अम्कोटबासीको प्रश्न– गाउँ छाडेर कहाँ जाउँ ?

अम्कोटका महिलाहरु पहिरोले बचाएको खेतको धान, गाईभैसीका लागि काट्न जाँदै ।

बाजुरा । बुढीगंगा नगरपालिका १ अम्कोटका ११३ परिवार पहिरोको उच्च जोखिमका छन् । पानी परेको दिन गाउँका सबै एकै ठाउँमा जम्मा भएर रातभरि जागाराम बस्छन् भने पानी नपरेको दिन मात्र सुत्छन् । अम्कोट पहिरोले उनीहरुको कमाई खाने जमिन बगाएको मात्र छैन, बाचेको चिरा चिरा परेको छ । घरहरुका ढोका राम्रोसँग मिल्दैनन् । खानेपानीका मुहान कता पुरियो थाहा छैन, खोलाको दुषित पानी खानु परेको छ । विजुली बत्ति छैन, अध्यारोमा बस्न बाध्य भएका छन् । यति समस्या हुँदा हुदै पनि सरोकार राख्ने निकाय मौन रहेको उनीहरुको भनाई छ ।

बुढीगंगा नगरपालिका १ अम्कोटकी राजुदेवि उपाध्यायको परिवार बढी जसो भारतमै हुन्थे । तर कोरोनाका कारण घरमा आएको दुई वर्ष भयो । साथमा ५ छोरी छन् । श्रीमान मजदुरी शिलशिलामा भारतमै छन् ।छोरी र आफु मरेपनि १छोरालाई अम्कोटको पहिरोबाट बचाउन माउली घरमा राखिएको छ ।

उनको दैनिकि भने अम्कोट पहिरोले बचाएको धान काट्दै वितिरहेको छ । उनले भनिन् ‘हाम्रो गाउँका ११३ परिवार बर्खामा सधैं अनिँदो बस्छौं,’ स्थानीय ‘गाउँ छाडेर अन्त जाउँ भने कहाँ जाउँ ? बस्ती जोखिममा छ बचाइ दिनुप¥यो भन्दा सरकार सुन्दैन ।’ उनले गाउँमा रातीको समयमा पालैपालो पहिरोको पहरा दिने र दिनमा पहिरोले बाचेको धान काट्दै गोरुलाई खवाउने गरेको बताइन् ।

उपाध्यायको जस्तै निर्मला खत्रीको बढीजसो बसाई भारतमै हुन्थ्यो । कोरोनाकै कारण घर आउनु पर्यो । घर आउनेवित्तिकै उनले आफ्नो बाँझो खेतीमा काम गर्न सुरु गरिन् । आएकै वर्ष उनको सबै लगाएको खेती अम्कोटको पहिरोले बगाई दियो । त्यसपछि अहिले ज्यानको सुरक्षा गरीदिन सबै ठाउँ धाउदा पनि मागको सुनुवाई नभएको उनको भनाई छ ।

पहिरो यो वर्षको होईन, अम्कोटमा पहिरो बग्न लागेको साफेमार्तडी सडक खण्ड निर्माण गर्दा देखिको नै हो तर यो वर्ष भने सडक भन्दा माथि घरसम्मै पुगेको छ । अम्कोटकै हिरा पाध्यायको घर पोहोरकै बर्खाको पहिरोले बग्यो । ‘पोहोर त तीन महिनासम्म ताल परेको हो । ताल फुटेर सडक र पुलहरू बगाएको थियो । यो वर्ष त पहिरो आँखाले हेर्न नभ्याइने गरी फैलिइसक्यो,’ उनले भने । यति हुदा पनि पुनः स्थापना गर्छौ भन्ने आश्वासन दिईएको थियो तर आजम्म माग पुरा नभएको उनले बताए ।‘मान्छे नमर्दासम्म कसैले वास्ता गर्दैनन् । हामी मरेपछि हल्लाखल्ला गरेको के काम ?’ पाध्यायले प्रश्न गरे ।

अम्कोट बासीलाई मात्र सास्ती छैन कि त्यो ठाउँ भएर आवत जावत गर्ने यात्रुलाई झन ज्यानको जोखिम मोलेर हिड्नुपर्ने बाध्यता छ । साफे मार्तडी सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको दुई महिना पुरा भएको छ । यातायातका साधन अम्कोटमा ठप्प छन् । चलेको केही साना सवारी साधान ठाउँ ठाउँमा मनलाग्दो भाडा असुल्ने गरेको सोही नगरपालिकाका मिना विकले बताईन् ।

अम्कोटका ११३ घरधुरीका लागि पुन निर्माणको लागि भनेर खातामा पैसा आएको छ तर त्यहाँको बस्ती नै सार्नु पर्ने हुदा पैसा अपुग छ । जग्गा खरीदको लागि पैसा आएको छैन, ठाउँ सार्न खोजिएको हो । त्यहाँ पुन स्थापना गर्नुपर्ने छ । घर निर्माणका लागि ५ लाख, अस्थाई घर निर्माणका लागि ५० हजार जग्गा खरिदका लागि ३ लाख गरी जम्मा ८ लाख ५० हजार हुनुपर्नेमा घर पुन निर्माण लागि ५ लाख मात्र खातामा आएकाले पक्रिया पुर्याउन नसकिएकोसहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी बताए ।

पैमामा पहिरो झर्न थालेको नौ वर्ष भयो । पहिरोमा बूढीगंगा नदीको वारि अम्कोट र पारि पैमा गाउँतर्फ झन्डै १४ हेक्टर जमिन परिसकेको छ । स्थानीयका अनुसार यी दुई गाउँमा मात्रै तीन सयभन्दा बढी परिवारको बसोबास छ । पहिरोले बडिमालिका नगरपालिकाको अम्कोट र त्रिवेणी नगरपालिकाको पैमा गाउँसम्मै चिरा पारिसकेको छ ।

यहाँ सुक्खायाममा समेत पहिरो खस्ने गरेको छ । जब भयानक आवाजसहित पहिरो खस्छ, पैमा र अम्कोटका स्थानीयको दिनरात त्रासदीमा बित्छ ।

साँफे–मार्तडी सडक खण्डको बार्जुगाडदेखि मार्तडीसम्म दर्जनौं ठाउँमा पहिरो खसेको छ । अम्कोट र द्वारी क्षेत्रमा माथिबाट निरन्तर खस्ने पहिरो र तलबाट बूढीगंगाको कटानले पैदल आवागमन पनि जोखिमपूर्ण बन्दै गएको छ ।

निर्माण सकिएको दुई वर्ष नपुग्दै बाजुरा सडक क्षतविक्षत भएको हो । तीन वर्षअघि झन्डै ७० करोडको लागतमा निर्माण भएको सडक कतिपय ठाउँमा नामोनिसान नै मेटिएको छ । गएको वर्षामा ६ महिना सडक अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा समस्या भएको थियो । यो वर्ष पुरै त झन सडक मात्र होइन अम्कोट गाउँ नै पहिरोमा परिणत हुने अवस्थामा छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कुपन्डोलको बीच सडकमा कसरी भयो यो दुर्घटना

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बूढीगंगा मतगणना अपडेट : ५० प्रतिशत मत गन्दा एमालेलाई दोब्बर अग्रता