पाँच सातापछि सर्वोच्चमा उत्साहजनक सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा पाँच सातापछि शुक्रबार उत्साहजनक सुनुवाइ भएको छ । बारको आन्दोलन कमजोर भएसँगै सर्वोच्चले आफ्ना सेवा सुचारु गर्न थालेको हो । शुक्रबार १२ मुद्दामा फैसला र २९ मुद्दामा आदेश भएको छ । न्यायाधीशहरू दीपककुमार कार्की र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि २१ थान मुद्दा तोकिएको थियो । त्यसमध्ये १२ वटा मुद्दामा आदेश भएको छ । हेर्न नमिल्ने तीन मुद्दा र निवेदकतर्फबाट स्थगित गरेको छ । मुद्दाबाहेक अधिकांश मुद्दामा सुनुवाइ भएको छ । हेर्न नभ्याइने सूचीमा एउटा पनि मुद्दा छैन ।

बारको आन्दोलन मथ्थर हुँदै

त्यस्तै, न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा १५ थान मुद्दा सुनुवाइका लागि तोकिएको थियो । त्यसमध्ये चार मुद्दामा आदेश र दुई थान मुद्दामा फैसला भएको छ । हेर्न नभ्याइने सूचीमा जम्मा तीन थान मुद्दा मात्र छन् ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि चार थान मुद्दा तोकिएको थियो । चारै थान मुद्दामा आदेश भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा तीन थान मुद्दामा पेसी तोकिएकोमा दुई थान मुद्दामा आदेश भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा एक थान मुद्दामा पेसी तोकिएको थियो । त्यसमा फैसला भएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा १९ थान पेसी तोकिएकोमा दुई मुद्दामा फैसला र पाँच मुद्दामा आदेश भएको छ ।

सुनुवाइका लागि ११ वटा इजलास गठन भएका थिए । तीमध्ये नौवटा संयुक्त र दुई एकल इजलास रहेका थिए । शुक्रबारको दिन पनि समयअवधिभर अधिकांश इजलासमा मुद्दामा राम्रो सुनुवाइ भएको देखिएको छ ।

‘पाँच सातापछि सर्वोच्च अदालतमा मुद्दाको आकर्षक सुनुवाइ भएको छ’, सर्वोच्च अदालत स्रोतले भन्यो, ‘शुक्रबार १२ मुद्दामा फैसला र २९ मुद्दामा आदेश भएको छ, अधिकांश इजलासमा पूरै समयावधिभर सुनुवाइ भएको छ ।’

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ भएको छ । शुक्रबारदेखि न्यायाधीशहरू पूर्णरूपमा काममा फर्किएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पनि शुक्रबार अस्पतालबाट घर फर्केका छन् । उनी उपचारका लागि सशस्त्र प्रहरी बलको अस्पतालमा सोमबार भर्ना भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्वासीका घर जर्बजस्ती नभत्काउन सर्वोच्चको आदेश