धनगढी । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेभन्दा नवगठीत नेकपा एकीकृत समाजवादीको वर्चश्व हुने देखिएको छ । प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ सांसदमध्ये माधव नेपाल निकट अधिकांश नेकपा एकीकृत समाजवादीको पक्षमा छन् । अधिकांश सांसद समाजवादीको पक्षमा भएपछि एमालेले सुदूरपश्चिममा पार्टी विभाजनको धक्का भोग्नुपर्ने देखिएको छ ।
प्रदेश सभामा विगतमा १७ जना नेपाल र सात जना केपी ओली पक्षमा थिए । अहिलेसम्म तीन जनाले मात्र नेपालको साथ छोडेको एक सांसदले बताएका छन् । यद्यपि केही सांसदले कता जाने भन्ने निर्णय गरिनसकेको बताएका छन् । विगतकै विचार समूहलाई निरन्तरता दिएर जानुपर्छ भन्ने पक्षमा धेरै सांसदको मत रहेको एकीकृत समाजवादीमा लागेका सांसद अमर साउदले बताए । ‘विगतमा हामी प्रतिगमनका विरुद्ध एक ठाउँमा थियौँ । त्यो एकता कायम राखेर जानुपर्छ भन्ने धेरै माननीयको मत छ ।’ साउदले भने, ‘एकाधबाहेक सबै एक ठाउँमा रहने’bout छलफल गरिरहेका छौँ ।’
नेपाल समूहकै प्रभावशाली नेता भीम रावलको संसदीय दलमा बलियो प्रभाव थियो । रावलको नेतृत्वमा नेपाल समूहका सांसदहरु गोलवद्ध थिए । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने पार्टीको निर्णय उल्लंघन गर्दै रावलकै अगुवाइमा नेपाल पक्षका १७ जनाले विश्वासको मत दिएका थिए । तर नेपालको साथ छोडेपछि रावल कमजोर देखिएका छन् । निकट सांसदले साथ छोड्न थालेपछि प्रदेशमा रावल एक्लिएको विश्लेषण गर्न थालिएको छ ।
रावलका विश्वासपात्र पूर्वमन्त्री माया भट्टले नेपाललाई साथ दिएकी छन् । रावल निकट एमाले कैलालीका अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी पनि नेपालतिरै लागेका छन् । यहाँका एमाले राजनीतिमा प्रभाव राख्ने सोडारी केही सांसदलाई आफूसँगै लैजाने क्षमता राख्छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी पनि नयाँ पार्टीमा लागेकी छन् ।
भट्ट र जोशी एमाले समाजवादीको केन्द्रीय सदस्य बनेका छन् । भट्ट बैतडी र जोशी डोटीबाट समानुपातिक सांसद हुन् । पूर्वमन्त्री कृष्णराज सुवेदी समाजवादीमै लाग्ने पक्षमा छन् । रावलकै पहलमा सुवेदी यसअघि सामाजिक विकास मन्त्री बनेका थिए । एमाले कञ्चनपुरका अध्यक्षसमेत रहेका तारा लामा तामाङ समाजवादीमा लागेका छन् । ‘हामी अहिलेसम्म माधव नेपाल टीमकै मान्छे हो । कता जाने भनेर अरु साथीहरुसँग पनि सामूहिक छलफल गर्छौँ’ तामाङले भने ।
रावलको गृहजिल्ला अछामका बलबहादुर सोडारी पनि नयाँ पार्टीमा खुलेका छन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चनपुरका लालबहादुर खड्का, अछामका एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गा कामी, कैलालीका सुशीला बुढाथोकी, कञ्चनपुरका कुलबीर चौधरी पनि नेपाल नेतृत्वको समाजवादीको पक्षमा उभिएका छन ।
‘विगतमा केपी ओलीले गरेको प्रतिगमनकाविरुद्ध एक भएर दृढतापूर्वक लडेकाहरु एकै ठाउँमा हुनुपर्ने आवाज बलियो रहेको छ,’ प्रमुख सचेतक कामीले भनिन्, ‘सबैसँग सल्लाह गरेर नवगठीत समाजवादीमा आबद्ध भएको हुँ ।’
प्रदेश सरकारमा एमालेबाट चार मन्त्री र तीन राज्यमन्त्री छन् । उनीहरु सबै विगतमा नेपाल निकट हुन् । तीमध्ये एमाले केन्द्रीय सदस्यसमेत रहेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले आफू एमालेमै रहने बताइसकेका छन् ।
यस्तै अछामका हर्कबहादुर कुँवर, पूर्वमन्त्री प्रकाश रावलले भीम रावललाई साथ दिने बताइएको छ । कुँवर रावलका भिनाजु नाता पर्छन् । आफ्नो पक्षमा केही सांसद थपिने यो समूहका नेताहरुको दावी छ । शाह र कुँवर रावलको पक्षमा खुलिसकेका छन् भने पूर्वमन्त्री रावल अहिले तटस्थ देखिएका छन् ।
ओली निकट प्रदेश सभा सदस्य पठानसिंह बोहराले एमालेका धेरै सांसद पार्टी विभाजनको विपक्षमा रहेको दावी गरे । उनले केही दिनमै को कता जाने भन्ने एकीन हुने बताए । अन्य १४ जना नेपालको पक्षमा लागेको अवस्थामा भने एकीकृत समाजवादी प्रदेश सभामा सबैभन्दा ठूलो दल बन्ने छ । हाल ५२ सदस्य रहेको प्रदेश सभामा माओवादीका १३, काँग्रेसका १२ र जसपाका दुई सांसद