Tuesday, March 2, 2021
Home प्रदेश प्रदेश ६ स्याउका बिरुवा जोगाउनेलाई पुरस्कार !

स्याउका बिरुवा जोगाउनेलाई पुरस्कार !

जाजरकोट । कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ । स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वितरण गरेका स्याउँका ५० प्रतिशत बिरुवा पहिलो वर्ष हुकाउनेलाई प्रतिबिरुवावापत रु १०० दिने नीति बनाएर काम थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार दोस्रो वर्ष प्रतिबिरुवा हुर्काएवापत रु ७५, तेस्रो वर्ष रु ५० दिने कार्यक्रम रहेको छ । ५० प्रतिशतभन्दा तल बिरुवा हुकाउने कृषकले कुनै पनि सेवासुविधा नपाउने उनको भनाइ छ । चार वर्षपछि रोपिएका स्याउका बिरुवाले फल दिने योजनाका साथ दण्ड र पुरस्कारको व्यवस्था गरिएको हो । गाउँपालिकाले पहिलो वर्ष मुड्केचुला गाउँपालिकामा २० हजार स्याउका बिरुवा वितरण गरेको थियो । त्यस्तै दोस्रो वर्ष २५ हजार गरिसकेको छ । तेस्रो वर्ष २५ हजार बिरुवा वितरण गर्ने योजना छ । त्यस्तै गाउँपालिकाले १२ हजार ५०० टिमुरका बिरुवासमेत वितरणको तयारी छ ।

गाउँपालिकाका उपाध्यक्ष सविताकुमारी रोकायको नेतृत्वमा प्रत्येक वर्षको चैतमा अनुगमनपछि मात्र स्याउका बिरुवा हुर्काएवापत रकम झुक्तानी गर्ने कार्यक्रम हुँदै आएको छ । गाउँपालिकाले स्याउका बिरुवासँगै हुर्काएवापत पुरस्कार दिएपछि आफूहरु खुशी भएको मुड्केचुला गाउँपालिका–६ का देवबहादुर बुढाथोकीले जानकारी दिए । उनले भने, ‘गाउँमा रहेको स्थानीय सरकारको अनुभूति राम्रोसँग भएको छ, स्याउका बिरुवा आफैँ खरिद गरेर लगाउँदै आएका हामीलाई दुई वर्षदेखि गाउँपालिकाले बिरुवा दिँदै आएको छ, त्यसमा पनि राम्रो हुकाउनेलाई पुरस्कार दिँदा हामीलाई निकै जाँगर आएको छ ।’

त्यस्तै उनजस्तै वडा नं ८ ओक्टका दत्तबहादुर रोकायले भने, ‘पहिलो वर्ष लगाएको स्याउका बिरुवा अहिले तीन वर्ष हुनथाले, अब अर्को वर्ष फल दिन थाल्छ । स्याउ बिक्री गर्दा एकातिर आम्दानी अर्कोतिर हुर्काएवापत पैसा, जे होस् राम्रो भएको छ ।’ यहाँका हरेक गाउँमा कृषकका खेतबारी स्याउका बिरुवाले हरियो भएको छ ।

डोल्पा स्याउ उत्पादनका हिसाबले असाध्य राम्रो मानिन्छ । डोल्पाका स्याउ जाजरकोट, रुकुमपश्चिम हुँदै सुर्खेत र नेपालगञ्जसम्म बिक्री हुने गर्दछ । आम्दानीको राम्रो स्रोतमध्येको स्याउ यहाँका कृषकको जीवन जिउने मुख्य आधार बनाउका लागि गाउँपालिकाले यो कदम चालेको गाउँपालिकाले जनाएको छ । जमिनको वर्गीकरणका साथै हुर्कने ठाउँको आधारमा बिरुवा वितरण गरिएको छ । जाजरकोटको सिमानासँग जोडिएको मुड्केचुला गाउँपालिका तल्लो डोल्पामा पर्दछ । सडक सञ्जासँग जोडिन केही भाग मात्र बाँकी रहेको यो ठाउँ जाजरकोट, रुकुम र डोल्पाको सङ्गमस्थल त्रिवेणीबाट झण्डै चार घण्टा पैदल हिँडेपछि पुग्न सकिन्छ ।

सडक सञ्जालसँग जोड्ने तयारी

सङ्घीय, प्रदेश र स्थानीय सरकारको पहलमा त्रिवेणीबाट नर्कुसम्म सडक निर्माणको काम शुरु गर्न लागिएको छ । सडक सञ्जालसँग जोडिएसँगै यहाँका कृषकले उत्पादन गरेका स्याउ तथा कृषिजन्य वस्तु सजिलै बजारसम्म पु¥याउन सकिने गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

अहिले कृषि सडकको कामसमेत शुरु भएको छ । इलस्थित जगदुल्ला जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण तथा सुरुङ निर्माण गर्नुपर्ने भएकाले यस ठाउँमा सडक र विद्युत् छिटो पु¥याउनुपर्ने तीन तहका सरकारलाई दबाब छ । केन्द्रीय लाइन (३३ केभी प्रसारण लाइन) विस्तार गर्नका लागि अहिले जाजरकोटको नलगाड नगरपालिका–१० स्थित चौखामा सवस्टेशन निर्माण शुरु भइसकेको छ । यो निर्माणसँगै मुड्केचुलामा विद्युत् र सडकको काम शुरु हुने भएको छ ।

यहाँ उत्पादन गरिएका वस्तुको निर्यात गर्न र विद्युत् आयोजना निर्माणका लागि सडक निर्माण शुरु भइसकेको प्रतिनिधिसभा सदस्य सत्य पहाडीले जानकारी दिए । जनताको जीवनस्तर सुधार्नका लागि हामी कुनै कसुर बाँकी नराख्ने पहाडीको भनाइ छ ।

(Visited 123 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

रियल मड्रिड अन्तिम आठ नजिक

मड्रिड । इटालियन क्लब एट्लान्टालाई पराजित गर्दै स्पेनिस जाइन्ट क्लब रियल मड्रिडले अन्तिम आठको बाटो बनाउन सजिलो बनाएको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम...

पोखरा प्रज्ञा–प्रतिष्ठान कुलपतिमा ढकाल

पोखरा । पोखरा प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल चयन भएका छन् । पोखरा महागरपालिकाले ढकाल कुलपति रहेको ७ सदस्यीय समिति चयन गरेको हो । कुलपतिमा...

सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः कांग्रेस

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले...

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...

ट्रेन्डिङ

‘यार्सागुम्बा सङ्कलनमा रोक लगाइयो, घर खर्च कसरी धान्ने ?’

दार्चुला । पछिल्लो समयमा विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको भन्दै दार्चुलामा यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको छ । हजारौँको सङ्ख्यामा यार्सागुम्बा सङ्कलन गर्न जाने क्षेत्रमा...

साथीलाई प्रहरीमा जागिर खुवाउन खाेज्ने ८ जना नक्कली परिक्षार्थी पक्राउ

कर्णाली ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको...

नेपाल कोरोना मुक्त छ, गलत सूचनाको पछाडी नलाग्नुस् : स्वास्थ्यमन्त्री

पाल्पा । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइसरको संक्रमण हालसम्म कुनै नेपालीमा नदेखिएकाले नेपाल कोरोना मुक्त राष्ट्रको रहेकाले बताएका छन्...

श्रमिक भिसामा नेपालीलाई जापान पठाउने सम्झौता अलपत्र

काठमाडौं । यसअघि सरकार र जापानबीच कामदार भिसामा नेपालीलाई जापान पठाउने दुई पक्षीय सम्झौता अलपत्र परेको छ । विगत तीन वर्षअघि जापानकालागि कामदार भिसामा...

पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या

काठमाडौं । पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । ...

नागरिकता ऐन संशोधनबारे सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । नागरिकता ऐन संशोधनबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संविधान जारी भएको ५ वर्ष बितिसक्दा पनि संविधानको भावना र...

इशा गुप्ताको वाथरुम सेल्फी हेरेर फ्यान मख्ख

मुम्बई । बलिउड नायिका इशा गुप्ता सामाजिक सञ्जालमा बिनकै सक्रिय छिन् । उनी प्राय हट एण्ड बोल्ड फोटो पोष्ट गरेर आफ्ना फ्यानहरुलाई झक्झक्याइरहन्छिन् । हालै...

घुम्दै सलहको विखण्डित झुण्ड : उत्पादनमै क्षति हुने गरी असर गरेको छैन

काठमाडौँ । हावाको बेगसँगै भारतबाट नेपाल प्रवेश गरेको बालीनाशक किरा (सलह) विभिन्न जिल्लाबाट प्रवेश गर्ने क्रम अझै रोकिएको छैन । असार १३ गते पहिलो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

च्याम्पियन लिग: चेल्सी र म्युनिख सफल

लन्डन । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिख र लन्डन क्लब चेल्सी विजयी भएका छन् ।म्युनिखले लाजियोलाई पराजित गरेको हो भने चेल्सीले स्पेनिस क्लब...

समाजसेवी पशुपति गुरुङद्वारा विद्यालयलाई ५ लाख सहयोग

काठमाडौं । समाजसेवी एवम् साहित्यकार संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको विद्यालयलाई ५ लाख सहयोग गरेकी छिन् । आफ्ना हजुरवुवा लक्ष्मण...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)