इन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपलिकाका सम्पूर्ण काम बन्द सेवाग्रही मर्कामा

 

हुम्ला । हुम्लाको दक्षिण भेगको ताँजकोट गाउँपालिमा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको वर्ल्ड लिंक कम्युनिकेसन प्रालिको इन्टरनेटको डिभाइस टावरम खराबी आउँदा मुगु लगायत हुम्लाको दक्षिणी भेगको ताँजाकोट गाउपालिकाबाट संचालन हुने सम्पूर्ण सेवा ठप्प भएका छन् । इन्टरनेट सेवाले काम गर्न छोडेपछि अहिले गाउपालिकाबाट हुने बैकिंक लगायत अन्य सेवा पूर्ण रुपले अबरद्ध भएको गाउँपालिका अध्यक्ष बागदल मल्लले बताए ।

गएको असार २९ गतेबाट अवरुद्ध भएको इन्टरनेट सेवा सुचारु नहुँदा आर्थिक वर्षको अन्त्यमा गाउँपालिकाका सम्पुर्ण काम सम्पदान गर्न गाह्रो भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिए ।

विभिन्न योजनाका चेक काट्ने काम भए पनि साट्न नपाएको ताँजकोट गाउँपालिका ५ निवासी मदन परियारको भनाइ रहेको छ । इन्टरनेट सेवा बन्द भएसंगै गाउपालिकाको आर्थिक कारोवारको हिसाब मिलान गर्न तथा कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्रतिवेदन नपाएको अधिकृत लालप्रसाद ढकालले बताए । सूत्रमार्फत काम गर्नुपर्ने भएका कारण हालसम्म गाउँपालिकाले खर्च निकाल्न र फ्रिज रकम’bout पनि भन्न नसकिएको उनले बताए ।

नेट नचलेपछि ताँजकोटमा रहेको ग्लोबल आइएमइ बैंकले पनि जम्मा र भुक्तानी लिने दिन काम समेत बन्द गरेको बैंकले जनाएको । ईन्टरनेटले काम नगरेपछि बैंकको आन्तरिक कामकाज समेत प्रभावित भएको र सेवा प्रदान गर्न निकै गाह्रो भएको ग्लोबल आइएमइ बैंक ताँजकोटका पर्ब बुढाले बताए ।

अत्यावश्यक भुक्तानी र अन्य काम गर्न अहिले उक्त गाउपालिकाका स्थानिय सेवाग्रहीहरु एक दिन पैदल हिँडेर छिमेकी गाउपालिका अदानचुलमिा रहेको बैकको शाखाबाट काम गर्ने गरेको सेवाग्रही मदन परियारले बताए । सदरमुकामदेखि ४ दिन पैदल बाटो टाढा रहेको उक्त पालिकाका स्थानिय बासीहरले अहिले प्रत्येक्ष मर्कामा परेका भए पनि सम्बन्धित निकायाले ध्यान नदिएको स्थानिय बासीले आरोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित