पुस्तकमा समेटियो हस्तकलाको एतिहासिक पक्ष

काठमाडौं । नेपालमा कलासम्बन्धी लेखिएका पुस्तकहरू कम भइरहेको बेला कलाकार तथा लेखक धर्मराज शाक्यले हस्तकलासम्बन्धी पुस्तक ‘हस्तकलाको ऐतिहासिक पक्ष’ पाठकमाझ ल्याएका छन् ।

यो पुस्तकलाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक कार्यक्रमबीच विमोचन गरेका छन् । कर्माचार्यले समाजमा हस्तकलाको महŒव विशिष्ट रहेको बताउँदै यो सुस्तकबाट हस्तकलाको ऐतिहासिक महŒव’bout पाठकले धेरै कुरा जान्न पाउने बताएका छन्, ‘नेपाली हस्तकलाको इतिहास निकै लामो र समृद्ध रहेको छ । पुस्तकमा हस्तकलाको विविध पक्षलाई केलाएर लेखकले यो क्षेत्रमा महŒवपूर्ण गुन लगाएका छन् ।’ कुलपति कर्माचार्यले पछिल्लो समय प्रतिष्ठानले खोजमूलक ढंगले पुस्तक प्रकाशन गरिरहेको पनि सो क्रममा बताए ।

पुस्तकलाई सो प्रतिष्ठानको हस्तकला विभागले प्रकाशन गरेको हो । कार्यक्रममा संस्कृतिविद् डा. गोविन्द टन्डनले लेखक आफैं कुशल शिल्पी, कला र संस्कृति विषयका अध्येता भएकाले निकै गहन ढंगले खोज–अनुसन्धान गरी पुस्तक तयार पारेको बताए । हस्तकलाको विकासमा प्रतिष्ठान, नेपाल हस्तकला महासंघ तथा राज्यले गहन ढंगले काम गर्नुपर्ने भनाइ पनि उनले कार्यक्रममा राखे ।

समालोचक तेजविलास अधिकारीले पुस्तकमाथि समीक्षा गर्दै नेपालको हस्तकलाको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा शिल्पगत विषयलाई उजागर गर्न सफल यो पुस्तक सबैलाई सहयोगी हुने बताए ।

प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, सदस्यसचिव विपिनकुमार घिमिरे, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले नेपाली हस्तकलाको ’boutमा जान्नका लागि एउटा गलितो पुस्तक शाक्यबाट पाठकहरूले पाएको बताए ।

पुस्तकका लेखक तथा प्राज्ञ धर्मराज शाक्यले नेपाली हस्तकलाको महत्व र यसले नेपालको अर्थतन्त्रमा दिएको योगदानको जानकारी गराउन यो पुस्तक तयार गरेको जानकारी कार्यक्रममा गराए ।

तपाइको प्रतिक्रिया
(Visited 427 times, 1 visits today)

epaper

ताजा समाचार

के हात्तीले वर्षौँसम्म रिस राख्छ ?