प्रतिष्ठानको कारबाहीविरुद्ध ‘बहिष्कार’ गीत बनाए दुर्गेशले

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सो संस्थाको साधारण सदस्यसमेत नरहनेगरी हटाएपछि गायक दुर्गेश थापाले सो निर्णयविरुद्ध ‘बहिष्कार’ गीत ल्याउन लागेको छन् ।

थापाले दुई साताअघि नयाँ तीज भाका बिच्च बिच्चमा–४ ‘ख्यास्स पुतली’ बजारमा ल्याएका थिए । यो शीर्षकमा गीत नल्याउन त्योभन्दा अघि नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई आग्रह गरेको थियो । तर प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै दुर्गेशले यो गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

प्रतिष्ठानले यो शब्द अश्लील भएको ठहर गर्दै गीतमा यो शब्द परिवर्तन गर्न लिखित निर्देशन दुर्गेशलाई दिएको थियो । तर दुर्गेशले सो निर्देशन मानेनन् । आफूले अश्लील गीत नल्याएको उनले प्रतिष्ठानले स्पष्टीकरण दिएका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आइतबार बसेको कार्यसमितिको बहुमतले गायक दुर्गेश थापालाई सो प्रतिष्ठानको कलोसूचीमा राखेका छ । साथै उनलाई प्रतिष्ठानको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।

आफूलाई यसरी प्रतिष्ठानले बहिष्कार गर्दै कारबाही नै गरेपछि गायक दुर्गेश थापाले सो कारबाहीको विरुद्ध नयाँ गीत ‘कारबाही’ ल्याउन लागेको बताएका छन् । यसअघि आफूलाई धेरैले होच्याएर गीत गाउन नजान्ने भनेपछि आलुजस्तो गायक भनेर आफ्नै कमजोरी घोषणा गर्दै गीत निकालेका यी गायकको कथन छ । अहिले पनि आफूलाई बहिष्कार गरिएका कारण त्यसको प्रतिक्रिया स्वरमा बहिष्कार गीत निकालेको पनि यी गायकले बताएका छन् । अहिलेको पुस्ताको मागअनुसारको गीत आफुले ल्याउने गरेको र त्यस्तो गीत सबैलाई मन नपर्ने पनि यी गायकको दाबी छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानसँग अनाबस्यक इगो लिनुको सट्टा राम्रो गीत ल्याएर आफ्नो छवि अझ माथि बनाउन गायक दुर्गेश थापालाई सुझाव दिएका छन् । प्रतिष्ठानले लोकदोहोरी भाकालाई विकृत हुनबाट जोगाउन प्रयत्न गरिरहेकाले प्रतिष्ठानको सो निर्णयलाई अन्यथा नलिन पनि सुझाव दिएका छन् ।

आफूलाई प्रतिष्ठानले हटाएको चार दिनभित्रै गायक दुर्गेशले नयाँ गीत ‘बहिष्कार’ रेकर्ड गराएर यो गीतको पोस्टरसमेत बिहीबार सार्वजनिक गरेका छन् । गायक दुर्गेशले बिहीबार फेसबुकमा बहिष्कार शीर्षकको गीतको पोस्टर सार्वजनिक गरेका हुन् ।

गायक दुर्गेश थापालाई ख्यास्स पुतली गीतबाट महिलाको यतिबेला अपमान गरेको आरोप लागेको छ । उनले केटाको मात्र स्वरमा यो गीत ल्याएका हुन् । तीजमा केटाको मात्र स्वरमा तीज गीत गाउनुलाई कतिपयले तीज संस्कृतिको व्यंग्य भनेका छन् । यो गीतमार्फत महिलाको स्वतन्त्रतालाई होच्याएको आरोपक कतिपयले लगाएका छन् । तर त्यो प्रतिक्रियालाई दुर्गेशले स्वीकार गरेका छन् । आफ्नो गीत अश्लील नभएको र समय सान्दर्भिक रहेका यी गायकको दाबी छ । गीत निकाल्ने आफ्नो स्वतन्त्रतामाथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको पदाधिकारीले अंकुश लगाउने काम गरेका कारण बहिष्कार गीत जन्मेको पनि यी गायकको भनाइ छ । यो गीतको भिडियोको छायांकन तयारीमा जुटेका यी गायकले बहिष्कारलाई चाँडै नै बजारमा ल्याउने पनि बताएका छन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार