आमालाई विहे गरे, छोरीलाई यौन दुर्व्यवहार

इटहरी । श्रीमान सशस्त्रको जागिरमा । घरमा दुई छोरी । तर, प्रायःजसो धेरै समय परपुरुषसँगै सहवास । इटहरी २० तरहराकी ३३ वर्षीया महिलाको घिनलाग्दो हर्कत हो, यो । यतिमात्रै होइन, ती महिलाकी नौ वर्षीया छोरीलाई पनि युवकले गिद्धे दृष्टिकोणले हेर्ने र बाल यौन दुरुपयोग समेत गर्ने गरेको रहस्य खुलेको छ ।

नौ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेकाले इटहरी ४ का ३८ वर्षीय किसनकुमार उदासलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार तरहराकी नौ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको उजुरीका आधारमा किसनलाई पक्राउ गरिएको हो ।

‘बालिकाकी आमासँग गत वैशाखमा उनले विवाह गरेका रहेछन्,’ केसीले राजधानीसँग भने, ‘विवाहपश्चात पनि ती बालिकालाई यौन दुरुपयोग गर्ने गरेको आरोप लगाउँदै उजुरी परेको छ, सोही आधारमा पक्राउ गरिएको हो ।’ उनका अनुसार किसनले बालिकाका संवेदनशील अंगमा हातपात गर्ने, समाउने, मुसार्ने जस्ता क्रियाकलाप गरेकाले पीडित बालिकाले आफन्तको सहारा लिएर उजुरी गरेकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बालिकाकी आमा र किसनकुमारबीच केही वर्षदेखि नै घनिष्ट सम्बन्ध रहँदै आएको थियो । सोही कारण गत वैशाखमा पहिलाका पतिलाई छाडेर ती महिलाले किसनसँगै विवाह गरेकी थिइन् । विवाह गर्नुअघि किसनकुमारसँग दिनहुँजसो उनको भेटघाट हुन्थ्यो । महिलासँगको भेटमा किसनले बालिकाका संवेदनशील अंगमा हातपात गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यसरी बाहिरियो घटना

श्रीमान सशस्त्रको जागिरमै रहन्थे । धेरैजसो दिन किसन ती महिलाकहाँ आउँथे, कहिले उनी नै छोरीसँग किसनको घरमै जान्थिन् । किसनले बेला–बेला बालिकाका संवेदनशील अंग मुसार्ने, खेलाउने जस्ता हर्कत पनि गर्थे । एकदिन अति भएपछि बालिकाले आफ्ना बाबुलाई फोन सम्पर्क गरिन् । फोनमा उनले सबैकुरा भनेपछि लगत्तै जागिरबाट पीडित बालिकाका बाबु घर आए । घरमा आएर छोरीले सुनाएका क्रियाकलाप’bout श्रीमतीसँग बुझ्दा ती महिलाले स्वीकार गरिन् । ‘श्रीमान र श्रीमतीबीच धेरै वादविवाद भएपछि दुवै पक्षका आफन्तलाई साक्षी राखेर किसन र ती महिलाबीच गत वैशाखमा विवाह भएको थियो,’ स्थानीय एक महिलाले भनिन्, ‘उनीहरुको. विवाह भएपछि पनि बच्चीलाई संवेदनशील अंगमा पटकपटक हातपात गरेपछि असह्य भएका कारण फुपूको सहारा लिएर बालिकाले उजुरी गरिन् ।’

स्थानीयका अनुसार यौन दुरुपयोग गरेकी बालिकाकी ३३ वर्षीया आमालाई उदासले गत वैशाखमा विवाह गरेका थिए । दुवै पक्षका आफन्तलाई राखेर तरहराको एक मन्दिरमा विवाह गरिएको थियो । बालिकाका आमा विवाह गर्नुअघि र विवाहपछि पनि नौं वर्षीया बालिकालाई संवेदनशील अङ्गमा छुने, समाउने कार्य गरेकाले उजुरी परेको थियो । सोही आधारमा आधारमा किसनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आरोपित किसनलाई सोमबार प्रहरीले पक्राउ गरेर जिल्ला अदालत सुनसरीमा बाल यौन दुरुपयोगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको इटहरी प्रहरीले जनाएको छ । पछिल्लो समय नसालु पदार्थ खुवाएर, डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर तथा घरमा कोही नभएको मौका छोपेर बालिकालाई यौन दुरुपयोग तथा जबरजस्ती करणीका घटना बाहिरिने गरेको इटहरी प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 394 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह