भक्तपुर । नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले माधब नेपाल जस्तो गद्दार कोही पनि नभएको बताएका छन् ।
भक्तपुरबाट नै पहिलो महिला मन्त्री बनेकी सरस्वती बाटीलाई स्वागत एवं बधाई ज्ञापन गर्दै बोल्दै उनले माधव नेपाल जस्तो नेकपा एमालेको गद्दार अरु कोही नभएको बताएका हुन् ।
नेकपा एमालेलाई खरानी बनाउन विदेशी दलालहरुको साथमा पार्टी फुटाएको उनले आरोप लगाए । राजनीतिक शव्दावलीमा आफ्नो पार्टीको विरुद्धमा लाग्नेलाई गद्दार भनिन्छ भनेर भन्दै उनले गद्दारसंग सति जान नसकिने बताए ।
उपाध्यक्ष बामदेवले विभाजनपछि दिएको राजिनामा देख्दा अचम्म लागेको समेत बताए । एमालेको सबै तहबाट राजिनामा दिएका बामदेबले राष्ट्रियसभाबाट भने किन राजिनामा नदिएको भनेर प्रश्न गरे ।
जनमत नपाएका बामदेवले पाँच वर्ष पनि कुर्न नसकेर षडयन्त्र पूर्वका राष्ट्रियसभामा आएको उनको भनाई थियो । ‘बामदेब जस्ता कुबुद्दी र लोभिपापी चिन्तन भएकालाई पनि नेता मान्नु थियो राजिनामा दिए, ढुक्क भयो कुुच्चोले बडार्नु पर्ने कँसेर हवाले उडाएर लग्यो ।’ उनले भने ।






