परीक्षा हलमा मेयरको फोटो सेशन, उपमेयरको मोबाइलमा कुराकानी !

जनकपुरधाम । यो दृश्य जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता कुमारी मिश्रको रहेको छ । उनले परीक्षा कोठामै मोबाइलमा कुरा गरिरहेकी छिन् । जनकपुरधाम उपमहनगरपालिकाका लागि आवश्यक स्वास्थ्यकर्मीका लागि निकलिएको विज्ञापनका लागि परीक्षा भइरहेको छ । अनुगमनका लागि याज्ञवलक्य संस्कृत माध्यमिक विद्यालय जनकपुरधाममा पुगेकी उपमेयर मिश्रले परीक्षाहलको मर्यादा भन्दा आफ्नो मोबाइलको कुराकानीलार्ई महत्व दिएकी छिन् ।

‘उहाँको टेलिफोनले हामीलाई निकै समस्या भइरहेको थियो तर उहाँले हाँसी हाँसी निकै बेर मोबाइलमा कुराकानी गर्नु भयो’ परीक्षा दिइरहेका एक परीक्षार्थीले बताए । ‘हाम्रो समस्यालाई उहाँले महत्वै दिनु भएन’, ती परीक्षार्थीले भने । उनी मोबाइलमा कुराकानी गर्दा लेख्न छोडेर केही परीक्षार्थी उनीतिर हेरिरहेका थिए तर उपमेयर माथि यसको कुनै प्रभाव परेन ।

आफूले पढेका, बुझेका कुरालाई प्रभावकारी रूपमा उत्तरपुस्तिकामा उतार्न परीक्षा हलको वातावरण शान्त र व्यवस्थित हुन निकै आवश्यक हुन्छ । जब वातावरण खलबलिन्छ, तब परीक्षार्थीको दिमाग पनि खल्बलिन र अशान्त हुनपुग्छ, जसले गर्दा आफूले पढेका कुरा प्रभावकारी लेख्न परीक्षार्थीहरू असमर्थ हुन्छन् । र यसले नतिजालाई नराम्रो रूपमा प्रभाव पार्छ । यति कुरा सबैले बुझी रहेका छन तापनि यस्ता घटना वरावर भइरहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले केही महिनादेखि परीक्षाको अनुगमनमा जाँदा प्रत्येक हलमा फोटो सेसन गराउने गर्छन् । मेयर साहसंग जुनबेला पनि दुईवटा फोटोग्राफर रहन्छन् । ती दुबै फोटोग्राफर बराबरी फोटो खिच्ने गरेको नगरपालिकाकै एक कर्मचारीले बताए । डरले विद्यार्थी केही बोल्दैनन् तर यसको दूरुपयोग मेयरले गरिरहेका छन् ।

जुन अनुगमनमा उपमेयर मोबाइलमा कुराकानी गरिरहेकी थिइन् त्यसैका धेरैबेर मेयरलेपनि फोटो सेसन गराएका छन् । विद्यालयको अवस्था लगायतका कुराकानी उनले परीक्षहलमै गरेको निरिक्षकको रुपमा रहेका एक शिक्षकले बताए । फेरी यो अवस्था जनकपुरधाम उपमहानगरपालिको मात्रै छैन । अधिकांश स्थानीयतहमा यसप्रकारको अनुगमनको क्रममा देखिन्छ । कुनै परीक्षा हुँदा अवलोकन र अनुगमनको नाममा जनप्रतिनिधिको हुल परीक्षा हलमा देखिने गरिएको छ ।

परिक्षाको मर्यादा नाघेर जनप्रतिनिधिले शेल्फी लिने र फोटो शेसन गर्ने गरेका छन् । नयाँ मान्छे परीक्षाहलमा प्रवेश गर्दा विद्यार्थी डराउने गर्छन् । अनुगमनको नाममा विद्यार्थीलाई हतास् बनाउने काम कहीबाट हुनु हुँदैन नेपाल शिक्षकसंघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवले बताए । ‘जे गर्नु छ विद्यालय बाहिर गर्दा पनि हुन्छ’, उनको सल्लाह रहेको छ । परीक्षार्थीलाई भित्र मोबाइलसम्म जान नदिने तर अनुगमन गर्नेहरु मोबाइल लगेर कुराकानी गर्ने यो कहाँको नैतिकता हो एक परीक्षार्थीको प्रश्न रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 481 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो