Friday, September 24, 2021
Your Ads Here
HomeNot-to-be-missedधुर्मुसले बनाए ‘म त मर्छु कि क्या हो ?’

धुर्मुसले बनाए ‘म त मर्छु कि क्या हो ?’

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । विगत १७ महिनादेखि नेपालमा कोरोना संक्रमणको महामारी जारी छ । सिनेमा हल बन्द छन् । यो क्रममा नेपाली चलचित्र उद्योग ठप्पजस्तै छ । तर, केही चलचित्रकर्मीले चलचित्र निर्माणलाई सामाजिक दूरी कायम गर्दै निरन्तरता दिएका छन् ।

यसैबीच हास्य अभिनेता तथा सामाजिक अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र अभिनेत्री कुञ्जना घिमिरे (सुुन्तली)ले नयाँ चलचित्र ‘म त मर्छु कि क्या हो ?’ निर्माण गरेका छन् । चलचित्रका निर्देशक पनि धुर्मस सुन्तली जोडी नै हुन् ।

यी दम्पतीले धुर्मुस–सुन्तली प्रोडक्सनको ब्यानरमा चलचित्र ‘म त मर्छु कि क्या हो ?’ को निर्माण गरेका हुन् । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको बेला धुर्मुस सुन्तलीले चलचित्र निर्माण गरेनन् भन्ने आरोप थियो । यो आरोपलाई चिर्न पनि आफूहरूले सामाजिक सन्देशमूलक यो चलचित्र निर्माण गरेको सीतारामले बताएका छन् ।

मेरी बास्सै हास्य शृंखलाबाट धुर्मुस सुन्तलीको रूपमा स्थापित भएका यी जोडीले त्यो चलचित्रलाई यतिबेला यो चलचित्रमा प्रयोग गरेका छन् । यसमा सीताराम र कुञ्जना धुर्मुस र सुन्तलीको भूमिकामा देखिएका छन् । दर्शकको चाहनाअनुसार आफूहरू यसमा फेरि धुमुर्स सुन्तलीकै रूपमा प्रस्तुत भएको पनि सीतारामले बताएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सन्दिपको ओडिआई बरियतामा सुधार

सीतारामका अनुसार यो चलचित्रले कमेडी, प्रेम र सामाजिक कथालाई उठान गरेको छ । चलचित्रलाई समय मिलाएर सार्वजनिक गरिने पनि उनको कथन छ । रंगशाला बनाउने कार्यमा बाधा नपुगोस् भनेर यो चलचित्रको चितवनका अधिकांश लोकेसनमा छायांकन गरिएको छ ।

यसैबीच चलचित्र ‘म त मर्छु कि क्या हो ?’ को ट्रेलर सार्वजनिक गरिएको छ । विगतमा नै छायांकन गरिएको यो चलचित्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको पनि सीतारामले बताएका छन् ।

यो चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापाको अभिनय छ ।

सुबिहानी फिल्मस्को प्रस्तुतिमा तयार यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन । यो चलचित्रमा सीताराम र कुञ्जनाको कथा रहेको छ । चलचित्रमा पटकथा तथा संवाद पनि यी दम्पतीले नै तयार गरेका हुन् । यो चलचित्रमा राजेन्द्र बजगाईंको संगीत, सुदीप बरालको छायांकन, मिलन श्रेष्ठको सम्पादन, स्वेत्ना योञ्जनको कोरियोग्राफी रहेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 91 times, 1 visits today)

आजको समाचार

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

  सप्तरी । राजविराज । कोरोना संक्रमण बढेपछि डेड वर्ष अघि भारतीय सिमा संग जोडिएको सबै नाका बन्द गरिएको थियो । जोखिम घटदै गएपछि सरकारले...

कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौं । संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

साताका लोकप्रिय समाचार

‘अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ, फर्किनुको विकल्प छैन’ : योगेश भट्टराई

  पोखरा । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरु एमालेमै फर्किने दावी गरेका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले...

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

काठमाडाैं ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...

कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ

  काठमाडौ । प्रमुख प्रतीपक्षी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि १ सय बढि कर्मचारीलाई पक्राउ गरेको छ । नेकपा...

विश्वकर्मा बाबाको मन्दिर उद्घाटन सम्पन्न

  चितवन । भरतपुर महानगरपालिका वडा नं. १७ गोब्रेनीमा शनिवार आयोजित एक कार्यक्रममा विच विश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ । भरतपुर महानगर पालिका वडा अध्यक्ष...

ट्रेन्डिङ

भाद्र महिना र विभेद उन्मूलन

पृथ्वीनारायण शाहका पालादेखि चल्दै आएका नियम, कानुन तथा परम्परालाई लिपिबद्ध रूपमा परिमार्जन रूपमा जंगबहादुरको पाला वा २०१० सालदेखि नेपाली समाजले पाएको थियो । त्यसैलाई...

कोरोना सङ्क्रमण : ‘थप सतर्कता अपनाऔँ’

काठमाडौँ । पछिल्ला हरेक दिनमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहँदा आम नागरिकमा यसको डर हराउँदै गएकोे छ । गत माघ महिनामा नेपालमा एकजना पुरुषमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)