कम्युनिस्ट घोषणापत्रको सान्दर्भिकता र समाजवादी क्रान्ति

 

सेप्टेम्बर १५ तारिख नेपाल कम्युनिस्ट आन्दोलनको इतिहासमा ऐतिहासिक दिन हो । आजभन्दा ७२ वर्ष अगाडि अर्थात् सन् १९४९ सेप्टेम्बर १५ नेपाली सम्वत् २००६ असोज ३० गतेका दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलालले नेपाल कम्यनिस्ट पार्टीको प्रथम घोषणापत्र जारी गर्नुभएको थियो । त्यस अर्थमा नेपालको कम्युनिस्ट आन्दोलनमा सेप्टेम्बर १५ तारिख ऐतिहासिक दिन हो । यही घोषणापत्रले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशाबोध र क्रान्तिकारी मोड प्रदान गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा भएको थियो । पार्टी स्थापना हुँदा पुष्पलाल महासचिव र सदस्यहरूमा नरबहादुर कर्माचार्य, नारायण विलाश जोशी, निरन्जन गोविन्द वैद्य र मोती देवी हुनुहुन्थ्यो । यसरी पार्टी स्थापना २२ अप्रिलका दिन भएको घोषणा भए पनि त्यतिखेर कुनै आधिकारिक दस्ताबेज सार्वजनिक गरिएको थिएन । पार्टी स्थापना भएको दोस्रो दिन अर्थात् अप्रिल २४, १९४९ मा पुष्पलालले एक पर्चा प्रकाशन गर्नुभएको थियो । यो नै नेपाल कम्युनिस्ट पार्टीको पहिलो डकुमेन्ट हो । यो पर्चा ‘नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ’को शीर्षकबाट प्रकाशित भएको थियो । पर्चामा राणाशाहीले आफ्नो सत्ता लम्याउन २००५ सालमा विधान कानुनमार्फत जारी गरेको सुधारको घोषणा केवल नागरिक झुक्याउने चालबाजी मात्र हो । तसर्थ नागरिक स्वतन्त्रताका लागि राणासँग सम्झौता होइन, क्रान्ति १ क्रान्ति ११ क्रान्ति १११ भन्ने मूल नाराका साथ समाजवादको लक्ष्यका साथ अगाडि बढ्न आह्वान गरिएको थियो ।

सामन्तवादी प्रथा र साम्राज्यवादी पुँजीवादको जुवालाई उखेलेर फ्याँक्ने संघर्षमा क्रान्तिकोे अंग्रेजका कार्य ऐतिहासिक तवरले मजदुर वर्गले नै गर्नुपर्छ

यो अपिल मूलतः भावनात्मक रूपमा कार्यकर्तालाई उत्प्रेरित गर्ने खालको मात्र थियो । पर्चामा जनवादी आन्दोलनलाई जनवादी क्रान्तिको युगमा नेतृत्व गरी समाजवादमा संक्रमण गर्न उल्लेख भए पनि देशको राजनीतिक, आर्थिक र सामाजिक स्थिति र वर्ग विश्लेषण गरिएको थिएन । त्यसैले त्यसलाई कार्यक्रम नभनी अपिल भनियो । र, पर्चाका रूपमा वितरण गरिएको थियो । पार्टी स्थापना भएपछि पार्टीको वैचारिक लाइनलाई सम्प्रेषण गर्न जरुरी थियो । यसै भएर १५ सेप्टेम्बर १९४९ मा चाहिँ नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको नामबाट विधिवत रूपमा घोषणापत्र जारी भयो र केन्द्रीय समितिको विस्तार पनि भयो । विस्तारित केन्द्रीय समितिमा संस्थापक महासचिव पुष्पलाल र सदस्यहरूमा मनमोहन अधिकारी, तुलसीलाल आमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भारतीय कम्युनिस्ट पार्टीका प्रतिनिधि भाई साहेव भन्ने अयोध्याप्रसाद सिंह हुनुहुन्थ्यो ।

पार्टी केन्द्रीय समितिको विस्तारसँगै १५ सेप्टेम्बरमा जारी गरिएको घोषणापत्रको माथि ‘सिरानमा पहाड पर्वत खोलानाला जग्गा जमिन सबको मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको’ भन्ने मूल नारामा चार भाग छुट्याएर जारी गरिएको थियो र सँगसँगै पार्टीको मुखपत्रमा प्रकाशित गर्ने फैसलाअनुरूप कम्युनिस्ट पाक्षिक प्रचारपत्र प्रकाशित भयो र घोषणापत्रलाई पार्टीको मुख पत्रमा त्यतिखेर साइक्लो स्टाइल गरी प्रकाशित गरिएको थियो ।

घोषणापत्रको पहिलो भागमा, पहिलो र दोस्रो विश्वयुद्धपश्चात् विश्वमा चलेको समाजवादी लहर, मजदुर आन्दोलनको विकास र विश्वमा पुँजीवादको किल्ला भत्कन सुरु भई सोभियत संघमा समाजवादी व्यवस्था स्थापना भएको उल्लेख गरिएको छ र दक्षिण पूर्वी एसियामा पनि संघर्ष र आन्दोलनको सुरुवात भयो । यही लहरमा नेपालमा पनि पार्टी स्थापनापूर्व विराटनगरबाट ठूलो मजदुर आन्दोलनको सुरुवात भएर नेपाल कम्युनिस्ट पार्टीको आधार बन्न पुगेको उल्लेख छ । दोस्रो भागमा, नेपालमा सामान्तवादको उत्थान, अर्थ राजनीति, साम्राज्यवादी हस्तक्षेप र राणा शासनविरुद्ध भएका संघर्ष आन्दोलनबारेमा चर्चा गरिएको छ । तेस्रो भागमा, दोस्रो विश्वयुद्धपछि विश्व दुई ध्रुवमा विभाजित भएको उल्लेख छ ।

जसमा, पहिलो ( साम्राज्यवादी प्रक्रियावादी र युद्धवादी गुटमा यसको नेतृत्व अंग्रेज–अमेरिकनले गरेको छ । यसको मुख्य उद्देश्य नै अंग्रेज अमेरिकन एकाधिकार पुँजीको रक्षा गर्नु हो भनी उल्लेख छ । यस्तै दोस्रोमा, साम्राज्यवादी विरोधी, जनवादी र क्रान्तिकारी रहेका छन् भनी उल्लेख गरिएको छ । यस्तै, मजदुर वर्गको भूमिकाबारे यसरी उल्लेख गरिएको छ ।’ सामन्तवादी प्रथा र साम्राज्यवादी पुँजीवादको जुवालाई उखेलेर फ्याँक्ने संघर्षमा क्रान्तिको अंग्रेजको कार्य ऐतिहासिक तवरले मजदुर वर्गले नै गर्नुपर्छ । नेपालमा बढ्दो वर्ग संघर्ष, द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले मात्र क्रान्तिकारीहरूले सही रणनीति तयार गर्न र माक्र्स, एंगेल्स, लेलिन तथा स्टालिनले बोकेको नहारिने झन्डामुनि यस संघर्षलाई संगठित गरी विजयी बनाउन सक्नेछन् ।

यस्तै, अध्याय चारमा, नेपाल कम्युनिस्ट पार्टीको जनवादी कार्यक्रमका रूपमा बाह्र वटा कार्यक्रम बुँदामा उल्लेख गरिएको छ जसमा पहिलो, सामन्तवादी निरंकुश राज्यसत्ता र विदेशी शोषणको जुवालाई एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रूपले स्वतन्त्र गराउने, दोस्रो मजदुर, पसिना चुहाउने किसान र शोषित तथा दलित निम्न मध्यम वर्गलाई प्रतिनिधित्व गर्ने एउटा प्रजातान्त्रिक सरकारको जग बसाउने जसले अंग्रेज अमेरिकी साम्राज्यवाद र त्यसका भारतीय पिछलग्गुहरू सितको सहयोगको विरोध गर्छ र शान्तिका निम्ति लडिरहेका प्रजातान्त्रिक राष्ट्रहरूसँग सम्बन्ध कायम गर्ने उल्लेख छ । तेस्रो, बालिग मताधिकारमा आधारित संविधान, जसले सर्वसाधारणलाई पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र र आधारभूत आर्थिक अधिकारको ग्यारेन्टी गर्ने, बालिग मताधिकारको आधारमा विधान बनाउने, विशेषाधिकार र जातपात, नस्ल र जातिको आधारमा गरिने भेदभाव कानुनद्वारा अन्त्य गरिने र यसको उल्लंघनलाई कानुनद्वारा दण्डनीय बनाउने उल्लेख छ । चौथो, बिनामुआब्जा जमिनदारी प्रथा र सबै खालको सामन्ती शोषणको उन्मुलन र जोताहाहरूलाई जमिनको वितरण ग्रामीण ऋणको अन्त्य गर्ने र कृषि मजदुरलाई जीवनयोग्य ज्याला प्रदान गरिनेछ । पाँचांै, बैंक, औद्योगिक तथा यातायात, व्यवसाय, बाटिका, खानी, आदिमा लगाइएको विदेशी पुँजी राज्यद्वारा जफत गर्ने र ती व्यवसायहरूको राष्ट्रियकरण गर्ने उल्लेख छ ।

देशमा गणतन्त्र आए पनि जनताको जीवन स्तरमा वृद्धि गर्ने, फलदायी रोजगारीका अवसर सिर्जना गर्ने र आय असमानता हटाउने गरी ठोस नीति कार्यक्रम अझै तय हुन सकेको छैन

छैठौं, ठूला ठूला उद्योगहरू, ठूला बैंकहरू र बिमा कम्पनीको राष्ट्रियकरण गर्ने, संस्थामा मजदुरमाथि नियन्त्रण अन्त्य गरिने कुराको ग्यारेन्टी दिने र दिनमा ८ घण्टाको कार्यदिवस लागू गर्ने, सातांै रणनीतिक महत्वका उद्योगमा ठूला ठूला पुँजीपतिलाई हटाउने र मुलुकको आर्थिक विकास र समृद्धिका लागि आर्थिक योजना बनाउने, आठौं जनविरोधी सवै दमनकारी ऐन कानुन खारेजी गर्ने, नवौं नोकरशाहीको उन्मुलन र निर्वाचित अधिकारीसहितको र जनसमितिद्वारा निर्देशित प्रशासन, १०औं जनतालाई सशस्त्र पार्ने र जनताको जनवादी सेना स्थापना गर्ने, ११औं स्वतन्त्र शिक्षा र अनिवार्य प्राथमिक शिक्षा प्राप्त गर्ने अधिकार र १२आंै महिलाहरूलाई सम्मान र प्रजातान्त्रिक अधिकार सुनिश्चित गरिनेछ भनी उल्लेख गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७२ वर्ष व्यतीत भएको छ । पार्टीको प्रथम घोषणापत्रकै आधारमा २००८ साल असोजमा भएको प्रथम सम्मेलनमा पार्टीको नयाँ जनवादी कार्यक्रम राजनीतिक प्रतिवेदनका रूपमा प्रस्तुत गरिएको थियो । घोषणा पत्रले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी दिशालाई दिशाबोध गरेको छ । घोषणापत्रमा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणका साथ नेपालको आर्थिक (सामाजिक अवस्थाको विश्लेषण गरेर नेपाली समाज अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेको निष्कर्ष निकालिएको थियो । नेपाली समाजको चरित्रको आधारमा कम्युनिस्ट आन्दोलनले जनवादी क्रान्ति गर्ने जुन कार्यदिशा अगाडि बढाएको थियो । २०६२/६३ मा आइपुग्दा नेपालमा पुँजीवादी जनवादी राजनीतिक क्रान्ति सम्पन्न भएको छ ।

यस पुँजीवादी क्रान्तिबाट सामन्तवादको राजनीतिक एवं शासकीय हिसाबले अन्त्य भएको छ र जनताबाट निर्वाचित संविधान सभामार्फत बनेको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत भएको छ । यस्तै, पुष्पलालले विश्लेषण गरेको अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थाको नेपाली समाजमा राजनीतिक, आर्थिक सामाजिक रूपमा परिवर्तन भएर यतिखेर नेपाली समाज पुँजीवादी चरणमा प्रवेश गरेको छ ।

यो पुँजीवादी चरणमा प्रवेश सँगसँगै नेपाली अर्थ राजनीतिमा दलाल पुँजीवाद हावी भएको छ । यो दलाल पुँजीवादले नै मुलुकमा राष्ट्रिय पुँजी निर्माण, स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा व्यवधान उत्पन्न गरेको छ । क्रान्तिका दुई चरणअन्तर्गत पहिलो पुँजीवादी क्रान्ति र दोस्रो समाजवादी क्रान्ति गरेर नै समाजवाद स्थापना हुन्छ । रुसमा पनि फरवरी क्रान्तिपछि लेनिनको अगुवाइमा समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भएको थियोे जसलाई अक्टोबरक्रान्ति भनेर चिनिन्छ । यहीँ अक्टोबर क्रान्तिको सफलताको जगमा रुसमा समाजवाद स्थापना भएको घोषणा गरिएको थियोे । नेपालमा पनि पुँजीवादी क्रान्तिपछि अब नेपालको आर्थिक विकासको बाधक बनेको दलाल पुंजीवादविरुद्ध संघर्ष र रूपान्तरण गरेर राष्ट्रिय पुंजीको निर्माण गरी समाजवादी आर्थिक कार्यक्रम लागू गरेर जान जरुरी छ ।

अतः अबको नेपाली क्रान्तिको दोस्रो चरण (समाजवादी क्रान्तिको चरणका लागि समाजवादी नीति र कार्यक्रम तय गरेर समाजवादी क्रान्तिको यात्रा तय गर्न जरुरी छ । पुँजीवादी क्रान्ति भएपछि लगत्तै समाजवादी क्रान्तिको घोषणा गरेर अगाडि बढन जरुरी थियोे । तर, पुँजीवादी क्रान्तिको उपलब्धिलाई संस्थागत गर्ने संविधान बनाउन नै नौ वर्ष लाग्यो । दुई तिहाइको जनादेश प्राप्त वामपन्थी सरकारलाई पनि स्पष्ट समाजवादी नीति तथा कार्यक्रम सरकारमार्फत लागू गरेर समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक अवसर प्राप्त भएको थियोे । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश, पार्टीको नीति र सिद्धान्त ल्याई लत्याएर पार्टीको समन्वयबिना व्यक्तिवादी एवं सर्वसत्तावादी ढंगबाट सरकार सञ्चालन गरेका कारण त्यो अवसर गुमाउन परेको छ । सरकारले समाजवाद उन्मुख नीतिगत कार्यक्रम लागू गर्न चाहेन । हिजोदेखि नै अवलम्बन गरिएको नवउदारवादी अर्थनीतिलाई यथावत् कायम गरेर ४/४ बजेट ल्याउने काम ग-यो ।

चार वर्षको अवधिमा दुई तिहाइको सरकारलाई झन्डै ६० खर्बको बजेट परिचालन गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको थियोे । तर, सरकारले नवउदारवाद र दलाल पुँजीवादलाई नै प्रश्रय दिने कार्यक्रम नै अगाडि सा-यो । यसले गर्दा समाजवादको आधार निर्माणको जग निर्माण गर्न सरकार पूरै असफल भयो । समाजवादको आधार निर्माण गर्न जनतालाई सर्वसुलभ सेवा प्रदान गर्न सार्वजनिक संस्थानहरूको पुनर्संरचना गरेर स्थानीय तहसम्म संरचना विस्तार गर्नुपर्नेमा यो सरकारले पनि निजीकरण गर्ने नीति कार्यक्रमलाई अगाडि सा-यो, जुन पुँजीवादी नीति नै हो । शिक्षा, स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ गर्ने र यस क्षेत्रमा भएको व्यापारीकरण र निजीकरण अन्त्य गर्ने कार्यक्रम अगाडि सारेन । अनियमितता र भ्रष्टाचारजन्य गतिविधिले सरकारले बदनामी कमायो । देशभित्र फलदायी रोजगारीका अवसर सिर्जना गर्ने स्पष्ट सोच र कार्यक्रमिक प्रतिबद्धतासहितको योजना अगाडि सार्न सकेन, परिणामस्वरूप आज देशबाट श्रम निर्यात गर्ने नीति लिएका कारण ५०/६० लाख नेपाली युवाहरू विदेशमा कष्टकर ढंगबाट रोजगारी गर्न विवश बनेका छन् ।

यसरी हेर्दा हेर्दै अलोकप्रिय बनेको दुई तिहाइको वामपन्थीको सरकार सत्ताबाट बहिर्गमन भएको छ । सरकारको अलोकप्रियताबारे पार्टीभित्र समीक्षा भएर सरकारले निरन्तर रूपमा पाँच वर्षसम्म पार्टीको समन्वयमा सरकार सञ्चालन गर्ने गत भदौ २६ को निर्णयलाई अवज्ञा गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइको जनमत प्राप्त संसद् नै विघटन गरे पछि सिर्जना भएको असामान्य स्थितिले केन्द्रमा मात्रै होइन छवटा प्रदेश सरकारबाट बहिर्गमन भएको छ । वास्तवमा वामपन्थीका लागि यो ठूलो ऐतिहासिक अवसर गुमेको छ । सही नीति र नेतृत्वको अभावमा पार्टी मात्रै होइन राज्य सत्तामा समेत सञ्चालन हुन नसक्ने स्पष्ट भएको छ । कम्युनिस्ट पार्टीभित्र जब पार्टी सञ्चालनमा होस् वा सरकार सञ्चालनको नेतृत्व गर्दा होस् जब विवाद उत्पन्न हुन्छ तब नेतृत्वले विवादको एक/एक गरेर समस्या समाधान गर्ने, आफूबाट भएका कमी कमजोरीमा आत्मालोचित भएर पार्टीभित्रको विश्वास जित्ने काम गर्ने वा नेतृत्वबाट पछाडि हटेर अर्को नेतृत्वलाई अगाडि सार्नुको सट्टामा जब नेतृत्वले सर्वसत्तावादी सोच लिएर अगाडि बढ्छ तब यसले दुर्घटना निम्त्याउने कुरा स्पष्ट छ ।

नेपालमा दुई तिहाइको जनमत प्राप्त सरकारको असफलताका कारण समीक्षा गरेर अब समाजवादी क्रान्ति गर्ने सही कार्यनीतिक कार्यदिशा तय गरेर अगाडि बढ्नुपर्ने अभिभारा छ । कम्युनिस्ट आन्दोलनभित्र सामन्तवादविरोधी कार्यक्रमका रूपमा अगाडि सारिएको जनताको बहुदलीय जनवाद र २१औं शताब्दीको जनवादको नामकै कार्यक्रमको सेरोफेरोभन्दा अगाडि बढ्न नसकेको स्थिति छ । नवउदारवादी पुँजीवादी अर्थनीतिलाई समाजवादी अर्थनीतिका कार्यक्रमबाट विस्थापित गरेर जनतालाई राहत र परिवर्तनको अनुभूति दिन नसक्दा अन्तरविरोध बढ्दै गएको छ । गणतन्त्र आए पनि जनताको जीवनस्तरमा वृद्धि गर्ने, फलदायी रोजगारीका अवसर सिर्जना गर्ने र आय असमानता हटाउनेगरी ठोस नीति कार्यक्रम अझै तय हुन सकेको छैन । यसबारेमा ध्यान दिन जरुरी छ । यसका साथै कम्युनिस्ट आन्दोलनभित्र लोकतान्त्रिक गणतन्त्रको भावनाअनुरूप नेतृत्व अझै अगाडि बढ्न सकेको छैन । सामन्तवादी चेतबाट हुर्किएको नेपाली समाज लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा गणतन्त्रमा सबै समान भन्ने मान्यता राजनीतिक दलका नेताले कार्यकर्तालाई आफ्नो मातहत राखेर आफू चाहिँ मठाधीश बन्ने र कार्यकर्तालाई हनुमान जस्तो ‘यस म्यान’ हातमा फुल लिएर दुई हात जोरेर नमस्कार गर्ने भक्तजन जस्तो, र ताली पिट्ने र गाली गर्ने लडाकु दस्ताजस्तो बनाउने र आफ्नो मातहतका लाई आफू समानको हैसियतमा पुग्न नदिने तथा पार्टीभित्र निरंकुशता, स्वेच्छाचारिता लादेर पार्टीलाई लोकतान्त्रिक हुन नदिने जुन परिपाटी हुर्कंदै छ । यसले सिस्टममा मै चुनौती खडा गर्दै छ । यसले गर्दा कलिलो लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नै गम्भीर चुनौती खडा भएको छ ।

अनेक आरोह अवरोह, उपलब्धि र चुनौतीका बीचबाट अगाडि बढेको नेपालको कम्युनिस्ट आन्दोलनसामु समाजवादी क्रान्तिको अगुवाइ गर्दै समाजवाद स्थापना गर्नुपर्ने ऐतिहासिक अभिभारा छ । यस सन्दर्भमा घोषणापत्रमा उल्लेखित कार्यक्रम यतिबेला सान्दर्भिक छन् । यसको महत्वबारे पुष्पलालले यसरी उल्लेख गर्नुभएको छ । ‘स्पष्ट छ, नेपाल कम्युनिस्ट पार्टीको यो घोषणापत्र नेपालको सर्वहारा वर्गको क्रान्तिकारी कार्यक्रम हो । यसले नेपालमा सर्वहारा वर्गको विचारधाराको गहकिलो जग हाल्नुका साथै सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवादी (पुुँजीवादी जनवादी) क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिमा जाने बाटो स्पष्ट रूपमा देखाएको छ ।’ अतः यसमा उल्लेख गरिएका मौलिक सिद्धान्त हाम्रा निम्ति सत्य नै रहन्छन् भनेर घोषणापत्रको महत्वबारे उल्लेख गरिएको छ । घोषणपत्रमा उल्लेख भएका १२ वटा जनवादी कार्यक्रमलाई नेपाली क्रान्तिले पूरा गर्नुपर्ने कार्यक्रमका रूपमा जुन उल्लेख गरिएको छ । यी कार्यक्रम नेपालको समाजवादी क्रान्तिका लागि सान्दर्भिक छन् । यी कार्यक्रमको कार्यान्वयन गर्दै अगाडि बढ्दा मात्र मुलुकमा आर्थिक सामाजिक रूपान्तरण गरेर समाजवादी क्रान्ति गर्ने आधार तयार हुनेछ र मुलुकमा समाजवादको आधार निर्माण व्यवस्था स्थापना गर्ने चरणमा मुलुकलाई अगाडि बढाउन सकिन्छ ।

अन्त्यमा, यतिखेर नेपालको कम्युनिस्ट आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टीको प्रथम घोषणापत्रमा अन्तर्निहित कार्यक्रमका आधारमा नेपाली क्रान्तिको कार्यनीतिक कार्यदिशा तय गरेर समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्ने अभिभारा रहेको छ । यस सन्दर्भमा प्रथम घोषणापत्रको सान्दर्भिकता झन् बढेर गएको छ । अतः यसलाई पुनः प्रकाशित गरेर जनस्तरसम्म व्यापक प्रचारप्रसार गर्नु, यसको महत्वलाई व्याख्या विश्लेषण गर्नु र घोषणापत्रमा अन्तर्निहित विषयवस्तु वर्तमान सन्दर्भमा कम्युनिस्ट पार्टीको नीति तथा कार्यक्रममा समाविष्ट गरेर सही क्रान्तिकारी कार्यदिशा तय गर्नु नेपालका वामपन्थी पार्टीसामु यतिखेरको अभिभारा रहेको छ ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्दै
कोरोना संक्रमण दर फेरि बढ्न थाल्यो
थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु
पर्वतीय खेलकुदको कार्यविधि तयार
काँग्रेसभित्र युवा नेतृत्व
काठमाडौंमा आफूनिकटलाई ठाकुर–महतोको आमन्त्रण

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी