राष्ट्रसंघ पूर्वमहासचिव क्वेलरको निधन

लिमा।  संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको १ सय वर्षको उमेरमा निधन भएको छ । उनका छोराका अनुसार क्वेलरको निधन पेरुको राजधानी लिमास्थित आफ्नै निवासमा भएको थियो ।

दुई कार्यकाल राष्ट्रसंघको महासचिव भएका क्वेलरले दक्षिण अमेरिका, अफ्रिका, एसिया र मध्यपूर्वका देशमा शान्ति सम्झौता गराउन महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । उनकै कार्यकालमा इरान र इराकबीच झन्डै आठ वर्षको सशस्त्र द्वन्द्व अन्त्य गर्ने उपायस्वरूप दुवै मुलुकबीच सन् १९८८ मा युद्धविराम भएको थियो ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्ति प्रकाशन गरी पूर्वमहासचिव क्वेलरको निधनको खबरबाट आफू अत्यन्त दुःखी भएको बताएका छन् । ‘उहाँ परिपक्व राजनेता, निष्ठावान् कूटनीतिज्ञ हुनुहुन्थ्यो । उहाँले देखाएको बाटो र प्रभाव राष्ट्रसंघमा अद्यापी अनुभव गर्न सकिन्छ,’ गुटेरेसले भनेका छन् ।

पेरुका राष्ट्रपति मार्टिन भिजकाराले ट्वीट गर्दै पूर्वप्रधानमन्त्री क्वेलर प्रतिबद्ध लोकतन्त्रवादी भएको र उनको प्रतिभाका कारण पेरु विश्वभर चिनिएको बताएका छन् । क्वेलरले आफ्नो जीवनकालमा युरोप र दक्षिण अमेरिकाका मुलुकमा रहेका पेरुका दूतावासमा सेवा गर्नुका साथै सन् १९४६ मा राष्ट्रसंघीय महासभामा पेरुको प्रतिनिधिमण्डलमा समावेश थिए ।

राष्ट्रसंघ सुरक्षा परिषद्मा उनको अध्यक्षतामा बसेको बैठकले सन् १९७४ मा टर्की र ग्रिसबीच शान्ति सम्झौता गराएको थियो । त्यसबखत टर्कीले आक्रमण गरी साइप्रसमाथि आधिपत्य जमाएको थियो । सन् १९८१ मा उनी संयुक्त राष्ट्रसंघको पाँचौं महासचिवमा नियुक्त भएका थिए । दक्षिण अमेरिकी क्षेत्रबाट उनी नै पहिलो महासचिव बनेका थिए । यसै अवधिमा अमेरिका र तत्कालीन सोभियत युनियनबीच शीतयुद्ध चरम अवस्थामा पुगेको थियो ।
सन् १९९१ मा दोस्रो कार्यकाल समाप्त हुनुअघि उनको अग्रसरतामा पश्चिम सहारा क्षेत्रमा व्याप्त तनाव समाप्त भएको थियो भने एल साल्भाडोर, क्याम्बोडिया र निकारागुवामा जारी गृहयुद्ध रोकिएको थियो । उनी महासचिव रहेकै दिनमा अफगानिस्तानबाट सोभियत सेना फिर्ता भएको थियो भने दक्षिण अफ्रिकाबाट नामिबियाले स्वतन्त्रता प्राप्त गरेको थियो ।

सन् २००० मा पेरुका राष्ट्रपति फुजिमोरीले राजीनामा दिएपछि पेरेज दि क्वेलरले केही समय पेरुको विदेश मन्त्री र प्रधानमन्त्रीका रूपमा काम गरेका थिए । उनकै नेतृत्वमा चुनाव सम्पन्न भएपछि पेरुको राष्ट्रपतिमा अलेजान्द्रो टोलेडो निर्वाचित भएका थिए । राष्ट्रपति टोलेडोले उनलाई फ्रान्सका लागि पेरुको राजदूतमा नियुक्त गरेका थिए । क्वेलरको शुक्रबार अन्त्यष्टि गरिने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर बन्न २३ जनाको मनोनयन