मस्तिष्कघातका विरामीलाई खोटाङ सेवा समाज कतारको १ लाख आर्थिक सहयोग

दोहा ।   खोटाङ सेवा समाज कतारले खोटाङका मस्तिष्क घातका बिरामी कुमार पुरीलाई गत २६ फेब्रुवरी २०२० का दिन एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।  खोटाङ जिल्ला ऐसेलुखर्ख गाउँपालिका वार्ड नम्बर ५ महेश्वरी निवासी कुमार पुरी बिगत लामो समय देखि मस्तिष्क घात रोगले ग्रसित भई भएका थिए ।

आर्थिक अबस्था कमजोर भएको हुँदा बिरामीलाई उपचार खर्च जुटाउन कतारमा कार्यरत बिरामीका आफन्तहरु उत्तर कुमार पुरी, कृष्ण बहादुर बन र यादब पुरीको संयोजकत्वमा र खोटाङ सेवा समाज कतारको पहलमा १ लाख रुपैयाँ  आर्थिक सहयोग संकलन गरि खोटाङ सेवा समाज काठमाडौं पदाधिकारी तथा समाजसेबी कासीनाथ आचार्यद्धारा बिरामीलाई अस्पतालमै गएर उक्त रकम हस्तान्तरण गरेको हो ।

बिरामीको उपाचार हाल काठमाडौ थापाथली नर्भिक अस्पतालमा भइ रहेको बिरामीका आफन्त तथा खोटाङ सेवा समाज कतारका कार्यसमिति सदस्य यादब पुरीले बताएका छन् । संस्थामा आउने हरेक समस्याहरुको ख्याल गर्दै  सेवा र सहयोग कदममा कदम मिलाउदै अगाडी खोटाङ सेवा समाज कतार  बढेको छ ।

सोहि अनुरुप पिडित पुरीलाई पनि आर्थिक सहयोग जुटाउने अभियानमा सघाउनको लागि संस्थाका सम्पूर्ण पधाधिकारिहरुको सक्रियता र कतारमा कार्यरत सहयोगी भाबना रहेका केहि व्यक्तिहरु मार्फत आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष्य रुद्र शर्माले जानकारी दिए ।  यस सहयोग अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगि हातहरुलाई संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

epaper

ताजा समाचार

दाम उठ्यो, हिसाब छुट्यो—३८ लाख कसरी फुट्यो?