नेकपा एकीकृत समाजवादीको कार्यभार र चुनौती

 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको प्रथम बैठक हालै सम्पन्न भएको छ । बैठकले समाजवादी बाटोमा मुलुकलाई अगाडि बढाउने राजनीतिक कार्यदिशाका साथ वैचारिक, राजनीतिक र सांगठनिक गरी तीनवटा कार्यभारलाई तत्काल गर्नुपर्ने कामका रूपमा अगाडि सारेको छ र यसका लागि तीनमहिने संगठन निर्माण, विस्तार र सुदृढीकरण अभियानको कार्ययोजना पनि पारित गरेको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा हुर्किरहेको दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद, व्यक्तिवाद, अहंकारवाद, सर्वसत्तावाद, र अराजकतावादी सोच, चिन्तन, प्रवृत्ति यतिबेला प्रमुख चुनौतीको विषय बनेको समाजवादी पार्टीले निष्कर्ष निकालेको छ । एमालेका केही पक्षमा हुर्कंदै गरेको चिन्तन, प्रवृत्ति र गतिविधिले सिंगो कम्युनिस्ट आन्दोलनको क्रान्तिकारीकरण गर्ने कामलाई पछाडि धकेलेर बुर्जुवाकरण गरेर पार्टीलाई व्यक्तिवादको दलदलमा धकेल्ने काम गरेपछि सो पार्टीबाट विद्रोह गरेर गठन भएको एकीकृत समाजवादी पार्टीले आफ्नो प्रमुख कार्यभारका रूपमा विचारधारात्मक कामको रूपमा वैचारिक कार्यभारलाई प्रमुखताका साथ अगाडि बढाउने भएको छ ।

सघन ढंगबाट वैचारिक अभियान सञ्चालन गरेर मात्रै नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सकिने निष्कर्ष निकालेको छ । आज नेपाली कम्युनिस्ट आन्दोलनमा जुन गलत विचार, विकृति र विसंगति फैलिएको छ त्यसलाई परास्त नगरी कम्युनिस्ट आन्दोलनको रक्षा हुन सक्तैन । गलत विचार र विसंगतिलाई परास्त गर्ने माध्यम भनेकै वैचारिक संघर्षबाट नै हो । यसका लागि माक्र्सवादी साहित्यका लेख रचना र पार्टीका दस्ताबेजहरूको अध्ययन, बहस, छलफल आदि कार्य साथै सघन ढंगबाट प्रशिक्षण सञ्चालन गर्ने र त्यसका निम्ति पार्टीका दस्ताबेजका साथै विभिन्न प्रकारका अध्ययन सामग्री तयार गर्ने, नियमित रूपमा पार्टी स्कुल सञ्चालन गर्ने, पार्टीले अगाडि सार्ने नीतिगत विषयका दस्तावेजउपर विभिन्न ढंगले छलफल चलाउने, विभिन्न प्रकारका अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गर्ने र सहभागीबाट सुझाव लिने आदि कार्य गरिने उल्लेख छ ।

एकीकृत समाजवादी पार्टीले दोस्रो महŒवपूर्ण कार्यभारका रूपमा राजनीतिक कार्यभारलाई पनि अभियानका रूपमा अगाडि बढाउने उल्लेख गरेको छ । नेपाली जनताको कष्टसाध्य संघर्षद्वारा स्थापित लोकतन्त्रको रक्षा गर्नु र यसलाई विकसित गर्दै समाजवादको दिशामा मुलुकलाई अगाडि बढाउनु यतिबेलाको हाम्रो मुख्य राजनीतिक कार्यभार हो भनेर उल्लेख गरिएको छ । त्यसका निम्ति नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत आफंै बनाएको संविधानको रक्षा र पूर्ण कार्यान्वयन हुनुपर्छ । एकीकृत समाजवादी पार्टीले यस कार्यमा पूर्ण निष्ठाका साथ प्रयत्शील रहने उल्लेख गरेको छ । राजनीतिमा व्याप्त भ्रष्टमनोवृत्ति, नातावाद, कृपावाद, दलाली, राजनीतिक पदहरूको खरिद बिक्री आदि कारणले आमरूपमा राजनीतिप्रति वितृष्णा र विकर्षण फैलिएको छ । यो वितृष्णा र विकर्षणलाई हटाएर राजनीतिलाई शुद्ध पार्न भ्रष्टाचार, कुशासन, दलाली, कमिसनतन्त्र, नातावाद, कृपावाद आदि गलत कार्यविरुद्ध राजनीतिक जागरण अभियान सञ्चालन गर्न आवश्यक भएको उल्लेख गरेको छ ।

जनसंगठन लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारमा सञ्चालन गरी जनवादी केन्द्रीयताको राम्रो अभ्यास र विधि विकास गराउनुपर्छ

देशको सचेत युवा पंक्तिलाई यस किसिमको विकृति, विसंगति र भ्रष्टाचारविरोधी अभियानमा संलग्न गराएर राजनीतिक सचेतना र शुद्धीकरण अभियान सञ्चालन गर्ने उल्लेख छ । युवाहरूलाई पार्टीका विभिन्न तहमा जिम्मेवारी दिएर युवा नेतृत्व विकास गर्ने र राजनीतिमा युवाहरूको सक्रिय सहभागितामार्फत राजनीतिक शुद्धीकरण अभियान सञ्चालन गरिनेछ । यस किसिमको राजनीतिक अभियानले देशको दूषित राजनीतिक वातावरणलाई शुद्ध पार्न र आफूभित्र पनि विद्यमान गलत आचार व्यवहारलाई शुद्ध पार्नसमेत योगदान गर्ने उल्लेख गरिएको छ ।

प्रतिगमन विरोधी आन्दोलन हँुदै संसद् पुनस्र्थापनका लागि निर्माण भएको पाँच दलीय वामलोकतान्त्रिक गठबन्धनलाई सुदृढ बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्ने सो पार्टीले निष्कर्ष निकालेको छ । सो पार्टीले भनेको छ, ‘यतिखेर हाम्रो एउटा महŒवपूर्ण राजनीतिक कार्यभार हाल कायम वामलोकतान्त्रिक गठबन्धनलाई कम्तीमा पनि वर्तमान प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आमजनतालाई सेवा प्रदान गर्नु हो ।

वामपन्थी शक्तिबीच सहकार्य र एकताको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै गई पार्टी एकताका आधार निर्माण गर्नु पनि आजको एउटा महŒवपूर्ण राजनीतिक कार्यभार हो भनेर उल्लेख गरिएको छ । यस्तै, छिमेकी तथा सबै मित्र राष्ट्रसँग पारस्परिक सम्मान र समानताका आधारमा सम्बन्ध विकास गर्नु, विगतका असमान सन्धिहरूको राष्ट्रिय हित र समानताका आधारमा सुधार गर्नु पनि यतिबेलाको अर्को एक महत्वपूर्ण राजनीतिक कार्यभार हो ।

राजनीतिक क्षेत्रमा आएको परिवर्तनअनुरूप आर्थिक सामाजिक क्षेत्रमा परिवर्तन नहुँदा व्यवस्था बदलिए पनि देश बदलिएन भन्ने भान परेको छ । यसको सम्बोधनका निम्ति आर्थिक सामाजिक रूपान्तरणका अभियान सञ्चालन गर्नु आवश्यक छ । रोजगारीका अवसर सिर्जना गर्न सहकारी अभियानका साथै मुलुकमा ठुलठूला परियोजना सञ्चालन गर्नु आवश्यक छ । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग धन्दाको स्थापना र कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्न अभियान चलाइनेछ । कृषि उत्पादनको बिक्रीको प्रत्याभूति गरिनेछ र यसका लागि आवश्यक योजना बनाइनेछ । व्यापक रूपमा सहकारी अभियान चलाइनेछ । स्वरोजगार सिर्जनाका विभिन्न कार्यक्रम सञ्चालन गरिने छ । प्रवासमा रहेको नेपालीहरूको ज्ञान, सीप, अनुभव र पुँजीलाई राष्ट्रिय विकास अभियानमा परिचालन गरिनेछ । पार्टीले त्यस्ता अभियानको राजनीतिक नेतृत्व गर्नेछ । स्वयं युवालाई संलग्न गराएर त्यस प्रकारका अभियान सञ्चालन गरिनेछ । जलवायु परिवर्तन, जैविक असन्तुलन तथा वातावरणीय प्रदूषणविरुद्ध जनचेतना अभिवृद्धि अभियान चलाइनेछ । साथै विपत् जोखिम न्यूनीकरणमा जोड दिँदै आपत्विपतमा परेका जनतालाई राहत सहयोग गर्ने अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

एकीकृत समाजवादी पार्टीले तेस्रो कार्यभारका रूपमा सांगठनिक कार्यभारलाई अभियानको रूपमा अगाडि बढाउने भएको छ । सांगठनिक कार्यभार अगाडि बढाएर मात्रै कम्युनिस्ट पार्टीको पुनर्गठन र रूपान्तरण गर्न सकिने समाजवादी पार्टीले निष्कर्ष निकालेको छ । हरेक नगरपालिका, गाउँपालिका, वडा तहसम्म पार्टीका कमिटी गठन गरेर टोल टोलसम्म भेलाहरू आयोजना गरेर ‘एक टोल, एक संगठन’को अवधारणाअनुरूप संगठन निर्माण गर्नेगरी अभियानकै रूपमा अगाडि बढाउने उल्लेख छ । यसका साथै निकट भविष्यमै पार्टीको राष्ट्रिय सम्मेलन गरेर त्यस कार्यलाई अगाडि बढाउने, अहिले चालू रहेको पार्टी कमिटी र पेसागत संगठन, सामुदायिक संगठन र जनसंगठनको गठन तथा पुनर्गठन कार्यलाई अभियानका रूपमा अगाडि बढाउने भएको छ, व्यक्तिवाद आज पार्टीहरूमा रहेको एउटा गम्भीर नकारात्मक प्रवृत्ति हो । भर्खरै गठन भएको समाजवादी पार्टीभित्र सामूहिक र संस्थागत ढंगबाट निर्णय गर्ने कार्यशैलीलाई स्थापित गर्ने र व्यवहारमै क्रान्तिकारी कार्यशैली अवलम्बन गरेर अगाडि बढ्ने कार्य यतिबेला समाजवादी पार्टीको मुख्य कार्यभार रहेको छ ।

अब विगतका कमीकमजोरी हटाएर राष्ट्रव्यापी, पार्टीव्यापी रूपमा वैचारिक अभियानलाई तेज बनाउँदै क्रान्तिकारी, गतिशील, जुझारु, जनआधारित पार्टी निर्माण गर्नु समाजवादीका लागि कडा चुनौती छ ।

समाजवादी पार्टीले कम्युनिस्ट पार्टीलाई देशभक्त एवं स्वाभिमानी राजनीतिक शक्तिका रूपमा स्थापित गरिने उल्लेख गरेको छ । लोकतान्त्रिक आन्दोलनबाट प्राप्त सबै उपलब्धिको रक्षा गर्न पार्टीलाई लोकतन्त्र, समाजवाद र राष्ट्रको पहरेदार शक्तिका रूपमा स्थापित गरिने उल्लेख छ । श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने क्रान्तिकारी पार्टीका रूपमा पुनस्र्थापित गरी गतिशील ढंगले सञ्चालन गर्ने, कम्युनिस्ट पार्टीभित्र मौलाएर आएको चरम विकृति र विसंतिलाई हटाउने र पद, प्रतिष्ठा, निजी स्वार्थमा तल्लीन र परमुखापेक्षी होइन निस्वार्थी, आत्मनिर्भर, जनसेवी, लोकतन्त्र र समाजवादप्रति समर्पित कार्यकर्ता पंक्ति तयार गरिने उल्लेख गरेको छ । यस्तै एकीकृत समाजवादी पार्टीले संगठन निर्माण र परिचालन गर्दा आर्थिक पक्षको पनि महत्वपूर्ण भूमिका हुने भएकाले पार्टीको आर्थिक कोष निर्माणका लागि आर्थिक सहयोग संकलन अभियान चलाउने भएको छ ।

कम्युनिस्ट आन्दोलनभित्र अहिले व्यक्तिवादी अहंकारवाद, निरंकुश एवं स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादको महारोगले गाँजेको छ । एकीकृत समाजवादी पार्टीले आफ्नो अभियान सञ्चालन गरिरहँदा मूलतः एमालेभित्र विद्रोह गर्नुको औचित्यसहित कार्यकर्ता पंक्ति हुँदै जनस्तरसम्म दक्षिणपन्थी अवसरवादी सोच चिन्तन, प्रवृत्ति गतिविधिको व्याख्या विश्लेषण गर्न जरुरी छ । कार्यकर्तामा घटनाक्रमलाई द्वन्द्वात्मक तवरले हेर्ने, विश्लेषण गर्नेभन्दा पनि नेतृत्वको अन्ध समर्थन गर्ने ‘यस म्यान’ कार्यकर्ता मात्रै उत्पादन ग-यो । पार्टीका बैठक, भेला, सडक जहाँसुकै जहाँ सुकै ‘आई एम विथ केपी ओली’ भन्ने प्रचार गर्ने र फोटो राखेर संविधान मिचेर संसद् विघटन गरी प्रतिगमनकारी कदम चालेबापत सत्ताबाट बहिर्गमन भएर घर जाँदा पनि कार्यकर्ताहरूलाई हिजोका राजा महाराजाहरूको सवारी चलाएझंै दायाँबायाँ कार्यकर्ताबाट स्कर्टिङ गराउने काम ग-यो ।

वास्तवमा यो कम्युनिस्ट शैलीविपरीत भद्दा सामन्ती एवं बुर्जुवा शैली हो । पुष्पलालले भने झैं पार्टी कार्यकर्ताले नेताको पछि होइन, पार्टीको नीति पछि लाग्ने गरी पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने काम भएन । माओत्सेतुङले भने झंै व्यक्तिको देवत्वकरण गर्ने कार्यको विरोध गर्न कहिले पनि प्रशिक्षित गर्ने कार्य गरेन ।

यस्तो गम्भीर स्थितिमा यस्ता गलत प्रवृत्ति हटाएर क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नु चुनौतीपूर्ण बनेको स्थितिमा नेतृत्वले आफ्ना गल्ती, भुल र कमजोरीलाई सुधार गर्नको सट्टामा उल्टै आलोचना गर्ने नेतृत्वलाई नै एकपछि अर्को गर्दै मानमर्दन गर्ने, शृंखलाबद्व कारबाही गर्ने काम गरेपछि विद्रोह गरेर एमालेबाट अलग हुनबाहेक अर्को विकल्प थिएन । यसरी एमालेभित्र विद्रोह गरेर गठन भएको एकीकृत समाजवादी पार्टीका लागि क्रान्तिकारी पार्टी बनाउने चुनौती छ । क्रान्तिकारी पार्टी निर्माण गर्न माक्र्सवादी विचारले लैस नेता कार्यकर्ताको विकास गर्न आवश्यक छ । एमालेको नवांै महाधिवेशनदेखि पार्टीको राजनीतिक कार्यदिशाअनुरूप योजनाबद्व ढंगबाट पार्टीव्यापी रूपमा वैचारिक अभियान सञ्चालन नगरेकै कारण आज एमाले समस्याग्रस्त बन्न पुगेको छ । पार्टीभित्र आलोचना आत्मआलोचना हराएर गएको छ । हिजो नेकपा पार्टीभित्र केन्द्रीय कमिटीको बैठकसमेत २० महिनासम्म आयोजना नगरेर नेतृत्वले एकतर्फी रूपमा रजगज गरेकै परिणामस्वरूप पनि सो पार्टीमा व्यक्तिवाद मौलाएर गयो । अतः अब विगतका कमीकमजोरी हटाएर राष्ट्रव्यापी, पार्टीव्यापी रूपमा वैचारिक अभियानलाई तेज बनाउँदै क्रान्तिकारी, गतिशील, जुझारु, जनआधारित पार्टी निर्माण गर्नु समाजवादीका लागि कडा चुनौती छ ।

अब, समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलनभित्र हुर्किएका विकृति, विसंगतिपूर्ण गतिविधिलाई हटाई बिल्कुलै नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्न कार्यशैली र जीवनशैलीमा आमूल सुधार र परिवर्तन गरी पार्टीलाई सर्वहाराकृत दृष्टिकोण र शैलीबाट सञ्चालन गर्नुपर्छ । बैठक, भेला प्रशिक्षणका कार्यक्रममा खाँदा, माला लगाउने, कार्यक्रमको मञ्चमा अटाई नअटाई अतिथि आसन ग्रहण गराउने भद्वा कार्यशैलीलाई अन्त्य गरी सभापति र प्रमुख अतिथिलाई मात्रै मञ्चासन गराई सबै अतिथिलाई सम्मानका साथ सहभागी साथ राख्ने व्यवस्था गर्ने, बैठक भेला तोकिएको समयमा नै सुरुवात गर्ने, प्रमुख अतिथिलाई पर्खिएर समय खेर नफाल्ने, नेतालाई खादा माला लिएर एयरपोर्टसम्म कार्यकर्तालाई स्वागत गर्न परिचालन गराउने कार्यको अन्त्य गर्न जरुरी छ ।

यस्तै, पार्टीका बैठक, भेला, प्रशिक्षण होटल, पार्टी प्यालेसमा आयोजना गरेर बढी खर्च गर्नको सट्टामा स्थानीय जनताको घर आँगनमा गर्ने गरेर जनतासँगको सम्बन्धलाई सजीव बनाउने, पार्टी नेताको सुरक्षाका लागि पार्टीभित्र नै प्रशिक्षित सुरक्षा दस्ता निर्माण गर्ने, जनताको राहत उद्धारका लागि पार्टीभित्र स्वयंसेवक दस्ता निर्माण गर्ने, पार्टी कार्यकर्ताहरूको सहभागिता र पहलमा व्यापक रूपमा उत्पादनमूलक सहकारी अभियान सञ्चालन गरेर उत्पादन वृद्वि एवं रोजगारी र आयमूलक अभियान सञ्चालन गर्ने, स्थानीय पार्टीको नेतृत्वमा श्रममूलक शिविर, जनचेतनामूलक अभियान, स्वास्थ्य शिविर सञ्चालन गर्ने, पार्टीको वैचारिक मुखपत्र समाजवादमा समाजवादी अर्थराजनीतिका सैद्धान्तिक वैचारिक लेख रचना प्रकाशित गरेर तल्लो तहसम्म अध्ययन र प्रशिक्षणको विषय बनाउने काम गर्नुपर्छ । यस्तै, हरेक तहका पार्टी कार्यकर्ताको कामको मूल्यांकन गर्ने पद्धतिको विकास गर्ने काम पनि थालनी गर्न जरुरी छ ।

कम्युनिस्ट आन्दोलनमा हुर्किएको व्यक्तिवाद, अहंकारवाद, निरंकुुश एवं स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादविरुद्ध तीखो वैचारिक संघर्ष सञ्चालन गर्दै वैचारिक, राजनीतिक, सांगठनिक अभियानसँगै जनसरोकारका विषयलाई माग र आन्दोलनका रूपमा अगाडि बढाउँदै जनपरिचालन गरेर मात्रै क्रान्तिकारी पार्टी निर्माण गर्न सकिन्छ र राष्ट्र र जनताको दायित्व पूरा गर्न सकिन्छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

श्वेताका दुःख, दुर्घटनामा छाेरा गुम्याे, आफ्नाे शरिर चल्दैन
चिकित्सकको लापरवाहिले शिसुको मृत्यु भएको आरोप
मन्त्रीलाई थाहै नदिई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा सेनालाई
माओवादीले तोक्यो ३२ विभागका प्रमुख
थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी

आजको समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

साताका लोकप्रिय समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
Dhruba Lamsal || 26 October 2021
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति...

कुरी-कुरी