यस्तो छ कन्डमका प्रकार र फाइदा


नेपालमा वार्षिक करिब साढे ३ करोड कन्डम खपत हुन्छ र खपतको क्रम १५ प्रतिशतले बढ्दै गएको छ

आधुनिकतासँगै अब कन्डम ढाकछोप, लज्जा र कौतुहलको विषय नरही ओठमा जुँगाका रेखी बस्न थालेका किशोर र फरिया छोटा हुन थालेका किशोरीबीच पनि परिचित भइसकेको छ । सार्वजनिक बजारमा हाकाहाकी बिक्रीवितरण हुन्छ । स्कुल कलेजका छात्रछात्राका वालेट÷पर्समा भेटिन्छ कन्डम । ब्यायफ्रेन्ड र गर्लफ्रेन्ड वा विवाहपूर्व प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्धको कुरा निस्कँदा चर्चा पाउँछ कन्डमले । कलेजका ट्वाइलेट तथा फोहर फाल्ने कन्टेनरमा कन्डम प्रशस्तै भेटिन्छ ।

सन्दर्भ : कन्डम दिवस

किराना पसल, पान पसल, डिपार्टमेन्डल स्टोरमा जताततै कन्डम पाइन्छ । यस्तैगरी घरायसी सामान किनेर फर्कंदै गरेकी गृहणीको झोलामा कन्डम भेट्दा पनि आश्चर्यचकित नहुने दिन आइसके । जति कन्डम लोकप्रिय छ त्यति चर्चायोग्य पनि छ नै । यसको प्रयोगले गर्भान्तर हुन्छ, सुखी परिवार बन्छ, यौनरोग लाग्दैन र एचआईभी भएकासँग सम्भोग गर्दा पनि एचआईभी÷एड्स सर्दैन ।

इतिहास

अनिच्छित गर्भधारण, गर्भान्तर र यौनरोगबाट बच्ने उपायको खोजीमा इसापूर्व १३५० तिर मिश्रका बासिन्दा लिंगलाई ईश्वरको सर्वोत्कृष्ट बरदान ठानेर कलात्मक खोलले बेर्ने गर्दथे जुन कन्डमको प्रारुप हो । तर, खोलले बेरेर यौनसम्पर्क राख्थे वा राख्दैनथे त्यो भने पुष्टि भएको छैन । ३ हजार वर्षपूर्व चिनियाँले तेलयुक्त कागज, तेलयुक्त बस्त्र सिल्कलाई कन्डमका रूपमा प्रयोग गर्दथे । ग्रिक तथा रोमनले भेडाबाख्राको मूत्राशयलाई महिला कन्डमका रूपमा प्रयोग गर्ने गरेका थिए । सन् १५६५ मा महान् यौन विशेषज्ञ फेलोपियसले लिंगलाई बेरेर सम्भोग गरेमा भिरंगीलगायतका अन्य रोग नलाग्ने कुरा पत्ता लगाएपछि वैधानिक रूपमै कन्डमको प्रयोग हुन थालेको हो । त्यसपछि जनावरको आन्द्राको प्रयोग गरेर तत्कालीन राजा महाराजाले यौन सम्पर्क गर्न थाले । सजिलै प्राप्त हुने, धेरै दिनसम्म राख्न सकिने, प्रयोग गर्न सजिलो कन्डमको खोजी हुन थाल्यो । यसैक्रममा चाल्र्स द्वितीयको शासनकालमा बेलायतका डा. कन्डोमेरीले परिस्कृत रूपमा कन्डमको आविष्कार गरे । उनैका नाममा उक्त खोलको नाम कन्डम राखिएको विश्वास छ । सन् १८४० मा रबरको उत्पादन बढ्न थालेपछि रबरको कन्डमको उत्पादन फ्रान्सले प्रारम्भ ग¥यो । हाल रबरबाहेक लेटेकस, नाइलन, टेकटेलोन, पोलियुरेभिन तथा जनावरका छाला वा आन्द्राबाट कन्डम बन्ने गरेका छन् ।

विश्वमा प्रत्येक वर्ष ११ अक्टुबरमा मनाइने कन्डम दिवस नेपालमा विजयादशमीको कोजाग्रत पूर्णिमापछिको पहिलो शनिबार मनाईँदै आइएको छ

कन्डमका प्रकार

हिजोआज रिब्ड, डटेट, पातलो, ज्यादै पातलो आदि थुप्रै प्रकारका कन्डम बजारमा पनि उपलब्ध छन् । कन्डम केही रसायन कम्पनीअनुसार फरक छन् । नेपालमा भने कन्डम सन् १९६० तिर भित्रिएको हो । सन् १९८० तिर देखिएको सर्वाधिक घातक यौन सम्पर्कबाट सर्ने रोग एचआईभी÷एड्सले गर्दा नै कन्डमको छनोट परिवार नियोजनभन्दा एचआईभी एड्सबाट जोगिन प्रमुख हतियारको रूपमा हुन थाल्यो । कन्डम पहिले पहिले पुरुषका लागि मात्र भए पनि अहिले महिलाका लागि पनि बनाइएको छ । साह«ै पातलो मसिना छिद्र भएका कन्डम गर्भान्तरका लागि भए पनि यौनजन्य रोग संक्रमण रोक्न सक्दैनन् । साह्रै पातलो रबर वा प्लास्टिकले कन्डम बनाइएको हुन्छ र कसैकसैमा शुक्राणु नष्ट गर्ने, विषाणु नष्ट गर्ने तŒव पनि मिसाइएको हुन्छ । जनावरको छाला र आन्द्राबाट बनेका कन्डम बढी आनन्ददायी हुने भएकोले रसिकका लागि बढी प्रख्यात छ । निकै महँगो हुने यी कन्डम काँडेदारदेखि मुलायमसम्म पाइन्छ । विशेषतः अत्यन्तै कामुक र शौखिन महिलामा काँडेदार कन्डमको ठूलो माग छ । तर यिनमा अति सूक्ष्म खालका प्वालहरू हुने भएकोले वीर्यलाई रोके पनि विषाणुजन्य रोगहरू एचआईभीका जीवाणुलाई रोक्न नसक्ने भएकोले हानिकारक हुन्छन् ।

नेपालमा २०२२ सालमा जनसंख्या नियन्त्रणका लागि कन्डम भित्रिएको हो । २०३५ सालमा कन्डमलाई ढाल नामाकरण गरी प्रचारप्रसारमा आएको हो । सुरु सुरुमा पैसा दिएर प्रयोग गर्न लगाउँदा कन्डम छुन घिन मान्थे । तर आज नेपालमा करिब साढे ३ करोड कन्डम खपत हुन्छ र खपतको वृद्धि वार्षिक १५ प्रतिशतले बढ्दै गएको छ । २०५२ सालदेखि नेपाल रेडक्रस सोसाइटीको आयोजनामा बडादसैं र शुभदीपावलीका बीचको पहिलो शनिबारलाई कन्डम दिवसको रूपमा मनाइदै आएको छ ।

कन्डमका फाइदा

सजिलैसँग चारैतिर पाउन सकिने, सुरक्षित, सस्तो, प्रयोग गर्न सजिलो, स्वास्थ्यकर्मीको सहयोग नचाहिने, नकारात्मक असर नभएको, हल्का, सानो, प्रयोगपश्चात फ्याँक्न सकिने, प्रत्येकपटक नयाँ नयाँ प्रयोग हुने र गर्भान्तर, गर्भ रहन नदिने मात्र नभई यौन सम्पर्कबाट सर्ने सबै रोग एसटीडीबाट जोगाउने गर्दछ । यसका अतिरिक्त महिलाका लागि कन्डम, यौन सुखका मामिलामा वरदान नै सावित भएको छ । खुला रूपमा सम्भोग गर्दा महिलालाई जति आनन्द प्राप्त हुन्छ त्योभन्दा २३ प्रतिशत बढी कन्डमको प्रयोगमा आनन्द आउँछ । धेरै महिलालाई पुरुषको वीर्यको एलर्जी हुन्छ । तर, कन्डमको प्रयोगले एलर्जीको सम्भावना रहँदैन ।

साधारणतया गर्भवती महिला इच्छा हुँदा हुँदै शिशुको स्वास्थ्यलाई सोचेर शारीरिक सम्बन्ध राख्न डराउँछन् । तर, कन्डमले बच्चाको समेत ख्याल राख्ने भएपछि तथा रोग संक्रमण हुन नदिने भएपछि गर्भवती महिलालाई कन्डम प्रयोगको सम्भोगले ढुक्क बनाउँछ । कन्डमले यौन सम्पर्कको समयलाई लामो बनाउँछ । परिवार नियोजनको एक मात्र साधन कन्डम हो जसको प्रयोग एकभन्दा बढी उद्देश्यका लागि गरिन्छ । अहिले यौनरोगबाट बच्न कन्डम प्रयोग भइरहे पनि गर्भ निरोधक, जन्मान्तरको काम पनि यसले गरिरहेको हुन्छ ।

मानिसलाई परिवार नियोजन र यौनस्वास्थ्यका विषयमा जागरुक गराउन सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रियस्तरका धेरै योजना, कार्यक्रम, परियोजना सञ्चालित छन् । जसबाट परिवार नियोजनका साधन’bout पर्याप्त मात्रामा जनचेतना, थाहा पाउने बढेको देखिन्छ । तर, साधनको प्रयोग गर्ने भने आश्चर्यजनक मात्रामा कम पाइएको छ । जनचेतना र उपयोगबीचको ठूलो र गहिरो खाडल छ ।

सही तरिकाले कन्डमको प्रयोग गरेमा अनिच्छित गर्भधारण, विभिन्न यौनरोग र एचआईभी÷एड्स जस्तो खतरनाक रोगबाट जोगिने जीवनरक्षाको काम गर्ने भएकाले नै होला विभिन्न सोच, छलफलपछि नेपाली नाम ढाल राखिएको छ । सही तरिकाले कन्डम लगाएर सम्भोग गर्दा पुरुषको लिंग र महिलाको योनीबीच कन्डम हुने भएकोले लिंग र योनीको प्रत्यक्ष स्पर्श हुन पाउँदैन । महिलाको गर्भ रहन, पुरुष तथा महिलामा एक अर्कामा रोग संक्रमण हुन तथा गर्भवती महिलामा पेटमा रहेको बच्चामा रोग संक्रमण हुनबाट बचाउँछ ।

विश्वमा प्रत्येक वर्ष ११ अक्टुबरमा मनाइने कन्डम दिवस नेपालमा विजयादशमीको कोजाग्रत पूर्णिमापछिको पहिलो शनिबार मनाईँदै आइएको छ । नेपालीको पावन पर्व विजयादशमीमा टाढा–टाढा, देशविदेशमा रहेका आफन्तसँगको जमघट हुने अवसर पारेर परिवार नियोजनमा प्रोत्साहन गर्ने, यौनरोग तथा एचआईभी÷एड्स’bout सचेत गराउने, कन्डमको महŒव’bout महिलालाई पनि चेतना जागृत गराउने र जन्मान्तरका लागि यसको प्रयोग सहज बनाउने मुख्य उद्देश्य हो । सम्भोग प्रकृतिको संरचना भएकाले यसलाई लुकाउनतिरभन्दा यसमा पर्नसक्ने समस्या, हुने जटिलताबाट सदैव जोगिनेतर्फ लाग्नुपर्दछ । झाडाबान्ता लाग्दा जीवनजल, मोटरसाइकल चलाउँदा हेल्मेट, गाडी चलाउँदा सिटबेल्ट तथा सम्भोग गर्दा कन्डमको प्रयोग एकै हुन् र अपरिहार्य पनि हुन् ।

(लेखक डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 1,714 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह