खानेपानी, शौचालय,आरामदायीक कुर्सी लगायत अन्य बिभिन्न सुबिधा उपल्बध रहने राजविराज नगरपालिकाले जनाएको छ ।

६ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्षय रहेको सो बालउधान निर्माण कार्यको ठेक्का पाएका रसुवारोसन जेबि कन्ट्रक्सनले बिहीबारदेखि काम सुरु गरिसकेको कम्पनीका प्रतिनिधि मनोज कुमार यादवले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो