कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौं । संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा ढलमा खसेर फेरि एक बालक बेपत्ता भएका छन् ।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको मिलन चोकमा ढलमा खसेर मंगलबार राति करिब ८ बजेको समयमा बालक बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बालक को हुन् भन्ने अझै खुल्न सकेको छैन ।

राजधानीकै ढल व्यवस्थापन अस्तव्यस्त

महानगरीय प्रहरी प्रभाग बौद्धले राति ८ः२१ बजेको समयमा अन्दाजी १०÷११ वर्षको बालक हराएको सूचना आएको र त्यसको आधारमा खोजी कार्य भइरहेको जनाएको छ । प्रहरीले दुई जना बालक हराएको सूचना आए पनि ढलमा बेपत्ता भएको बालक उनीहरू नै भए नभएको यकिन गर्न बाँकी रहेको जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठोरले बेपत्ता बालकको खोजी कार्य भइरहेको जनाएका छन् । ‘हामीले खोजी कार्य जारी राखेका छौं, अहिलेसम्म पत्ता लाग्न सकेको छैन,’ उनले राजधानीसँग भने ।

स्थानीयले बालक ढलमा खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको खोजी गर्न सामाखुसीबाट प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको विपद् व्यवस्थापनको टोली खटिएको थियो । सो टोलीले त्यहाँ वरिपरिका सबै ढलहरूमा खोजी कार्य गर्दा पनि बेपत्ता बालक नभेटिएपछि फर्किएको प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा बेपत्ता बालक नभेटिएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अन्य जिल्लासँग पनि समन्वय गरेर खोजी कार्य जारी राखेको छ । यसअघि काठमाडौंकोे नयाँ बस्तीमा ढलले बगाएर एक महिला बेपत्ता भएकी थिइन् । सोमबार बेलुका करिब साढे ७ बजेतिर ठूलो पानी परिरहेको अवस्थामा बाटो हिँडिरहेकी अन्दाजी ४० वर्षकी महिला चिप्लिएर ढलमा खसेर बेपत्ता भएकी हुन् ।

यस्तै, माकलबारीमा पनि ढलमा खसेकी एक महिलाको उद्धार गरिएको थियो । ठेकेदार कम्पनीले सडक तथा ढल मर्मत सम्भारका लागि जथाभावी रूपमा बिगारिदिने र लामो समयसम्म नबनाउँदा संघीय राजधानी काठमाडौं उपत्यकाभित्रै यस्ता घटना दोहोरिने गरेका छन् ।

कतिपय ठाउँमा कमिसनको चक्कारमा गुणस्तरीय कामको अभावमा पनि यस्ता घटना घट्ने गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सहरी विकास मन्त्रालय तथा मातहतका निकायका साथै स्थानीय सरकारको पनि ढल तथा सडकको उचित मर्मत सम्भारमा ध्यान नजाने नगरेको तथा समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई मिलेमतोमा कारबाही नगरी छुट दिने गरेको पाइएको छ ।

समयमै ढल व्यवस्थापन हुन नसक्दा दुर्भाग्यपूर्ण घटना भयो
विशालकुमार नेपाल, प्रत्यक्षदर्शी
महानगरपालिका–६ र बूढानीलकण्ठ नगरपालिका–१२ को सीमामा पर्ने कपनस्थित खहरे भन्ने स्थानमा यो दुर्भाग्यपूर्ण घटना भएको हो । महानगरपालिका र नगरपालिकाको गैरजिम्मेवारपूर्ण कार्यका कारण वर्षाको समयमा यहाँको बाटोमा ठूलो खोलो नै बग्छ ।

नगरपालिकाले समयमा नै बाटो र ढलको व्यवस्थापन गर्न नसक्दा अहिले मान्छे नै मर्ने दुःखदायी अवस्था आयो । यहाँ सडकको काम सधैं काम चलाउ र झारा टार्ने गरी मात्र हुँदै आएको छ । त्यसैको परिणामस्वरूप मंगलबार राति सवा ८ बजेतिर बालक एक बालक ढलभित्र परेर बेपत्ता भए ।

आफ्ना हजुरबुबासँग घर जाँदै गरेका ती बालक हजुरबुबा एकछिन पसल गएको बेला मुसलधारे पानीबाट बच्न दौडने क्रममा चिप्लिएर बाटोमा बनेको खोलामा लडे र पानीले उनलाई ढलभित्र पु¥यायो । हामीले दौडँदै बचाउने प्रयास ग¥यौं तर हेर्दाहेर्दै उनलाई पानीले ढलभित्र छिरायो र एकै छिनमा बेपत्ता बनायो । हाम्रो कुनै उपाय नै लागेन ।

समयमा नै ढलको व्यवस्थापन भएको भए बालक लड्दा पनि ढलमा पुग्दैनथे र सजिलै ती बालकलाई बचाउन सकिन्थ्यो । त्यसैले यसको जिम्मा समयमा नै बाटो र ढलको व्यवस्थापन गर्न नसक्ने काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले लिनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

४५ हजार डलरमा बिक्यो प्रेम गीत–३
‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति
नेकपा (एस)ले भोलि मन्त्रीको टुंगो लगाउने, यी चार मन्त्रालय पायो
'वरदान'मा दयाहाङ राई र नम्रता श्रेष्ठकाे अभिनय
शासकीय शैली र यसका चुनौती
सर्लाहीमा थपिए ७४ जना कोरोना संक्रमित, सक्रमित हुनेको संख्या २ सय ४९ पुग्यो

आजको समाचार

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
महाअभियोगको सामना गर्न प्रधानन्यायाधीश जबरा तयार
कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड

साताका लोकप्रिय समाचार

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
Kumar Raut || 26 October 2021
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सर्वाेच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहिर आउन थालेको टिप्पणी गरेका छन्...

कुरी-कुरी