शम्भु राईको ‘सानु’ सार्वजनिक

काठमाडौं । चर्चित गायक शम्भु राईको नयाँ म्युजिक भिडियो सानु सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक शम्भुलाई स्वरमा गायिक मेलिना राईले साथ दिएकी छन् । गायक शम्भुकै शब्द र संगीत रहेको सो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् ।

भिडियोमा पल शाह र निरञ्जली लामा फिचर्ड छन् । चिठी तिमीलाई, एनी हौ, आँखैमा झलझली जस्ता चर्चित गीत सार्वजनिक गरेका गायक शम्भुका गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् ।

थुप्रै सफल गीतका सर्जक शम्भु राईका गीतहरुमा मौलिकता भेटिन्छन। सार्वजनिक गीत सानुमा पल शाहले लुगा सिउनेको भूमिका गरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?