पलेशा पहिलो खेलबाटै आउट

टोकियो । जापानको टोकियोमा जारी पारा ओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गन्र्धव पहिलो खेलमै पराजित भएकी छिन् । पारा तेक्वान्दोको आज शुक्रबार बिहान भएको खेलमा महिला के–४४ विधाको ५८ केजी तौल समूहमा पलेशा बेलायती खेलाडी बेथ मुन्रोसँग पराजित भइन् । पलेशाले २१–८ ले खेल हारेकि हुन् ।

प्रतियोगितामा पलेशाको दसौं र बेथको सातौं वरियता थियो । ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेको तौल समूहमा ५ खेलाडीले भने सिधै क्वाटरफाइनलमा प्रवेश पाएका थिए ।

टोकियो पारा ओलम्पिकमा सहभागि हुने पलेशा नेपालको एक मात्र खेलाडी हुन् । पलेशाले यसअघि एसियन च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् भने विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन् ।

 

 

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हुम्लीको पीडाः चार किलो चामल लिन पनि नागरिकता अनिवार्य

कुरी-कुरी