दाहालको भ्याकेट निवेदनमा विपक्षीलाई सूचना दिने आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएर एमाले प्रवेश गरेका जनप्रतिनिधिको पुनर्बहाली गर्ने आफ्नै अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेको छ । साथै अदालतले विपक्षी बनाएका जनप्रतिनिधिलाई जानकारी दिन आदेश दिएको छ ।

नेकपा विभाजनपछि एमालेतर्फ लागेका जनप्रतिनिधिको पुनर्बहाली गर्ने अन्तरिम आदेश खारेजीको माग गर्दैे माओवादी केन्द्रका अध्यक्ष दाहालले भ्याकेट निवेदन दर्ता गरेका थिए ।

बिहिबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको पूर्ण इजलासले प्रचण्डले दायर गरेको भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश खारेज गर्ने अश्वीकार गरिएको हो । सर्वोच्चले अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेसँगै माओवादीबाट एमाले प्रवेश गरेका जनप्रतिनिधीको पद कायम रहनेछ ।

अदालतले प्रचण्डले विपक्षी बनाएका २१ जना जनप्रतिनिधिलाई मुद्दाको सूचना दिने आदेश गरेको छ । सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमाले रोजेका विभिन्न जिल्लाका मेयर, उपमेयर, गाउँपालिकाका पदाधिकारीहरूलाई माओवादी केन्द्रले कारवाही गरी निर्वाचन आयोगबाट पदमुक्त गराएको थियो ।

माओवादी केन्द्रले पदमुक्त गराएपछि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पुनर्बहाली भएका थिए । उनीहरुलाई पार्टीको अनुशासन उल्लंघन गरेको र दल त्याग गरेको भन्दै कारबाही गरिएकाले अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै प्रचण्ड अदालत पुगेका थिए । अदालतले अब दुबै पक्षको कुरा सुन्दै अन्तरिम आदेश खारेज गर्ने या नगर्ने भन्ने विषयमा विचार गर्नेछ ।

यी हुन् माओवादीबाट एमाले प्रवेश गरेका जनप्रतिनिधि
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरीयाका मेयर सियराम कुशवाहलगायत वडाध्यक्षदेखि मेयरसम्मका १४ जना जनप्रतिनिधि माओवादी छाडेर एमाले भएका थिए ।

त्यस्तै रौतहटको देवाही गोनाही नगरपालिका उपप्रमुख परनीया देवी, मैलापुर नगरपालिकाका उपप्रमुख गौरिशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाका उपप्रमुख कान्ति देवी, रौतहटकै माधवनारायण नगरपालिकाका उपप्रमुख सिमल कुमारी शाह, रौतहट यमुनामाई नगरपालिकाका उपाध्यक्ष गितादेवी साह, महोत्तरी साम्सी गाउँपालिका अध्यक्ष शेष फारुक, कैलाली भजनी नगरपालिकाका उपप्रमुख छाँयादेवी देवकोटा लगायतका जनप्रतिनिधि माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

epaper

ताजा समाचार

बिहे गर्न गोरखा जान्छुः गृहमन्त्री गुरुङ