काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। मंगलबार सम्पादकहरुसँगको अन्तक्रिया कार्यक्रममा ओलीले सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागेको आरोप लगाए ।
मिडियाले आलोचना नगर्दा सरकारले गल्ती गरिरहेको भन्दै उनले मिडियाले खबरदारी गरेकै कारण आफ्नाे सरकारले कम गल्ती गरेकाे बताए ।
लोकतान्त्रिक प्रणालीप्रति चिन्ता उत्पन्न भएकाे उनकाे भनाइ थियाे । आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको विषय उठाउँदै ओलीले प्रतिगमन शब्दको दुरुपयोग भएको उल्लेख गरे । ‘प्रतिगमन शब्दको दुरुपयोग भयो । जनादेश जाने कुरा कसरी प्रतिगमन भयो ?,’ उनको प्रश्न थियो ।
तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)






