विरनदिप र सिकुगे चितवन टाइगर्समा

काठमाडौं । मलेसिया युवा स्टार ब्याट्सम्यान विरनदीप सिंह र श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सिकुगे प्रसन्ना चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटका लागि चितवन टाइगर्समा आबद्ध भएका छन् । मलेसिया कप्तानी भूमिका निर्वाह गरिसकेका विरनदीपले सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्सबाट ईपीएल खेल्ने पक्का भएको हो ।

२२ वर्षीय विरनदीप शीर्षक्रमका ब्याट्सम्यान हुन् । एसोसियट देशमा विरनदीप उदाउँदा स्टार हुन् । विरनदीप विदेशी फ्रेन्चाइज लिग खेल्ने पहिलो मलेसियाली खेलाडी बन्नेछन् । मलेसियाबाट विदेशी फ्रेन्चाइज लिग खेल्ने पहिलो खेलाडी बनेसँगै विरनदीपलाई मलेसिया क्रिकेट एसोसियसनले बधाई दिएको छ । चितवनले विरनदीपसँगै अफगानिस्तानका ओपनर मोहम्मद शाहजाद र पाकिस्तानी अलराउन्डर दानिस अजिजलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ । विकेटकिपर ब्याट्सम्यान समेत रहेका विरनदीपले २५ टी–२० आई खेलमा ६ सय ८४ रन बनाएका छन् । गत वैशाखमा नेपालमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा विरनदीपले नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा ५३ बलमा ६ चौका र ६ छक्कासहित ८७ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए ।

जुन इनिङसँगै उनीमाथि ईपीएल फ्रेन्चाइज टोलीमा नजर गएको थियो । २०१९ जुलाईमा विरनदीपले नेपालविरुद्ध टी–२० आईको पहिलो अर्धशतक बनाउने क्रममा ४९ बलमा ५७ रन जोडेका थिए । विरनदीपले पार्टटाइम स्पिन पनि गर्ने गर्दछन् । ‘सिकुगे प्रसन्ना प्रशस्त क्षमता भएका खेलाडी हुन् । उनको ब्याटिङ र बलिङ दुवैले खेलको नक्सा परिवर्तन गर्न सक्छ । उनी म्याच विजयी खेलाडी हुन् । विश्वभरि खेलेको उनको अनुभवले चितवन टाइगर्सलाई उपाधिका रूपमा अझ बलियो प्रत्यासी बनाएको छ ।

उनको आगमनले हाम्रो टोली अझ बलियो हुनेछ । नेपालका प्रमुख खेलकुद प्रतियोगितामा उनको क्षमतालाई हेर्न हामी प्रतीक्षा गरिरहेका छौं । चितवन टाइगर्सका टिम मालिक किशोर भट्टराईले भने । चितवन टाइगर्सकी अप्रेसन डाइरेक्टर विनिता चौधरीले एउटा एसोसिएट देशकै सदस्य भएकाले सँगै अगाडि बढ्नु र एक अर्काको प्रतिभालाई हेर्नु जिम्मेवारी हुन्छ । टाइगर्सको युवा टोलीमा विरनदिपको पर्खाइमा रहेको बताएकी छन् ।

सटिक लेग स्पिनर सिकुगेसँग श्रीलंकाबाट १ टेस्ट, ४० एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको अनुभव छ । ट्वान्टी–ट्वान्टीका मान्यता प्राप्त सबै गरेर १७० खेलमा उनले १३५ विकेट लिएका छन् । ३६ वर्षे उनले १३८ छक्का र १०७ चौका प्रहार गरिसकेका छन् । सीमित ओभरको खेलमा उनी लामो समयसम्म श्रीलंकाको मुख्य स्पिनरका रूपमा रहे । उनी राम्रो गुगली फाल्न माहिर छन् । उनले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग इंग्ल्यान्डको काउन्टी टोलीबाट ट्वान्टी–ट्वान्टी ब्लास्ट खेलेका छन् । ईपीएल आगमी असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । सोमपाल कामीले चितवनको कप्तानी गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ