महिला टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबारबाट टिमको प्रशिक्षण सुरु भएको जनाएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् ।

छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौदेखि ९ असोज)लाई तोकेको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । नेपाली सेनाको शान्ति मिसनमा गएका कारण कविता धिमाल टोलीमा उपलब्ध हुने छैनन् ।

चेतन सहायक प्रशिक्षक अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न एएफसी महिला एसियन कपको छनोट खेलका लागि चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । सोमबारदेखि सुरु भएको प्रशिक्षणमा चेतनले नै मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा टोलीलाई प्रशिक्षण दिएका छन् ।

‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक चेतनले पहिलोपटक यति ठूलो अवसर पाएका हुन् । नेपाल पुलिस क्लवबाट व्यावसायिक फुटबल खेलेका चेतन पहिलोपटक सहायक प्रशिक्षक बनेका हुन् । सन् २००९ मा राष्ट्रिय टिममा परेका चेतनले चोटका कारण धेरै लामो समय टिमबाट खेल्न पाएनन् । सन् २०१३ मा आर्मीविरुद्धको खेलमा घुँडाको चोट बोकेपछि उनले खेल करियर त्याग्दै प्रशिक्षण करियरलाई जोड दिएका थिए ।

उनको मुख्य खेल सन् २०१४ का एएफसी च्यालेन्ज कप छनोट रहेको छ । जसमा उनले नर्दन मारियाना आइल्यान्ड्ससँग खेलेका थिए । गोलकिपिङ प्रशिक्षकमा प्रकाश वैद्य रहेका छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी अन्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, सावित्री किसान, सपना राई, रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अन्जली योन्जन, प्रीति राई, निशा थोकर, सिर्जना चेम्जोङ, हिरा भुजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्घा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला बिक, दिपा राई, सपना लामा, रश्मि घिसिङ, शर्मिला थापा, इन्दिरा राई, विमला चौधरी, अमृता जैशी, घिम कुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुसुम खतिवडा, सिर्जना सिंह, सबिता राणा, रजनी थोकर, सलोनी राना मगर, चुम्लुङमा राई ।

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

epaper

ताजा समाचार

आफ्नै दम्भले खस्कँदै कांग्रेस–एमाले