ओलीलाई ठग करार गर्दै दाहाल

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टी नेतृत्वबाट विदा हुन चाहेको बताएका छन् ।

माओवादी केन्द्र निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) को राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष दाहालले उमेरका हिसाबले आफू ७० वर्ष नजिक पुगिसकेकाले अब युवापंक्ति पार्टी नेतृत्व लिनका लागि तयार हुनुपर्ने बताए ।

‘उमेरका हिसावले हामी ७० वर्ष आसपासमा छौँ । संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षालाई अघि बढाउने जिम्मा अब तपाईंहरुको हो । तर तपाईहरु नेतृत्व लिन तयार नभएसम्म छाड्न मिल्दैन,’ दाहालले भने, ‘पार्टीको नेतृत्व गर्नुस् भनेर भन्दा आजको आजै वा भोलि नै नेतृत्व छोडनु भनेको होइन, तपाईंहरु तयार भएपछि नेतृत्व हस्तानान्तरण हुने हो ।’
दाहालले अब पार्टीको भूमिकाबाट बिदा भएर संस्मरण लेख्ने आफ्नो इच्छा रहेको बताए । एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै निरकुंशता र प्रतिगमनकारी शक्तिलाई परास्त गरेरै मुलुक नयाँ मोडबाट अघि बढेको उनले बताए । तर अझै पनि प्रतिक्रियावादी शक्तिहरुले पाँच दलिय गठबन्धनलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको उनको आरोप थियो ।

ओलीले संसद विघटन गरेर संविधान र लोकतन्त्रको लागि घात गरेको दाहालको आरोप छ । ओलीले पार्टी एकताको नाममा ठगी धन्दा चलाएको आरोप समेत उनले लगाए । अध्यक्ष दाहालले पार्टी एक हुँदा विभिन्न वहानामा ओलीले ठगी धन्दा चलाएको आरोपसमेत लगाए ।

‘माओवादी जनयुद्धले नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मुख्य भूमिका खेलेको र नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायमा राजनीतिक जागरण ल्याउनमा माओवादी आन्दोलनले भूमिका खेलेको छ भन्नेमा केपीदे दस्तखत गरेका छन्,’ दाहालले भने ।

अध्यक्ष पालो–पालो, प्रधानमन्त्री पालो–पालो भन्नेमा पनि सही ओलीले गरेको बताउँदै अध्यक्ष दाहालले भने, ‘त्यो त ओलीले प्रधानमन्त्री पाउनका लागि ठगी धन्दा चलाएका रहेछन् । तमसुकमा दस्तखत गरेपछि त होला नि भन्ने लागेको थियो । तमसुक हेरेर बसिएको थियो, उनले प्रधानमन्त्री पड्काए । त्यो उनको ठगी धन्दा रहेछ ।’

प्रधानमन्त्री हुँदा ओलीले ‘भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भनेर उल्टै भ्रष्टाचारलाई प्रसय दिने काम गरेको अध्यक्ष दाहालको आरोप थियो । अध्यक्ष दहालले भने, ‘ओलीले भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भनेर प्रचार गरे । भ्रष्टाचार गर्नेहरुलाई प्रसय दिने काम गरे । पछि थाहा भयो, ‘भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्नुको मतलव त भ्रष्टाचारलाई छोप्ने, लेवल लगाउने काम पो गरेका रहेछन् ।’

ओली प्रवृत्तिका कारण कम्युनिष्ट आन्दोलनमा ठूलो धक्का लागेको भन्दै दाहालले त्यसका विरुद्ध संघर्ष जारी नै रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर र उपमेयरमा सत्ता गठबन्धनको अग्रता