नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा बाल संगठनलाई सहयोग

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले कारोबार शुभारम्भ गरेको एक वर्ष पूरा गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) लाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले बाल संगठनका महासचिव गणेशभक्त श्रेष्ठलाई सो रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् ।

काठमाडांै महानगरपालिका–१० नयाँ बानेश्वरमा रजिस्टर्ड कार्यालय रहेको बैैंकको हाल अधिकृत पुँजी ४० अर्ब, जारी पुँजी २० अर्ब र चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । बैंकले निकट भविष्यमा सर्वसाधारणलाई सेयर निष्कासन गरी बाँडफाँट गरेपश्चात् चुक्ता पुँजी २० अर्ब पुग्ने बंैकले जनाएको छ ।

जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनामा स्रोत लगानी गर्ने मूल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी त्यस प्रकारका परियोजनालाई आवश्यक पर्ने स्रोत उपलब्ध गराउने लक्ष्य बैंकले लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

कञ्चनपुर र बझाङबाट १४ किलो चरेशसहित ३ जना पक्राउ