घुस अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौं । ‘के तपाई ट्राफिक प्रहरीलाई घुष दिई ट्राफिक कारबाहीबाट बच्न खोज्दै हुनुहुन्छ ?’ होसियार ! परिएला है ट्राफिकको फन्दामा, पुगिएला है हिरासतमा !

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारवाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्बाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई शुक्रबार एक कार्यक्रमका बीच पुरस्कृत एव सम्मान गरेको छ ।

सम्मानित हुनेहरु मध्य ९ जना ट्राफिक प्रहरीलाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको छ । यस्तो कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने बिश्वास महाशाखाले गरेको छ ।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ्ग एव निर्देशन दिँदै आएका छौं, फलस्वरुप घुस दिन खोज्ने ४९ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने ३६ जनालाई पुरस्कृत एवम् सम्मान गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 319 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरीको बल्वा नगरपालिकामा हवाई फायर