नेपालको हित विपरित भए एमसीसी स्वीकार्न सकिदैन : अध्यक्ष नेपाल

 

नेपालगन्ज । एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन् । सैन्य गतिविधिबारे प्रष्ट पारे मात्र एमसीसीमा छलफल गर्न सकिने उनको भनाइ छ ।

युवा संघको लुम्विनी प्रदेश भेलालाई नेपालगञ्न्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको हित विपरीत हुने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताए ।

‘एमसीसीमा भएका बुँदाहरू प्रष्ट हुनुपर्छ । मैले परियोजनाकी उपाध्यक्ष फातिमा सुमारलाई पनि त्यही सुझाव दिएको छु । नेपालको स्वाभिमान कायम हुने गरी जवाफ आए मात्र त्यस विषयमा छलफल गर्न सकिन्छ’, नेपालले भने ।

नेपालले एमालेमा कम्युनिस्टको गुण नरहेको समेत टिप्पणी गरेका छन् । उनले एमालेलाई केपी ओलीले निजी कम्पनी जस्तो बनाएकाले बाध्य भएर आफूले विभाजनको बाटो रोज्नु परेको बताए ।

एकीकृत समाजवादीको गठनले एमालेमा नयाँ तरंग पैदा भएको उनको दाबी छ । ‘एमालेले प्रतिनिधि सभामा गरेको हर्कत गलत छ । संवैधानिक अंग र सभामुखको मानर्दन गर्ने कार्य निन्दनीय छ । यसले ओलीलाई पतनको बाटोमा लग्ने छ’, नेता नेपालले भने ।

आफूहरू माओवादीमा विलय हुने भन्ने हल्ला भ्रम मात्रै भएको उनले बताए । आगामी निर्वाचनमा गठबन्धन भने गरेर अगाडि बढ्ने उनले बताए ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

चापागाउँका अग्रणी कुची
लाश पाइन्छ कि भन्ने आशमा (फोटोफिचर)
सेयर बजारमा उत्साह सातामा ५ अर्बको कारोबार
चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार
आजदेखी धरानमा पनि कोरोना भाईरसको परीक्षण हुने
कोरोना संक्रमण रोकथाममा होमियोप्याथी

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी